निर्णय नं. ११२१६ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१६ - बन्दीप्रत्यक्षीकरण भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०१/०४ २८४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।१।४ ०७८-WH-०१६२ मुद्दा- बन्दीप्रत्यक्षीकरण निवेदक : ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं.४ बस्ने हरिबहादुर बुढाथापाको छोरा हाल कारागार कार्यालय नख्खु ललितपुरको थुनामा रहेका गोर्खबहादुर बुढाथापाको हकमा निजको ऐ.ऐ. बस्ने एकाघरकी श्रीमती निता थापा विरूद्ध विपक्षी : ललितपुर जिल्ला अदालत, ललितपुरसमेत फैसलाबमोजिमको बिगो भरिभराउको लागि परेको निवेदनबमोजिम बिगो माग गर्ने र माग भएको बिगो बुझाउन नसके थुनामा पठाउने कार्य फैसला कार्यान्वयनको एउटा अभिन्न अङ्ग हो । बिगोबापत राखिएको सम्पत्तिबाट बिगो भरिभराउ के कति कारणले असम्भव रहेको भन्ने बेहोरा थुनाको लागि गरिएको आदेशमा उल्लेख गरी सम्बन्धित पक्षलाई जानकारी दिनु उक्त प्रक्रियाको अनिर्वाय रूपमा पूरा गर्नुपर्ने एउटा न्यायिक कार्य हुने । (प्रकरण नं ४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने तथा विद्वान् अधिवक्ता श्री डिल्लीप्रसाद न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिव रेग्मी र विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल अवलम्बित नजिर : ने.का.प. २०७७, नि.नं. १०५४२, अङ्क ७ सम्बद्ध कानून : नेपालको संविधान, २०७२ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ फैसला न्या. अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६, १३३(२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा बिगो भरिपाउने कृष्णप्रसाद श्रेष्ठ र मबिच मिति २०६७/१/२ मा आहुमी विष्टको नाममा रहेको साबिक डाडापौवा (रामकोट) ९(क) को जग्गाहरू खरिद गर्ने र उक्त जग्गाहरूको बैना कागजहरू मेरो नाममा गरी सोही जग्गाहरूका रजिस्ट्रेसन पास निज विपक्षीको नाममा गरी मेरो लगानीमा विकसित घर घडेरी बनाई सोलाई बिक्री गर्ने र बिक्रीबाट प्राप्त रकमको ७५% निजले प्राप्त गर्दै जाने साथै निजको सुरू लगानी एक करोड सत्तरी लाख साँवा र सोको ब्याज निजलाई चुक्ता भएपछि बाँकी घर जग्गा निजले म निवेदकलाई फिर्ता गर्नुपर्ने गरी करार भएको थियो । निज कृष्णप्रसाद श्रेष्ठ सञ्चालक रहेको जनरल फाइनान्स लि. चावहिल काठमाडौंलाई नेपाल राष्ट्र बैंकले हाल सङ्कटग्रस्त घोषणा गरी सञ्चालकउपर पक्राउ पुर्जीसमेत जारी भएको र तत्काल चार करोड रूपैयाँ जम्मा नगरे जेल जानुपर्ने र उक्त फाइनान्सका सञ्चालकहरू जेल गए मैले फिर्ता पाउनुपर्ने देव बचत तथा ऋण सहकारी संस्था लि. मा दृष्टिबन्धक रहेको कि.नं. १३५० क्षे.फ. १-१३-०-१ जग्गा र सो जग्गामा बनेको २१/२ तल्ले पक्की घरसमेत फिर्ता गरिदिन कठिनाई हुने भनी मलाई ललाइफकाइ मिति २०६९/४/१५ मा रू. छत्तिस लाख र सो रकमको हुन आउने ब्याजसमेत गरी रू. उनन्चालिस लाख सत्तरी हजार रूपैयाँको गुड फर पेमेन्ट चेक उक्त सहकारीमा जम्मा गरेको थिएँ । उक्त समयपछि निज कृष्णप्रसाद श्रेष्ठ सम्पर्कमै नआएकोमा एक्कासि २०७१ साल असारमा विपक्षीको छोरा आविष्कार श्रेष्ठ र अपरिचित व्यक्तिहरू मेरो घरमा आई प्रहरी भेनमा मलाई राखी प्रहरी कार्यालय जावलाखेलमा ल्याई शारीरिक तथा मानसिक यातना दिई थुनामा राखी मिति २०६७।१।२ मा भएको करारबमोजिमको छत्तिस लाख रूपैयाँ दिनुहोस् अन्यथा हिरा