निर्णय नं. ११२३१ - बैंकिङ कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२३१ - बैंकिङ कसुर भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०३/०५ १२१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।३।५ ०७७-RB-००५९ मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / प्रतिवादी : बाँके जिल्ला साबिक टिटिहिरिया गा.वि.सं. वडा नं. ६ हाल परिवर्तित वैद्यनाथ गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने अम्बरबहादुर थापाको नाति प्रेम भन्ने नारायण थापाको छोरा हाल कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौंमा बैंकिङ कसुर मुद्दामा थुनामा रहेको सन्तबहादुर थापा विरूद्ध विपक्षी / वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ विशालनगर चण्डोल बस्ने दिवाकर शर्माको जाहेरीले नेपाल सरकार ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ अनुसार जरिवानाबापत हुने कैदलाई पनि अप्रत्यक्षरूपमा कैद सजाय नै मान्नुपर्ने । जरिवानाबापत ठेकिएको कैद सजाय पनि कारागारमा बसेर नै भुक्तान गर्नुपर्ने हुँदा जरिवानाबापत कैदमा रहेका प्रतिवादीको हकमा उक्त सजायमा छुट नपाउने भनी अर्थ गर्नु न्यायसङ्गत नहुने । (प्रकरण नं. १६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री दयाराम उप्रेती विपक्षी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल अवलम्बित नजिर : ने.का.प. २०७६, अङ्क ३, नि.नं. १०२१९ ने.का.प. २०७५, अङ्क ४, नि.नं. ९९९८ ने.का.प. २०७४, अङ्क ८, नि.नं. ९८६४ सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मुलुकी अपराध संहिता, २०७४ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ सुरू तहमा फैसला गर्नेः मा. मु. न्या. श्री नहकुल सुवेदी मा. न्या. श्री किरण पौडेल उच्च अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ :- तथ्य खण्ड प्रतिवादी सन्तबहादुर थापाले मसँग लिएको रू.१५,००,०००।- मैले फिर्ता माग्दा निजको नाममा रहेको एभरेष्ट बैंक लि.को खाता नं. ०१९१०५०१२०४८९३ को मिति २०७५।०२।११ को चेक नं. ००३२८०५४११ को चेक थान १ दिएकोमा सो चेक सटही गर्न पटकपटक बैंकमा जाँदा उक्त खातामा पर्याप्त रकम मौज्दात नभएको भनी चेक फिर्ता गरिदिएकोले निज सन्तबहादुर थापालाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको दिवाकर शर्माको जाहेरी दरखास्त । एभरेष्ट बैंक लि. शाखा कार्यालय कोहलपुरको खाता नं.०१९१०५०१२०४८९३ को मिति २०७५।०२।११ को चेक नं.००३२८०५४१११००१ मा नगद रू.१५,००,०००।- (पन्ध्र लाख) दिवाकर शर्माको नाममा काटिएको चेक थान १ मेरै चेक हो । सो चेकको सही मेरो हो । उक्त चेक मैले जाहेरवाला दिवाकर शर्मालाई लेखी दिएको होइन । निज जाहेरवालाले मेरो एउटा हस्ताक्षर भएको चेक के कहाँबाट ल्याई नगद रू.१५,००,०००।- लेखी जाहेरी दिए, मलाई थाहा छैन भन्नेसमेत बेहोराको प्रतिवादी सन्तबहादुर थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । उक्त चेक पेस हुँदा प्रतिवादीको खातामा चेक रकमलाई खाम्ने रकम मौज्दात नरहेको भन्नेसमेत बेहोराको मिति २०७५।११।२७ को एभरेष्ट बैंक लि. को पत्र र स्टेटमेन्टसमेतका कागजहरू । प्रतिवादी सन्तबहादुर थापाले जाहेरवाला दिवाकर शर्मालाई बैंक खातामा पर्याप्त रकम नभई चेक काटी दिएको सो चेक सटही हुन नसकी बैंकिङ कसुर गरेको हुँदा प्रति