निर्णय नं. ११२२३ - सरकारी छाप दस्तखत किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२२३ - सरकारी छाप दस्तखत किर्ते भाग: ६५ साल: २०८० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०२/११ ७३०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०२।११ ०७२-CR-१८०१ मुद्दा : सरकारी छाप दस्तखत किर्ते पुनरावेदक/वादी : जिल्ला सिराहा, खिरौना गा.वि.स. वडा नं. ५ घर भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल बस्ने मुनिया खातुनको छोरा जावेद खानको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सिराहा, खिरौना गाउँ विकास समिति वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ४ धुम्बाराही बस्ने स्व. अब्दुल लतिफ खाँकी कान्छी श्रीमती रोक्सना बेगमसमेत एउटै लिखतका सम्बन्धमा किर्ते जालसाजी ठहराई बिगोबमोजिमको जरिवाना हुने ठहराई लगाउको अर्को मुद्दामा फैसला भइसकेको अवस्थामा पुन: सोही लिखतको सम्बन्धमा चलेको मुद्दाबाट थप छुट्टै जरिवाना गर्नु कानूनसङ्गत नदेखिने । (प्रकरण नं.३) पुनरावेदक/वादी : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल प्रत्यर्थी/प्रतिवादी : विद्वान् अधिवक्ता श्री भेषराज नेउपाने अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहको फैसला गर्ने : मा. न्या. श्री किरणकुमार पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : मा. न्या. श्री मोहनबहादुर कार्की मा. न्या. श्री विदुर विक्रम थापा पुनरावेदन अदालत पाटन फैसला न्या. सुष्मालता माथेमा: पुनरावेदन अदालत पाटनको मिति २०७१।११।१७ को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदनमा यस अदालतबाट मिति २०७३।१।८ मा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ: मुद्दाको संक्षिप्त तथ्य काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ मा रहेको मेरी आमा मुनिया खातुन र सौतेनी आमा रोक्सना बेगमको संयुक्त नाममा दर्ता भएका कि.नं. १२४, ३४८, ३९६ र ४११ को जग्गा तथा घर सौतेनी आमा रोक्सना बेगम र शाहिद हुसेन भन्ने महमद शाहिदसमेतले मेरो आमा मुनिया खातुनको नेपाली नागरिकताको प्रमाण पत्र किर्ते गरी नक्कली बनाई उक्त जग्गा विनोदकुमार नेउपानेलाई बिक्री गरेकोले बिक्री कार्यमा संलग्न शाहिद हुसेन भन्ने महमद शाहिद र रोक्सना बेगमलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जावेद खानले महानगरीय प्रहरी बृत्त बौद्धमा पेस गरेको जाहेरी दरखास्त । मैले भारत घरमा ब्रुस बनाएर नेपालमा ल्याई काठमाडौंमा बेच्ने काम गर्दछु । यसै सिलसिलामा २०६५ साल पौष महिनाको दोस्रो हप्तातिर सिनामंगलमा रहेको नेपाल टेलरको साहुलाई भेट्न भनी जाँदै गर्दा मेरो सामान्य चिनजानका नौसाद आलमले मलाई बोलाई तिमीसमेतले मुनिया खातुनको नेपाली नागरिकता प्रमाणपत्रलाई किर्ते गरी नक्कली बनाई निजसमेतको हकको जग्गा बिक्री गर्दा राजीनामाको लिखतमा तिमीसमेत साक्षी बसेका रहेछौ, को-को मिलेर उक्त कार्य गरेका हौ भनी सोधेपछि मात्र मैले थाहा पाएको हुँ । सो कुरा मलाई थाहा नभएकोले प्रहरीमा भन्छु भनी हिँडिरहेको अवस्थामा मलाई प्रहरीले पक्रेका हुन् । म पक्राउ परेपछि मुनिया खातुनको नक्कली नागरिकता बनाई रोक्सना बेगमसमेतले जग्गा बिक्री गरेको थाहा पाएँ । जाहेरवालाको आमा मुनिया खातुनको नक्कली नेपाली नागरिकता प्रमाणपत्र को क