निर्णय नं. ११२३८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२३८ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०८/१४ २८४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।०८।१४ ०७६-CI-०८४७ मुद्दा:- उत्प्रेषण पुनरावेदक / निवेदक : म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. २ ज्यामरूककोट बस्ने अमृतबहादुरको छोरा प्रदिप सापकोटा विरूद्ध प्रत्यर्थी / विपक्षी : नवलपरासी जिल्ला साबिक अमरपुरी गा.वि.सं. हाल गैंडाकोट नगरपालिका घर भई हाल म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं. ७ बस्ने विष्णुप्रसाद गौतमसमेत रिट क्षेत्रबाट उपचार माग गर्नुअगाडि त्यस विवादउपर अन्य वैकल्पिक उपचारको बाटो रहेको वा नरहेको सम्बन्धमा हेर्नुपर्ने । जुनसुकै विषयमा पनि रिट क्षेत्राधिकारको प्रयोग गर्न नमिल्ने । साधारण विवादमा कानूनमा कुनै वैकल्पिक उपचारको बाटो रहे भए असाधारण रिट क्षेत्राधिकारबाट प्रवेश गर्न नमिल्ने । (प्रकरण नं. ५) न्यायिक वा अर्धन्यायिक निकायले कार्य सम्पादन गर्ने क्रममा गरेको निर्णयमा कानूनी त्रुटि भयो भने त्यस अवस्थामा त्यस्तो निर्णय बदर गर्न अदालतले उत्प्रेषणको रिट जारी गर्न सक्ने । उच्च अदालतलाई उत्प्रेषण र परमादेशको आदेश जारी गर्न सक्ने क्षेत्राधिकार रहेकोमा विवाद देखिँदैन तर कुनै निकायले गरेको निर्णय गैरकानूनी भएको पुष्टि हुन आएकोमा मात्र उत्प्रेषणको रिट जारी हुने । (प्रकरण नं. ६) पुनरावेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री चिरन्जीवी शर्मा प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री शिवप्रसाद रिजाल र विद्वान् अधिवक्ता श्री रेशम कंडेल अवलम्बित नजिर : सम्बद्ध कानून : मालपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्ने :- मा. न्या. श्री शेषराज सिवाकोटी मा. न्या. श्री अजयराज उपाध्याय उच्च अदालत पोखरा, बागलुङ इजलास फैसला न्या. प्रकाशकुमार ढुंगाना : उच्च अदालत पोखरा, बागलुङ इजलासको मिति २०७४।९।१७ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२ अन्तर्गत यस अदालतमा निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड मिति २०७२।३।३१ मा प्रत्यर्थी विपक्षी विष्णुप्रसाद गौतम र मसमेत बिच भएको सहमतिबमोजिम जग्गा दर्ता नामसारी दा.खा. गरिपाउँ भन्ने मुद्दा मिलापत्र हुँदा मेरो नाउँको साबिक अर्थुङ्गे, गा.वि.सं. वडा नं. २(ख) कि.नं.१७९ क्षेत्रफल २-५-३-३ को जग्गामध्येबाट विपक्षी विष्णुप्रसाद गौतमको भाग हिस्सामा समग्र जग्गाको दक्षिण पश्चिमबाट क्षेत्रफल ०-२-३-२ बराबरको जग्गा पर्ने र सोही जग्गामध्येबाट गोर्खा भू.पू. सैनिक बचत तथा ऋण सहकारी संस्थाले चर्चेको जग्गा क्षेत्रफल ०-०-३-२ र रेडक्रस मार्गसम्म निस्कने ४ हातको भित्री बाटोले चर्चेको जग्गा क्षेत्रफल ०-१-०-१ हिस्सा विष्णुप्रसाद गौतमको हिस्सा भागमध्येबाट कट्टा हुने सहमति भएको अवस्था हो । विष्णुप्रसाद गौतमको हिस्साबाट उक्त चर्चेका जग्गाको हिस्सा कट्टा गर्दा निजको भाग हिस्सामा ०-१-३-१ बराबर मात्र बाँकी रहन्छ । तर प्रत्यर्थी मालपोत कार्यालय, म्याग्दीको निर्देशनबमोजिम प्रत्यर्थी नापी कार्यालय, म्याग्दीले मिति २०७४।१।५ मा कित्ताकाट एवं दाखिल खारेजसमेतको निर्णय गर्दा बाटो र सहकारीमा गएको क्षेत्रफल कट्टा नगरी प्रत्यर्थी विपक्षी विष्णुप्रसाद गौतमलाई ०-२-३-२