निर्णय नं. ११२३४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२३४ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०५/२३ ७४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।५।२३ ०६७-WO- ००६८ मुद्दा : उत्प्रेषण निवेदक : रामबहादुरको छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२ टेकु मचली बस्ने अरूणकुमार रंजितकार विरूद्ध प्रत्यर्थी : मालपोत अधिकृत, मालपोत कार्यालय काठमाडौं, डिल्लीबजारसमेत सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा कुनै व्यक्ति विशेषले आफ्नो नाममा दर्ता गराएको देखिएमा मालपोत अधिकृतले त्यस्तो दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न सक्ने । मालपोत अधिकृतलाई त्यस्तो निर्णय गर्न पाउने अधिकार नरहेको भनी मान्न मिल्ने । (प्रकरण नं. ५) जग्गा नाप जाँच गर्ने र नक्सा अद्यावधिक गर्ने अख्तियारप्राप्त नापी कार्यालयले जग्गा सार्वजनिक सरकारी जग्गा घुसेको भनी दिएको प्रतिवेदनको आधारमा मालपोत कार्यालयले त्यस्तो जग्गा नेपाल सरकारको नाममा हुने गरी गरेको निर्णयलाई बढी अधिकार क्षेत्रको प्रयोग गरी वा प्रवृत्त भावना राखी गरेको निर्णय भनी भन्न नमिल्ने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री शम्भु थापा र श्री यादवप्रसाद ढुंगाना प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी, विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री विश्व प्रकाश सिग्देल, श्री विजयप्रसाद मिश्र तथा विद्वान् अधिवक्ताहरू श्री इन्द्रप्रसाद शर्मा, श्री ताराप्रकाश पौडेल, श्री अवतार न्यौपाने र श्री प्रकाश बस्नेत अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ फैसला न्या. डा. आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड म निवेदकले दाता आसामाया महर्जनबाट काठमाडौं महानगरपालिका वडा नं.१ (क) कि.नं. २०७ बाट कि.का. भएको पूर्व गोरेटो बाटो, पश्चिम कि.नं. ६७२, उत्तर कि.नं. ५६७ दक्षिण गोरेटो यति ४ किल्लाभित्रको कि.नं. ६७३ को १-४-०-० जग्गा मिति २०४३।१२।१८ मा पारित गरी लिई निर्वाध भोग चलन गरी आएको छु । विपक्षी ताराप्रकाश एवं प्रेमराज सुवेदीले पनि मिति २०४३।९।८ मा कि.नं. २०७ को जग्गामध्येबाट कि.का. भई कायम हुन आएको कि.नं.६७१ को ०-८-०-० जग्गा पारित गरी लिएका रहेछन् । उक्त जग्गा सहरी क्षेत्रको पुन: नाप नक्सा हुँदा मेरो जग्गा काठमाडौं महानगरपालिका वडा नं.१० सि.नं. ११४५-२५ कि.नं.२ बाट नाप नक्सा भएको र सो कित्ताको पश्चिम र दक्षिणका जग्गाहरू क्रमशः ब्लकमा कि.नं. १, ३ र ४ बाट ब्लक नापी भई जग्गाधनीको महलमा नाम खाली रहन गएको र त्यहाँ कुनै किसिमको बाटोसमेत देखाएको रहेनछ । म तथा विपक्षी तारा प्रकाशसमेतले आ-आफ्नो जग्गा दर्तालाई ३ नं.नापी गोश्वारामा निवेदन दिई कारबाही चलाएको अवस्थामा मेरो साबिक कि.नं.६७३ को दक्षिणतर्फको बाटोभन्दा पनि दक्षिणका अच्यूत राज ज्ञवालीले मेरो जग्गा एवं बाटोसमेतमा दाबी लिएको, विपक्षी ताराप्रकाशसमेतले मिति २०४४।१०।२७ तथा मिति २०४५।९।६ मा काठमाडौं महानगरपालिका वडा नं.१०(ज्ञ) कि.नं. ४ बाट कि.का. दर्ताको माग गरी द.नं.११४२ को निवेदनबाट ऐ कि.नं.३, ४, र १०(क) मा केही भाग जग्गा परेको भनी उल्लेख गरे पनि हाम्रो जग्गा १०(ज्ञ) कि.नं.१ मा मात्र पर्ने हुँदा अर