निर्णय नं. ११२३९ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२३९ - जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७८/०७/०४ १६६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।७।४ ०७३-CR-०७४४ मुद्दा:- जबरजस्ती करणी निवेदक / वादी : टोपाराम नेपालीको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : रूकुम जिल्ला, मुसीकोट नगरपालिका वडा नं.१ बस्ने टमस सोनी अशक्त वा अपाङ्गता रहेका महिलालाई कसैले जबरजस्ती करणी गरेमा थप सजाय गर्नुपर्छ भन्ने विधायिकी मनसाय रहेको देखिने । (प्रकरण नं. ४) अशक्त, अपाङ्ग भनी कानूनमा प्रयुक्त दुई शब्दलाई एकै ठाउँमा जोडेर अर्थ गर्न नमिल्ने । अलगअलग अर्थ दिने उक्त दुईमध्ये कुनै एक अवस्थाको विद्यमानता भएमा पनि प्रतिवादीलाई कानूनबमोजिम थप सजाय गर्नुपर्छ भन्ने कानूनको मक्सद रहेको देखिने । (प्रकरण नं. ५) निवेदक/वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री शिव प्रशाद आचार्य विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री भिमप्रसाद ढकाल अवलम्बित नजिर : ने.का.प.२०६४ अङ्क ११ नि.नं.७९०० पृ.१४६२ सम्बद्ध कानून : न्याय प्रशासन ऐन,२०७३ अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री डण्डपाणि शर्मा रूकुम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. का.मु. मु. न्या. डा. श्री कुलरत्न भुर्तेल माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम पुनरावेदन अदालत तुलसीपुर फैसला न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम दोहोर्याई पाउँ भन्ने निवेदन परी निस्सा, अनुमति प्रदान भई पुनरावेदन सरह दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड रूकुम जिल्ला, मुसिकोट नगरपालिका वडा नं.१ सल्लेस्थित पूर्वमा अन्दाजी २० मिटर टाढा खिरूवाको रूख, पश्चिममा बिसौना टोलबाट राप्ती लोकमार्ग जाने सडक खण्ड, उत्तरमा अन्दाजी ४० मिटर टाढा राप्ती लोकमार्ग सडकखण्ड, दक्षिणमा अन्दाजी ३० मिटर टाढा खानेपानीको रिजर्भ ट्याङकी यति चार किल्लाभित्र रहेको गंगा बोहराको मकैबारीको पश्चिमपट्टि कुनामा नाम परिवर्तित रूकुम ५४(क) लाई प्रतिवादी टमस सोनीले जबरजस्ती करणी गरेको भन्ने स्थानमा रहेका मकैका बोटहरू भाँचिई जमिनमा लत्रिएको अवस्थामा रहेका र जमिनको माटो धस्सिएको अवस्थामा रहेको भन्ने बेहोराको घटनास्थल मुचुल्का । मिति २०७२/५/१९ मा श्रीकृष्ण जन्माअष्टमीको उपलक्ष्यमा मेरो छिमेकी गीता रसाइलीको घरमा नाचगान भएकाले पीडितलगायत बालबालिकाहरू सो स्थानमा नाचगान हेर्न गएका थिए । नाचगान हेरिरहेकै समयमा बालबालिकाहरूमध्ये वर्ष १२ की रूकुम ५४(क) लाई टमस सोनीले ललाइफकाइ विभिन्न प्रलोभनमा पारी आफ्नो साथमा लिई नाचगान भइरहेको स्थानदेखि पश्चिम दिशामा रहेको मकैबारीमा लिई जबरजस्ती करणी गरेको भनी निज पीडित घटनास्थलबाट रूँदै कराउँदै आई निजका साथीहरूलाई जानकारी गराएकोले तत्काल प्रहरीलाई खटाई टमस सोनीलाई पक्राउ गरी पीडितलाई देखाउँदा सनाखत गरिदिएकाले निज सोयोनिलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम हदैसम्मको सजाय गरी पीडितलाई क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको टोपाराम नेपालीले दिएको जाहेरी दरखास्त । प्रतिवादी निज टमस सोनीको दायाँ बायाँ खुट्टामा क