निर्णय नं. ११२१८ - आयकर (०५९/०६०)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२१८ - आयकर (०५९/०६०) भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०८/१२ १५४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा।श्री कुमार चुडाल फैसला मिति स् २०७९।८।१२ मुद्दास् आयकर ९०५९र०६०० ०७३(च्द्य(०१९६ पुनरावेदकरप्रतिवादी स् ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुर विरूद्ध प्रत्यर्थीरवादी स् पर्सा जिल्ला, परवानीपुर ज्योति फार्मस्थित ज्योति स्पिनिङ मिल्स लिमिटेड ०७३(च्द्य(०१९८ पुनरावेदकरवादी स् पर्सा जिल्ला, परवानीपुर ज्योति फार्मस्थित ज्योति स्पिनिङ मिल्स लिमिटेडको तर्फबाट अधिकार प्राप्त ऐजनका लिक्विडेटर उपेन्द्र नन्दन तिमिल्सेना विरूद्ध प्रत्यर्थीरप्रतिवादी स् श्री ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुर कुनै कम्पनी खारेजीमा जानु एउटा प्रक्रिया हो तर सो कम्पनीले सञ्चालनमा रहेको अवस्थामा गरेको आय व्ययका आधारमा सम्बन्धित कर कार्यालयले निर्धारण गरेको करयोग्य आय विवरणलाई अन्यथा मान्न नमिल्ने । पहिले सञ्चालनमा रही कर निर्धारण भएकोमा पछि नोक्सानी भई खारेजीमा जाने निर्णयबाट अघिको कर छुट हुने अवस्था नरहने । ९प्रकरण नं। ३० पुनरावेदकरवादीका तर्फबाट स् विद्वान् अधिवक्ताद्वय श्री दिपक घिमिरे र श्री लक्ष्मी सापकोटा प्रत्यर्थीरप्रतिवादीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्माले अवलम्बित नजिर स् सम्बद्ध कानून स् आयकर ऐन, २०५८ औद्योगिक व्यवसाय ऐन, २०४९ सुरू तहमा निर्णय गर्ने पदाधिकारीः प्रमुख कर प्रशासक श्री जनार्दनप्रसाद त्रिपाठी ठूला करदाता कार्यालय, हरिहरभवन पुनरावेदन तहमा फैसला गर्ने पदाधिकारी मा। अध्यक्ष श्री दिपककुमार कार्की लेखा सदस्यः श्री हरि पोखरेल राजस्व सदस्यः श्री मणिदेव भट्टराई राजस्व न्यायाधिकरण काठमाडौं फैसला न्या।डा।कुमार चुडाल स् राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई अनुमति प्राप्त गरी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः( तथ्य खण्ड ज्योति स्पिनिङ मिल्स लिमिटेडले आर्थिक वर्ष २०५९र०६० को लागि आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार रू।२७,९८,९४,८९५।( नोक्सानी कायम गरी मिति २०६०।९।२५ मा पेस गरेको आय विवरण । ज्योति स्पिनिङ मिल्स लिमिटेडले ऐनको दफा ९६ बमोजिम मिति २०६०।९।२५ मा ठुला करदाता कार्यालयमा पेस गरेको आ।व। २०५९।०६० को आय विवरण तथा प्रमाणहरूको अध्ययन छानबिन गरी सोसमेतको आधारमा पेस हुन आएको प्रतिवेदनसमेतबाट प्रस्तुत करदाताको आ।व। २०५९।०६० को लागि आयकर ऐन, २०५८ बमोजिम आयमा समावेश गर्नुपर्ने रकम समावेश नभएको र कट्टी गर्न नपाइने खर्च कट्टी गरेको देखिएकोले ऐनको दफा १०१ अनुसार रू।६,३७,७५,८३५।३९ करयोग्य आय कायम गरी संशोधित कर निर्धारण गर्नुपर्ने देखिएकोले सोबमोजिम गर्नु नपर्ने कुनै ठोस प्रमाण भए १५ दिनभित्र पेस गर्न ऐनको दफा १०१९६० बमोजिम संशोधित कर निर्धारणको सूचना करदातालाई ठुला करदाता कार्यालयले मिति २०६४।६।७ मा प्रेषित गरेको र करदाताले सो सूचना मिति २०६४।६।१० मा बुझी लिएको देखिन्छ । मिति २०६४।६।७ को पत्रको सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंकले मिनाहा दिएको रकमसमेत ब्याजमा उल्लेख गरी आय कायम गर्न मिल्दैन । नेपाल बैंक लिमिटेडले मिनाहा दिएको रकमको सम्बन्धमा पनि सो रकम गत आ।व। २०५८र०५९ मा नै मिलान गरिसकेका छौं । मर्मत सुधार खर्च, ह्रास खर्चसमेत आफ्नो कम्पन