निर्णय नं. ११२१७ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१७ - सवारी ज्यान भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/१०/२७ ७४२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री हरि प्रसाद फुयाल फैसला मिति : २०७९।१०।२७ ०७४-CR-०५७३ मुद्दा- सवारी ज्यान। पुनरावेदक/प्रतिवादी : चन्द्रबहादुर पौडेलको छोरा, जिल्ला झापा, दमक नगरपालिका, वडा नं. ४ बस्ने प्रेम पौडेल विरुद्ध प्रत्यर्थी/वादी : योगेन्द्र लिम्बूको जाहेरीले नेपाल सरकार • आफूले सवारी चलाएको कारणबाट मानिस मर्न सक्छ भन्‍ने परिणाम जानीजानी लापरवाही (reckless) गरी सवारी चलाई सो सवारी दुर्घटनाको कारणबाट कसैको मृत्यु भएको अवस्थामा निजको उक्त लापरवाहीपूर्ण कार्य (reckless conduct) दफा 161(2) अन्तर्गतको कसुर हुने। यातायात व्यवस्था ऐन, 2049 को दफा १६१(२) को व्यवस्था अनुसारको कसुर स्थापित हुन सवारी चालकले कसैको ज्यान मर्न सक्छ भन्‍ने अवस्था देख्दा देख्दै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई लापरबाही गरी सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको वा सवारी बाहिर रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरुप एक्काइस दिनभित्र मरेको अवस्था स्थापित हुनु पर्ने। यस्तो अवस्थामा चालकलाई आफूले चलाएको सवारी साधनले मानिस मर्न सक्छ भन्‍ने पूर्वाभाष हुने र यस्तो पूर्वाभाष हुँदाहुँदै जोखिम लिई सवारी चलाएको कारणले दुर्घटना गराई सोही कारणले मानिसको मृत्यु भएको हुनुपर्ने। (प्रकरण नं. ५) • “लापरवाही” (recklessness) भन्‍नाले व्यक्तिको यस्तो मानसिक अवस्था हो जसले आफ्नो आचरणको सम्भावित परिणामको पूर्वज्ञान राख्दछ तर परिणामको मनसाय वा इच्छाविना नै उक्त कार्य गर्दछ। यसमा कर्तालाई परिणामको पूर्वज्ञान त हुन्‍छ तर त्यस्तै परिणाम निस्कन्‍छ नै भन्‍ने निश्‍चित हुँदैन र कर्तामा त्यस्तो परिणामको चाहना नहुने मात्रै होइन, उसले सो परिणाम नआओस् भनी प्रयास समेत गरेको हुनुपर्ने। परिणामको चाहना नराखे पनि कर्ताले जोखिम उठाई सो कार्य गर्दछ र उसको चाहना विपरीत निषेधित परिणाम निस्केको हुनुपर्दछ। यो मानसिक अवस्थामा अपराधकर्ताको चाहना विपरीत भएको हुन्‍छ तर यसको दोष अनुचित जोखिम लिनु हो। (प्रकरण नं. ६) • सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा 161 दफाको उपदफा (३) मा कसैको ज्यान मर्न सक्छ भन्‍ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई... भन्‍ने वाक्यांशको प्रयोग गरी दफा 161(३) मा परिणामको पूर्वज्ञान नभएको अवस्थामा हुन गएको दुर्घटनालाई कसुरको रुपमा अपराधीकरण गरिएको पाइने। “हेलचेक्र्याइँ”(negligence) एउटा यस्तो मानसिक अवस्था हो, जसमा कर्तामा परिणामको पूर्वज्ञान पनि हुँदैन र त्यस्तो परिणामको इच्छा पनि हुदैन। तर उसको कार्य निजबाट अपेक्षा गरिने स्तरभन्दा निम्न कोटीको हुने। परिणामको पूर्वज्ञान नहुने भएकोले जोखिमको प्रश्‍न यसमा विचारणीय नहुने। यो पूर्वसावधानी वा होसियारी नअपनाएको अवस्थासम्म हो, जुन सामान्य विवेकशील मानिसबाट अपेक्षित नहुने। (प्रकरण नं. ७) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान्‌ अधिवक्ताद्वय श्री कृष्णबहादुर थापा र श्री सपना सुवेदी प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सन्तोषराज कटुवाल अवलम्बित नजिर : • ने.का.प. २०७२, नि.नं. ९४५७ अंक ८ • ने.का.प. २०७८, अंक ४, नि नं. १०६७२ सम्बद्ध कानून : • सवार