निर्णय नं. ११२३० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२३० - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/१२/२९ ६५२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७८।१२।२९ ०७६-WO-०४०० मुद्दा :- उत्प्रेषण निवेदक : धनुषा जिल्ला, कनकपट्टी परिवर्तित जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ हाल ऐ. वडा नं. २ मा स्थायी घर भई जनकपुर अञ्चल आयुर्वेद औषधालय, धनुषाको नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, कविराज निरीक्षक पद, अधिकृत छैठौं तहमा कार्यरत शंकरप्रसाद साह विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत संविधान तथा कानूनमा निर्धारित आधार र प्रक्रिया अपनाई सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीको समायोजन गर्न सक्ने । कर्मचारीको माग, आवश्यकता र मनोवृत्तिलाई समेत दृष्टिगत गरी न्यायोचित तवरबाट समायोजन गर्नु सम्बन्धित निकायको दायित्व हुने । कायम भइसकेको पद, नाम र सोसँग सम्बन्धित कार्य प्रकृतिमा नै तात्विक फरक पर्ने गरी कर्मचारीको समायोजन गर्नु उक्त ऐनको भावना र मर्मअनुकुल नहुने । (प्रकरण नं. ७) कुनै पनि निजामती कर्मचारीको पदनामसँग उसले पाउने सेवा सुविधाको मात्र सम्बन्ध नभएर सम्पन्न गर्नुपर्ने कार्यको पहिचान पनि गाँसिएको हुने । स्वास्थ्य सेवाभित्र पनि हरेक पदनाममा रहेर गर्नुपर्ने कार्य प्रकृति तथा कार्य विवरण (Nature of Job and Job Description) समेत फरकफरक प्रकृतिको हुने । एकै तहमा पनि फरकफरक पदनाममा रहेर गर्नुपर्ने कार्य विवरण फरक हुनसक्ने । कर्मचारीले आफ्नो कार्य सम्पादनको सिलसिलामा विशेष पदस्थापना तथा स्तरवृद्धि भई प्राप्त गरिसकेको पदलाई जुनसुकै कारण र बेहोराले पनि फरक पर्ने गरी समायोजन गरिँदा निजले गर्नुपर्ने कार्य प्रकृतिमा मात्र फरक पर्दैन, यसले कर्मचारीको मनोवृत्तिमा समेत प्रतिकूल असर पर्न गई समग्र कार्य सम्पादनमा नै नकारात्मक प्रभाव पर्न जाने । (प्रकरण नं. १०) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिप नारायण साह विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान कर्मचारी समायोजन ऐन, २०७५ आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ: नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड म निवेदक मिति २०५८।११।०३ को निर्णयले वैद्य पद, चौथो तहमा सुरू नियुक्ति पाई मिति २०६४।०६।०७ देखि लागु हुने गरी पाँचौँ तहमा स्तरवृद्धि भई तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०६६।०७।२५ को फैसला र आयुर्वेद विभागको मिति २०६७।०१।०८ को निर्णय र पत्रले पाँचौं तहको आयुर्वेद सहायक (कविराज) पदनाम कायम गरी पत्र दिइएकोमा नेपाल सरकार, मा.मन्त्रीस्तरको मिति २०७१।११।१३ को निर्णय र मिति २०७२।०६।१८ को पत्रले आयुर्वेद समूहको कविराज (आयुर्वेद सहायक) पाँचौं तहको पदनाम दिई विशेष पदस्थापना भई कामकाज गर्दै आएकोमा आयुर्वेद विभागको मिति २०७३।०२।०५ को निर्णय र पत्रले मिति २०७२।०६।०८ देखि लागु हुने गरी कविराज निरीक्षक, अधिकृत छैठौं तहको पदनाम कायम गरी स्तरवृद्धि भई सोही पदमा कार्यरत छु । म निवेदकको स्थायी घर धनुषा जिल्ला, जनकपुरधाम उपमहानगरपालिका, वडा नं.२ मा भई हाल जनकपुर अञ्चल आयुर्वेद औषधालय, जनकपुरधाम, धनुषामा नै कविराज निरीक्षक, अधिकृत छैठौं तहको पदमा