निर्णय नं. ११२४५ - हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२४५ - हक कायम भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०८/२६ ७७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७९।८।२६ ०७३-CI-११७४ मुद्दाः- हक कायम पुनरावेदक / प्रतिवादी : बेखालाल डंगोलको छोरा काठमाडौं जिल्ला टोखा सरस्वती-१ हाल ऐ. जिल्ला टोखा नगरपालिका वडा नं.५ बस्ने कमलबहादुर डंगोलसमेत विरूद्ध प्रत्यर्थी / वादी : बेदमानन्द गुभाजु (बज्राचार्य) को छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१३ बस्ने ताहाचल घर नं.१३९/१७ किचण्डो गल्ली मार्ग बस्ने राजमान बज्राचार्य जग्गाधनीले रैकरमा परिणत गर्न धरौटी बुझाएको कार्यलाई दाबीको जग्गा, धनीका नाउँमा बिर्ताबाट रैकर परिणत हुन निरन्तर कारबाहीमा रहेको मान्नुपर्ने । यसरी निरन्तर कारबाहीमा रहेको जग्गा मोहीका नाउँमा रैकर परिणत हुन नसक्ने भएकाले यस्तो जग्गामा जग्गाधनीको हक कायम हुने । जग्गाधनीले बिर्ता जग्गालाई रैकर परिणत गराउने प्रक्रिया सुरू गरी निरन्तर कारबाहीमा रहेको जग्गामा जग्गाधनीको स्वामित्वको हकले निरन्तरता पाएको मान्नुपर्ने । (प्रकरण नं. ९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा श्री शेरबहादुर के.सी., श्री इन्द्रप्रकाश खरेल, श्री लोकभक्त राणा तथा श्री चण्डेश्वर श्रेष्ठ र विद्वान् अधिवक्ता श्री गोविन्दराज ओली प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री दिपेन्द्र पौडेल तथा श्री जगतबहादुर कार्की अवलम्बित नजिर : ने.का.प. २०५२, अङ्क १०, नि.नं. ६०९४ ने.का.प.२०४१ अङ्क १० नि.नं.२१३९ सम्बद्ध कानून : बिर्ता उन्मूलन ऐन, २०१६ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री कृष्णबहादुर थापा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री टेकराज नेपाल मा. न्या. श्री नित्यानन्द पाण्डेय पुनरावेदन अदालत पाटन फैसला न्या. कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छ:- तथ्य खण्ड म फिरादीका बाबु वेदमानन्दको नाममा साबिक लगत ओमवहाल पोता नं. ५८७ अफल रोपनी ।।।/।१ बाट भिडी दर्ता हुने काठमाडौं जिल्ला सरस्वती गाउँ विकास समिति वडा नं. ४(क) कि.नं. १२६ को क्षे.फ. २-१०-०-० को जग्गामा विपक्षीहरूका पिता बेखालाल डंगोल मोही हुन् । बाबुको शेषपछि मेरो हकभोग रहेकोमा विपक्षीले कब्जा गर्ने नियतले रै. प. दर्ता नामसारी गरिपाउँ भनी दाबी लिएकोमा उक्त कि.नं.१२६ को जग्गा बिर्ता नभई रैकर नम्बरी भएको हुँदा जग्गाको साबिक स्रोतको आधारमा छुट जग्गा दर्ता नामसारी गरिपाउँ भनी मालपोत ऐन, २०३४ को दफा ७(२) बमोजिम म फिरादीको मालपोत कार्यालय डिल्लीबजारमा परेको निवेदनसमेतमा दुवै पक्षबाट छुट्टाछुट्टै दाबी गरी मुख नमिलेको हुँदा मिति २०६८।०१।१३ मा उक्त कार्यालयबाट हक बेहकको निर्णय गर्ने क्षेत्राधिकार मालपोत कार्यालयलाई नभएको भनी उक्त जग्गाको हक कायम गरी ल्याउनु भनी भएको निर्णय र आदेशअनुसार छुट जग्गा नामसारी गरिपाउँ भन्नेसमेत बेहोराको वादी राजमान बज्राचार्यले मिति २०६३।०२।१६ मा काठमाडौं जिल्ला अदालतसमक्ष गरेको फिराद दाबी । हामी प्रतिउत्तरवालाले रै.प. दर्ता नामसारी माग गरी कारबाही चलिआउँदा फिरादी राजमान बज्राचार्यका काका रविमानन्