निर्णय नं. ११२४१ - गैंडालाई गोली हानी मारी खाग बिक्री व्यवसाय गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२४१ - गैंडालाई गोली हानी मारी खाग बिक्री व्यवसाय गरेको भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०७/०१ १५०२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।७।१ ०७९-CF-०००३ मुद्दा:- गैंडालाई गोली हानी मारी खाग बिक्री व्यवसाय गरेको पुनरावेदक / प्रतिवादी : केदारनाथ विडारीको छोरा, मकवानपुर जिल्ला, हेटौंडा नगरपालिका, वडा नं. ७, गर्दाई घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३१ भिमसेनगोला बसोबास गरी हाल कारागार कार्यालय चितवनमा थुनामा रहेको मुकुन्द विडारी विरूद्ध प्रत्यर्थी / वादी : रेञ्जर विष्णुप्रसाद थपलियासमेतको जाहेरी प्रतिवेदनले नेपाल सरकार मूल अभियुक्तलाई कम कैद र जरिवानाको सजाय भएको अवस्थामा मिसिलबाट केवल एकजना मूल कसुरदारलाई गैंडाको खाग कसैले बेच्छ भनी सूचना वा जानकारी दिएकोले निज मतियार हो भनी मुद्दा चलाएको र अन्य संलग्नता केही रहेको नदेखिएको पक्षलाई केवल म्याद सूचनामा उपस्थित भएन भन्ने आधारमा मूल अभियुक्तलाई भएको भन्दा बढी कैद र जरिवाना गर्नु राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ को प्रतिकूल हुने । (प्रकरण नं. ४) संविधानको धारा २० को उपधारा (४) मा "तत्काल प्रचलित कानूनले सजाय नहुने काम गरेबापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन" भन्ने हकले कानूनको अभावमा सजाय नहुने र कानूनले तोकेभन्दा बढी सजाय नहुने दुवै कुरा प्रत्याभूत गर्दछ । कानूनले तोकेभन्दा बढी सजाय हुनु भनेको कानूनको अख्तियारीबेगर सजाय हुनु हो । कानूनको अख्तियारीबेगर कोही पनि व्यक्ति कैदमा रहनु विधिको शासनको विरूद्ध हुने । यस्तो सजाय हुन गएको देखेमा अदालतको म्याद बदर नभएको वा अदालतले जारी गरेको म्यादमा उपस्थित भई प्रतिवाद गर्न नसकेको भन्ने जस्ता स-साना प्राविधिक कुरामा अल्झेर देखादेखी कानूनले तोकेभन्दा बढी सजाय भइरहेको स्थितिलाई यथावत् रहन दिई न्याय दिन इन्कार गर्न नमिल्ने । एउटा सामान्य चिया नास्ताको पसल गरेर जीवन गुजारा गरेका सर्वसाधारण नागरिक आफू पक्राउ परेपछि तह तहका अदालतसमक्ष न्यायको याचना गरेर आइरहेको छ । यसै अदालतसमक्ष पनि गैंडा मारेको यो विवाद प्रकारान्तरले तेस्रो पटक पेस भइरहेको छ भने संविधान र कानूनको अन्तिम व्याख्या गर्ने एवम् आफूसमक्षको विवादमा पूर्ण न्याय गर्नुपर्ने दायित्व भएको यस अदालतले कानून विरूद्ध कैद भइरहेको देख्दादेख्दै चुप लागेर बस्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद सापकोटा, श्री इन्द्रप्रसाद खरेल र श्री अविनाशकुमार प्याकुरेल तथा विद्वान् अधिवक्ता श्री सपना सुवेदी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्ने :- प्रमुख संरक्षण अधिकृत श्री मेघबहादुर पाण्डे चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री बाबुराम रेग्मी माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण उच्च अदालत पाटन, हेटौंडा इजलास संयुक्त इजलासमा राय व्यक्त गर्ने : माननीय न्यायाध