निर्णय नं. ११२१५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१५ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०८०/०४/२३ ११६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०८०।४।२३ ०७९-WO-०९८३ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : जिल्ला रूपन्देही कम्हरिया गा.पा. वडा नं. ३ बस्ने ओम प्रकाश नाउको छोरा मुकेश नाउ विरूद्ध प्रत्यर्थी : शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुर अदालतले जारी गरेको आदेश बदर नभएसम्म त्यसलाई कानून प्रतिकूल भनी नामकरण गर्ने अधिकार राष्ट्रसेवक कर्मचारीलाई नहुने । नेपालको संविधानबमोजिम नेपालको नागरिक हुन योग्य व्यक्तिको नाममा नेपाली नागरिकताको प्रमाणपत्र जारी भई नसकेकै कारण त्यस्तो व्यक्ति "गैरनेपाली नागरिक" भनी सम्बोधन गर्न नमिल्ने । निवेदकलाई "गैरनेपाली नागरिक" को वर्गमा राख्नुअघि निजको नेपालको नागरिक हुन योग्यता नपुगेको वा विदेशको नागरिकता ग्रहण गरेको प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.२) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री रक्षाराम चमार प्रत्यर्थीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६ तथा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः- संक्षिप्त तथ्य म निवेदक रूपन्देही जिल्ला कम्हरिया गा. पा. नं. ३ मा जन्म भई स्थायी बसोबास गर्दै आएको छु । म निवेदकको आमाले वंशजको आधारमा र बुबाले जन्मको आधारको नागरिकता प्राप्त गरेका दुवै नेपाली नागरिक हुन् । जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले नागरिकताको प्रमाण पत्र दिन इन्कार गरेपछि मैले सम्मानित अदालतमा मद्दा (रिट नं. ०७८-WO-०८५७) दायर गरेकोमा हाल विचाराधीन अवस्थामा रहेको छ । मिति २०७८।११।०९ गतेमा सर्वोच्च अदालतले नागरिकताको प्रमाण पत्र पेस नगरेको मात्र कारणले अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुन रोक नलगाउनु, शिक्षा हासिल गर्न तथा बैंक खाता खोल्नलगायतका नेपाली नागरिकले पाउन सक्ने सुविधाबाट वञ्चित नगर्नु, नगराउनु भन्ने बेहोराको अन्तरिम आदेश जारी भएको थियो । सो आदेशबाट मैले अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी भई म उत्तीर्ण पनि भइसकेको छु । सो परीक्षामा उत्तीर्ण भएको हुँदा त्यसको प्रमाणपत्र लिन निवेदन दिँदा विपक्षी शिक्षक सेवा आयोगले मिति २०७९।११।२३ गते "निज निवेदकलाई अध्यापन अनुमति पत्र वितरण गर्नुपर्ने कुनै उपयुक्त आधार तथा कारण नदेखिएकोले निज निवेदक मुकेश नाउको अध्यापन अनुमति पत्रको प्रमाण पत्र हाललाई वितरण नगरी यथास्थितिमा राख्नु" भनी निर्णय गरी सोअनुसारको जानकारी गराएको छ । साथै मैले शिक्षक सेवा आयोगबाट विज्ञापन भएको शिक्षक पदमा आवेदन गरेको हुँदा हालसम्म स्वीकृत भएको छैन । अतः साह्रै मर्का परी सम्मानित अदालतसमक्ष निवेदन गर्न आएको छु । म निवेदक नेपालको संविधानको नेपाली नागरिकको सन्तान भएकोले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने अधिकार र म स्वतः वंशजको आधारमा नागरिकता पाउन पूर्ण योग्य छु । यस्तै प्रकृतिको मुद्दामा जितेन्द्रकुमार कुशवाहा वि. शिक्षक सेवा आयोग सानोठिमी भएको मुद्दा (रिट नं. ०७८-WO-१४५८) मा "रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म अध्यापन अनुमति पत्रको प्रमाण पत्र उपलब्ध गराउने, शिक्षक पदमा आवेदन गर्न, परीक्षामा सहभागी हुन रोक नलगाउनु" भनी सम्मानित अदालतबाट अन्तरिम आदेश जारी भएको अवस्था छ । म निव