निर्णय नं. ११२२९ - लागु औषध ब्राउन सुगर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२२९ - लागु औषध ब्राउन सुगर भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/१०/०७ ४२२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७८।१०।७ ०७७-CR-०७९८ मुद्दाः लागु औषध ब्राउन सुगर पुनरावेदक / प्रतिवादी : नवलपरासी जिल्ला, सुनवल न.पा. वडा नं.३ कीर्तिपुर घर भई हाल जिल्ला कारागार कार्यालय, नवलपरासी थुनामा बस्ने दीर्घबहादुरको छोरी लोकेन्द्र गुरूङको श्रीमती डिम्पल जेनी भन्ने हरिमाया गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : प्र.ज.बालकिसुन थारूको जाहेरीले नेपाल सरकार प्रतिवादीको साथबाट लागु औषध बरामद हुनुलाई मात्र लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(छ)(१) बमोजिमको सजाय गर्नको लागि पर्याप्त आधार मान्न नमिल्ने । सेवनबाहेक अन्य प्रयोजनको लागि प्रतिवादीहरूले साथमा लिई हिँडेका हुन् भन्ने तथ्य स्थापित हुनुपर्ने । (प्रकरण नं. ५) सेवन गर्नका लागि पनि कुनै न कुनै मूल्य चुकाई खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म लैजानुपर्ने र सेवनका लागि आफ्नो साथमा राख्नुपर्ने कुरा स्वाभाविक हुने । यसलाई नितान्त प्राविधिक अर्थमा हेरी सङ्कुचित अर्थमा ग्रहण गर्नु उचित नहुने । व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्ने । सेवन प्रयोजनका लागि केही मात्रामा लागु औषध खरिद गरी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरिद बिक्री, ओसारपसार, सञ्चय गरेको भनी कसुर ठहर गर्नु मनासिब नहुने । (प्रकरण नं.६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शिवप्रसाद आचार्य अवलम्बित नजिर : ने.का.प. २०७५,अङ्क ५, नि.नं.१०००३ ने.का.प. २०७५,अङ्क ६, नि.नं.१००३३ ने.का.प. २०७६,अङ्क २, नि.नं.१०२०२ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन‚ २०३३ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री देवप्रसाद योगी रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री मदन पोख्रेल मा. न्या. श्री दिपेन्द्रबहादुर बम उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या. डा. मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७४।१२।१२ गते १७:०० बजेको समयमा जिल्ला रूपन्देही, रोहणी गाउँपालिका वडा नं.२ स्थित पूर्वमा २ नं.वडा कार्यालयको भवन, पश्चिममा मैनिहवा स्वास्थ्य चौकीको भवन र उत्तरमा धकधईतर्फ जाने पक्की बाटो दक्षिणमा भगवानपुरतर्फ जाने बाटो यति चार किल्लाभित्र दक्षिणबाट उत्तरतर्फ शङ्कास्पदरूपमा पैदल हिँड्दै आएका जिल्ला नवलपरासी, सुनवल वडा नं.७ असनैया टोल बस्ने प्रेमबहादुर घर्ती मगरको छोरा वर्ष २८ को रोशन घर्ती मगर र जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नं.३ कृतिपुर बस्ने दीर्घबहादुर गुरूङको छोरी वर्ष २१ को डिम्पल जेनी भन्ने हरिमाया गुरूङको शरीर खानतलासी गर्दा निज डिम्पल जेनी भन्ने हरिमाया गुरूङले दाहिने खुट्टाको चप्पल र पैतालाको बिच भागमा राखी लुकाइ छिपाइ ल्याएको लागु औषध ब्राउन सुगरजस्तो देखिने खैरो सेतो धुलो पदार्थ चार पुरिया तौल गर्दा ३ ग्राम ४०० मिलिग्राम फेला पारी बरामद भएको भन्नेसमेत