निर्णय नं. ११२४० - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२४० - अंश चलन भाग: ६६ साल: २०८१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७९/०७/२२ १८४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।७।२२ मुद्दा : अंश चलन ०६९-CI-०७४४ पुनरावेदक : जोगराजको छोरा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ३ बस्ने चैत्यराज शाक्यसमेत विरूद्ध प्रत्यर्थी : सिद्धिराज शाक्यको छोरा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १८ घर भई हाल वडा नं.८ च्यासल बस्ने धर्मराज शाक्यसमेत ०६९-CI-१२६१ पुनरावेदक : सिद्धिराज शाक्यको छोरा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष ६८ को धर्मराज शाक्यको अ.वा.का.जि.का.म.न.पा. वडा नं. ५ बस्ने वर्ष पुनरावेदक २९ को नरेश महर्जनको वा.ल.प.उ.म.न.पा. वडा नं. ३ बस्ने वर्ष ३० को वादा निरन्जन उप्रेती विरूद्ध प्रत्यर्थी : जोगराजको छोरा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं.१८ दौवहाल घर भई हाल ऐ. वडा नं. ३ हरिहर भवन बस्ने चैत्यराज शाक्यसमेत ०७०-CI-१०४९ पुनरावेदक : सिद्धिराज शाक्यको छोरा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १८ बस्ने बेखाराज शाक्यसमेत विरूद्ध प्रत्यर्थी : सिद्धिराज शाक्यको छोरा ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. १८ घर भई हाल ऐ.ऐ. वडा नं. ८ बस्ने धर्मराज शाक्यसमेत उमेर पुगेको विवाहित छोराले अंश मागी छुट्टी भिन्न हुन खोजेपछि अंश भाग बराबरको नगद र चल सम्पत्ति दिई छुट्याइदिनुलाई तत्कालीन सामाजिक परिवेशअनुसार असल नियतले गरिएको कार्य मान्नुपर्ने । तत्कालीन समयको सामाजिक मान्यता, प्रचलन र चेतनाको स्तरसमेतका आधार मानी हेर्दा गाउँघरमा भएका घरायसी व्यवहारका कागजहरू अड्डामा लगी रजिस्ट्रेसन नगर्नुलाई सामान्य नै मान्नुपर्ने । वादीका पिताले आफ्नो बाबुबाट अंश लिई छुट्टिई भिन्न भएको पुष्टि भइरहेको अवस्थामा रजिस्ट्रेसन नभएको भन्ने आधारमा मात्र अंशबन्डा नभएको भनी अर्थ गर्न नमिल्ने । वि.सं.२००९ सालमा नै छुट्टिई भिन्न भइसकेको तथ्य पुष्टि भइसकेपछि प्राविधिक कारण देखाई वि.सं. २००९ साल चैत्र मसान्तलाई मानो छुट्टिएको मिति कायम गरी सम्पत्ति बन्डा नहुने । (प्रकरण नं. ४) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री चण्डेश्वर श्रेष्ठ, श्री पूर्णमान शाक्य, श्री रजितभक्त प्रधानाङ्ग तथा विद्वान् अधिवक्ताहरू श्री दानबहादुर बुढा र श्री विमला खनाल वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रविन नापित अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्या. श्री भिमकुमार ओझा ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री फणिन्द्रदत्त शर्मा मा. न्या. श्री प्रकाशराम मिश्र पुनरावेदन अदालत पाटन फैसला न्या. हरिप्रसाद फुयाल : पुनरावेदन अदालत पाटनको मिति २०६८।१२।२१ को फैसलाउपर वादी / प्रतिवादीहरूको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः तथ्यगत बेहोरा जोगराज शाक्यका २ भाइ छोरामा जेठो सिद्धिराज शाक्य र कान्छो चैत्यराज शाक्यको जायजन्म भएकोमा म फिरादीका बाबु सिद्धिराजको २०१४ सालमा र आमाको २००३ सालमा परलोक भएको र सौतेनी आमा सिरीमाया २०५३ सालमा परलोक भएको हुँदा सिद्धिराजको २ श्रीमतीमा हेरामायाको तर्फबाट म फिरादीको जन्म भएको र कान्छी सिरीमायाको तर्फबाट बेखाराज र रत्नराज शा