निर्णय नं. ११२२१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२२१ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०५/२८ १०३०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।५।२८ मुद्दा:- कर्तव्य ज्यान ०७३-CR-०००२ पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला, दार्खा गाउँ विकास समिति वडा नं. ९ घर भई हाल कारागार कार्यालय, धादिङ थुनामा रहेको बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) विरूद्ध प्रत्यर्थी / वादी : भगवान थापाको जाहेरीले नेपाल सरकार ०७५-CR-२४१७ पुनरावेदक / वादी : भगवान थापाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धादिङ जिल्ला, दार्खा गाउँ विकास समिति वडा नं. ९(हाल खनियाबास गाउँपालिका वडा नं. ४) बस्ने मेजे लामा भन्ने ल्यालबहादुर तामाङको छोरा बिक्रम भन्ने टेकबहादुर तामाङ (गोजे) समेत ०७६-CR-०३४२ पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला, दार्खा गाउँ विकास सिमिति वडा नं. ८ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा बस्ने सन्तबहादुर गुरूङको छोरा चन्द्रबहादुर तामाङ गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : भगवान थापाको जाहेरीले नेपाल सरकार कुनै एक व्यक्तिलाई अन्य प्रतिवादीहरूसँग यसलाई मार्नुपर्छ भनी मिटिङ बसी अन्य व्यक्तिहरूसमेतको संलग्नतामा मृतक आउने बाटो ढुकी मृतकलाई आएपछि मार्नुपर्छ भन्ने पूर्वयोजना र मनसायसहित मृतकलाई खुकुरीजस्तो धारिलो हतियारले एकपटक मात्र नभई पटकपटक प्रहार गरेको र मृतकको मृत्यु भयो भन्ने कुराको यकिन गरेर मात्र मृतकलाई घटनास्थलमा छोडी गएको परिवेशबाट प्रतिवादीको आपराधिक मनसाय आपराधिक कार्यमा परिणत भएको स्पष्ट देखिने । आफूले गरेको कार्यप्रति कुनै पनि पश्चाताप र हिनताबोध महसुस नगर्ने प्रतिवादीले केवल अदालत सामु अपराध गरेको तथ्यमा साबिती रही गरेको बयानका आधारमा मात्र निजलाई कानूनबमोजिमको सजायमा छुट दिनुपर्छ भन्नु युक्तिसङ्गत नहुने । अपराध घटाई घटनाको बारेमा स्वीकार गरी अदालतलाई मैले सहयोग गरेँ भनेको आधारमा मात्र अदालतले अपराधकर्तालाई सजायमा छुट दिँदै जाने हो भने एकातर्फ त्यस्ता अपराधकर्तालाई पुन: समाजमा गएर अर्को अपराध गर्नलाई प्रेरित गरेसरह हुन्छ भने अर्कोतर्फ अपराधबाट पीडामा परेका व्यक्तिहरूको न्याय प्राप्ति र आत्मसन्तुष्टिमा पुग्न सक्ने चोटको नजरअन्दाजसमेत गर्न नसकिने । यसबाट समाजमा पर्नसक्ने असरलाई समेत कम आँकलन गर्न नमिल्ने । (प्रकरण नं.१३) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री दिनमणि पोख्रेल र श्री राधिका महत वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मुलुकी अपराध संहिता, २०७४ सुरू फैसला गर्ने:- मा.जिल्ला न्यायाधीश श्री रमेशराज पोखरेल धादिङ जिल्ला अदालत पुनरावेदन फैसला गर्ने:- माननीय न्यायाधीश श्री शम्भुबहादुर खड्का माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की मा.न्यायाधीश श्री अब्दुल अजिज मुसलमान उच्च अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ : धादिङ जिल्ला, दार्खा गा.वि.स. वडा नं. १ पातालभिर स्थित पूर्वमा राउतेदेखि दार्खा जाने पैदल बाटो, पश्चिममा दार्खा खोला, उत्तरमा ओडारे ढुङ्गा, दक्षिणमा अग्लो ढिस्को यति चार किल्ल