निर्णय नं. ११२२० - भूकम्प बिमा दाबी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२२० - भूकम्प बिमा दाबी भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०८०/०२/२४ १८४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।४।२४ ०७५-CI-०६०६ मुद्दाः भूकम्प बिमा दाबी पुनरावेदक / निवेदक : मोतीप्रसाद कुँवरको नाति पुष्टबहादुर कुँवरको छोरा पर्वत जिल्ला साबिक पाङराड गाउँ विकास समिति वडा नं. ७ घर भई हाल काठमाठौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ बस्ने रामबहादुर क्षेत्री विरूद्ध प्रत्यर्थी / विपक्षी : सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड, नक्साल, काठमाडौंसमेत निर्जीवन बिमा (Non-life insurance) दाबीको भुक्तानी मूलतः क्षतिपूरणको सिद्धान्त (Principle of Indemnity) मा आधारित भई गरिन्छ । बिमाको उद्देश्य न नाफा कमाउनु हो न त यो परोपकार (charity) हो । यसको उद्देश्य भविष्यमा हुन सक्ने कुनै अनपेक्षित घटनाबाट हुने जोखिमको भार हस्तान्तरण (risk sharing) गर्नुसम्म भएकाले बिमितको जे जति क्षति वा नोक्सानी भएको छ बिमा कम्पनीले त्यही नोक्सानीको परिपुरण गर्नुपर्ने । बिमितको धेरै क्षति भए तापनि बिमालेखले रक्षावरण गरेबाहेकको क्षति वा बिमाङ्क धेरै भए तापनि वास्तविक क्षतिभन्दा धेरै अर्थात् अवास्तविक क्षतिको भुक्तानी गर्ने दायित्व बिमा कम्पनीमा नरहने । बिमकले बिमितको जोखिम स्वीकार गरेबापत आवधिक रूपमा शुल्क (Premium) पाएको हुँदा बिमालेखको सर्तको अधीनमा रही प्रिमियममा हुने घटी बढी रकमका आधारमा क्षतिपूर्तिको अङ्क पनि घटीबढी हुन जाने । (प्रकरण नं.४) बिमा दाबीको भुक्तानीको प्रश्न केवल व्यावसायिक र प्राविधिक प्रश्न मात्र नभई यो एक न्यायिक प्रक्रियासमेत भएकाले दाबी भुक्तानी प्रक्रियामा सम्पत्तिको मौलिक वा सुरूमा कायम गरिएको मूल्य, सो सम्बन्धमा भएको सम्झौताको व्यवस्था, पक्षको धारणा, विज्ञको राय र सम्पत्तिको लाभदायी प्रयोगको सम्भावनालगायतका सम्बद्ध सबै पक्षलाई विचार गरी प्रमाणमा आधारित भई न्यायोचित र तर्कसम्मत आधारमा निर्धारण गरिनुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री भविश्वर पौडेल प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण ढकाल र विद्वान् अधिवक्तात्रय श्री शेखर कुमार अर्याल, श्री ईश्वरी महर्जन र श्री सविता थापा अवलम्बित नजिर : सम्बद्ध कानून : बिमा ऐन, २०४९ सुरू तहमा निर्णय गर्ने: अध्यक्ष प्रा.डा.श्री फत्त बहादुर के.सी. सदस्य श्री धनराज ज्ञवाली सदस्य श्री गणेशप्रसाद पाण्डेय सदस्य श्री कपिल देव ओली सदस्य श्री सुगतरत्न कंसाकार बिमा समिति, कुपन्डोल, ललितपुर पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित मा.न्यायाधीश श्री अब्दुल अजीज मुसलमान उच्च अदालत पाटन फैसला न्या.नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी यस अदालतमा परेको निवेदनमा सोही ऐनको दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:- संक्षिप्त तथ्य काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ नयाँ बजारस्थित रामबहादुर क्षेत्रीको भवन बिमक श्री सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा रू.५६,३०,०००।- (अक्षेरूपी छपन्न लाख तिस हजार रूपैयाँ) को बिमा गराएकोमा मिति २०७२।० १।१२ मा आएको भूकम्पका कारण