निर्णय नं. ११२३३ - अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२३३ - अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०८०/०३/२५ २१८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।३।२५ मुद्दाः- अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध ०७५-क्र्-०२२४ पुनरावेदक प्रतिवादी : सढानन्द गिरीको नाति मोहन गिरीको छोरा जिल्ला सिन्धुपाल्चोक पाल्चौक गा।वि।सं। वडा नं। २ हाल परिवर्तित हेलम्बु गा।पा। वडा नं। ३ घर भई हाल कारागार कार्यालय नख्खु ललितपुरमा थुनामा रहेका सिताराम गिरी विरूद्ध प्रत्यर्थी वादी : रितेशकुमारको जाहेरीले नेपाल सरकार ०७५-क्र्-०५२८ पुनरावेदक प्रतिवादी: भिमशंकर साह कानुको छोरा पर्सा जिल्ला, साबिक बसडिलवा गा।वि।सं। वडा नं। ५ घर भई हाल कारागार कार्यालय पर्सा वीरगन्जमा थुनामा रहेका जयचन्द्रप्रसाद साह कानु विरूद्ध प्रत्यर्थी वादी : रितेशकुमारको जाहेरीले नेपाल सरकार ०७५-क्र्-०५२९ पुनरावेदक प्रतिवादी : अकल ठाकुर हजामको छोरा रौतहट जिल्ला साबिक सन्तपुर गा।वि।सं। वडा नं। ५ परिवर्तित विजयपुर नगरपालिका वडा नं। ६ घर भई हाल कारागार कार्यालय, वीरगन्जमा थुनामा रहेका सुरेन्द्र ठाकुर विरूद्ध प्रत्यर्थी वादी : रितेशकुमारको जाहेरीले नेपाल सरकार ०७५-क्र्-०८३१ पुनरावेदक वादी रितेशकुमारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : भिमशंकर साह कानुको छोरा जिल्ला पर्सा, साबिकको बसडिलवा गा।वि।सं। वडा नं। ५ बस्ने जयचन्द्रप्रसाद कानुसमेत अदालतमा अभियोजन भई कारबाहीको चरणमा आइसकेका सङ्गठित अपराधको मुद्दामा प्रमाणको मूल्याङ्कन नै फरकढङ्गले गरिनुपर्ने हुँदा सामूहिक कसुर हो वा सङ्गठित अपराधको कसुर हो भनी निर्क्यौल गर्नु आवश्यक हुने । प्रचलित ऐनको व्यवस्थाले सङ्गठित अपराध र सामूहिक अपराधलाई करिब एकसमान व्यवहार गरेको हुनाले सो सम्बन्धमा अनुसन्धान, अभियोजन र न्याय निरूपणसमेत संवेदनशील हुनुपर्ने । "सङ्गठित अपराध" कुनै निश्चित अपराध होइन, यो जुनसुकै प्रकारको भए पनि गम्भीर प्रकृतिको अपराध हुनुपर्ने । त्यस्तो अपराधमा संलग्न व्यक्तिहरूको सङ्गठनको स्वरूप एक खाले नहुन पनि सक्छ, स्पष्ट अधिकार र कर्तव्य तोकिएका सङ्गठनको सोपान देखिने पनि सक्ने, नदेखिने पनि हुन सक्ने । सङ्गठित अपराधीहरूले एकै मुलुकभित्र रही कार्य गरेको पनि हुन सक्छ वा विभिन्न मुलुकमा छरिएको सञ्जाल पनि हुन सक्ने । यथार्थमा के हेरिनुपर्दछ भने उक्त समूह तत्काल कुनै कसुर गर्न बनेको झुन्ड वा समूह नभई सङ्गठित अपराधीहरूको समूह हुनुपर्दछ । तीन वा सोभन्दा बढी व्यक्तिहरू संलग्न भई कसुर गर्दैमा सङ्गठित समूह भनी यकिन गर्न नसक्ने । सङ्गठित अपराध गरेको भन्नका लागि सङ्गठित वा असङ्गठित (लोओसे नेछुस्) समूहको योजना विद्यमान छ वा छैन भन्ने हेरिनुपर्ने । यस प्रकृतिको अपराधमा योजना बनाइएको छ वा छैन, सङ्गठनको नेतृत्व छ वा छैन, कुनै सरकारी कर्मचारी वा गोपनीयताको रक्षा गरिएको छ वा छैन, खास प्रभावकारी व्यक्तिको संरक्षण छ वा छैन र अपराध गर्नको लागि बनाइएको समूहले आफ्नो लागि भन्दा समूहका लागि काम गरेको देखिन्छ भने त्यस्तो समूहबाट गरिएको अपराधलाई सङ्गठित अपराध मान्नुपर्ने । सङ्गठित अपराध हुनका लागि अपराध गर्नकै लागि बनेको स्थायी संस्थागत संरचनासमेत देखिनुपर्ने । केही व्यक्ति मिलेर अल्पकालीन वा एक पटक मात्र लाभ लिने प्रकृतिको समूहमा कुनै कसुर गरे भन्दैमा सङ्गठित अपराध गरेको मानी त्यस्ता व