निर्णय नं. ११२३६ - हक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२३६ - हक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०९/२४ ११४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति: २०७९।०९।२४ मुद्दा:- हक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ । ०७३-CI-१३४३ पुनरावेदक / प्रतिवादी : ओखलढुङ्गा जिल्ला, कालिमाटी गा.वि.सं. वडा नं. ७ मा जन्म भई सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. १ स्थायी घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ८ बस्ने खड्गबहादुर कार्कीको नाति, हरिबहादुर कार्कीको छोरा शम्भुकुमार कार्की विरूद्ध प्रत्यर्थी / वादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. ८ बस्ने खड्गबहादुरको छोरा, हरिबहादुर कार्की ०७३-CI-१४७४ पुनरावेदक / वादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. ८ बस्ने खड्गबहादुरको छोरा, हरिबहादुर कार्की विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं. ८ बस्ने खड्गबहादुरको छोरा, देवेन्द्रबहादुर कार्कीको मु.स. गर्ने निजकी श्रीमती हिमालयकुमारी कार्कीसमेत ०७३-CI-१८१९ पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला, मधेशा गा.वि.स वडा नं. १ को हाल इनरूवा नगरपालिका वडा नं.६ बस्ने स्व. देवेन्द्रबहादुर कार्कीको मु.स. गर्ने हिमालयकुमारी कार्की विरूद्ध प्रत्यर्थी / वादी : सुनसरी जिल्ला, मधेशा गा.वि.सं. वडा नं.८ बस्ने खड्गबहादुरको छोरा, हरिबहादुर कार्की मृतकको एकासगोलमा नरहेको र मृतकले आफ्नो हक कसैले खाने भनी लिखित रूपमा लेखेर नदिएको अवस्थामा समानस्तरको हकवालाले बराबर अपुताली पाउने र कसैले एकलौटी रूपमा पालनपोषण गरेको रहेछ भने उसैले मात्रै अपुताली पाउने । (प्रकरण नं. ६) मृतकको स्याहार सम्भार हकवालाहरू सबैले नगरी हकवालामध्ये कसैले वा हकवालाबाहेक अन्य व्यक्तिले गरेमा निजको अपुताली त्यसरी स्याहार सम्भार गर्नेले पाउने । (प्रकरण नं. ८) अपुताली प्राप्त गर्न सम्बन्धित पक्षले कानूनबमोजिमको आफ्नो दायित्व तथा कर्तव्यसमेत पूरा गरेको हुनुपर्ने । मृतकलाई पालनपोषण, स्याहार सम्भार तथा औषधोपचारसमेतको दायित्व तथा कर्तव्य पूरा नगरेको अवस्थामा केवल मौखिक जिकिरकै भरमा नजिकको हकवाला भएको नाताले मात्र दाजु / भाइको अपुताली स्वत: दाजुभाइमा हक स्थापित हुन जान्छ भन्न नमिल्ने । नाताको हिसाबले टाढाको रहे तापनि स्याहार सम्भार कसैले गरेको छ भने उसले अपुताली पाउने । (प्रकरण नं. १४) प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री चन्द्र प्रकाश भट्टराई तथा श्री रमेश निरौला वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्रप्रसाद पोखरेल अवलम्बित नजिर : ने.का.प. २०६८, अङ्क ८, नि.नं. ८६६९ ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००९ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ सुरू फैसला गर्ने: मा. न्या. श्री मुरारीबाबु श्रेष्ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन फैसला गर्ने: मा. न्या. श्री चण्डीराज ढकाल मा. न्या. श्री प्रमोदकुमार श्रेष्ठ वैद्य पुनरावेदन अदालत पाटन फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्त गरी यस अदालतको क्षेत्राधिकारभित्रको भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ: संक्षिप्त तथ्य पिता खड्गबहादुर कार्की र माता पदमकुमारी कार्कीका तर्फबाट जे