निर्णय नं. ११२२७ - अंश दर्ता चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२२७ - अंश दर्ता चलन भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०६/३० १४५५ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति: २०७९।०६।३० मुद्दाः अंश दर्ता चलन ०६९-CI-११७४ पुनरावेदक/प्रतिवादी : फेकू सिंह तथा श्रीमती सुरजदेवीको छोरा सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने राजेश्वर सिंहसमेत विरूद्ध प्रत्यर्थी/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने हरिशंकर सिंह ०६९-CI-१२०५ पुनरावेदक/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको छोरा हरिशंकर सिंह विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको श्रीमती सुरज देवी ०७०-CI-०४२८ प्रत्यर्थी/प्रतिवादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ घर भई हाल जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.१४ बस्ने फेकु सिंहको बुहारी रामेश्वरप्रसाद सिंहको श्रीमती अनिता सिंहको वारेस भई आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने स्व.गोपी सिंहको नाति स्व.फेकु सिंहको छोरा रामेश्वरप्रसाद सिंह विरूद्ध प्रत्यर्थी/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको छोरा हरिशंकर सिंह ०७०-CI-०४२९ पुनरावेदक/प्रतिवादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने रामबाबु सिंहको पत्नी सुशिलादेवी सिंह विरूद्ध प्रत्यर्थी/वादी : सर्लाही जिल्ला, अर्नाहा गा.वि.सं. वडा नं.६ बस्ने फेकु सिंहको छोरा हरिशंकर सिंह अंश पैतृक सम्पत्ति वा सोबाट बढे बढाएको सम्पत्ति वा सगोलका अंशियारहरूको सामूहिक लगानी प्रयत्न वा मेहनतको कमाईबाट आर्जित सम्पत्ति सगोलको सम्पत्ति भई बन्डा लाग्ने । अमुक सम्पत्ति आर्जनको अवस्था, आर्जन हुन सक्ने स्रोतको मूल्याङ्कन, परिवारका विभिन्न सदस्यका नाममा आर्जित हुन सक्ने सम्भावित आधारसमेतका समग्र अवस्थाको विवेचना गरी प्रमाणको प्रचुरता (preponderance of evidence) समेतको रोहबाट तत् सम्पत्तिको अवस्थाको निर्क्यौल गर्नुपर्ने । (प्रकरण नं. ८) बकसपत्रबाट प्राप्त सम्पत्ति अन्यथा प्रमाणित भएमा बाहेक पाउनेको निजी ठहरी आफूखुसी गर्न पाउने भन्ने अंशबन्डाको महलको भावना र मर्म रहेको हुँदा बकस पाएको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मान्नुपर्ने । (प्रकरण नं. १०) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ताहरू श्री युवराज बन्जाडे र श्री शतिष झा प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री सतिषकृष्ण खरेल, श्री सुरेन्द्रकुमार महतो तथा विद्वान् अधिवक्ताहरू श्री राजिव आचार्य, श्री नारायणप्रसाद साह, श्री भिम बन्जरा र श्री विपिन कोइराला अवलम्बित नजिर : ने.का.प. २०६७, अङ्क १० नि.नं. ८४७५ ने.का.प. २०६९, अङ्क ५ नि.नं. ८८३० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री विनोदप्रसाद शर्मा सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मु. न्या. श्री अली अकबर मिकरानी मा. न्या. श्री पोषनाथ शर्मा पुनरावेदन अदालत जनकपुर फैसला न्या. डा. कुमार चुडाल: साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मूल पुरूष स्व.फेकु सिंहको श्रीमती विपक्षी सुरज देवीको गर्भबाट ६ छोराहरूको जायजन्म