निर्णय नं. ११२४८ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२४८ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०८०/०२/१० १०३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा.श्री कुमार चुडाल आदेश मिति : २०८०।२।१० ०७९-WO-०१७६ विषय : उत्प्रेषणयुक्त परमादेशसमेत निवेदक : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २२ बस्ने जानकी साई विरूद्ध विपक्षी : उच्च अदालत पाटन, पुल्चोक, ललितपुरसमेत विपक्षी आमालाई निवेदक छोरीले बुढेसकालमा स्याहारसुसार गर्नको लागि दाबीको जग्गा हालैदेखिको बकसपत्र पारित गरिदिएको देखिन्छ । तर निवेदकले सो लिखतको भावना र सर्तविपरीत विपक्षी आमालाई उचित हेरविचार नगरी उल्टै कुटपिट गर्ने गरेको, दूषित भावनाले ग्रसित भई ज्येष्ठ नागरिकको बुढेसकालमा बाँच्ने साहाराको रूपमा रहेको सम्पत्ति फकाई फुल्याई लिएकोले ज्येष्ठ नागरिकको सर्वोत्तम हितलाई समेत मनन गरी विपक्षीलाई निवेदकउपर हालैदेखिको बकसपत्र लिखत बदरको मुद्दा दायर गर्ने हकदैया र हदम्याद नरहेको भनी तर्क गर्नु न्यायसङ्गत नदेखिने । ज्येष्ठ नागरिकको हक अधिकारसँग सम्बन्धित विषयमा निर्णय गर्दा ज्येष्ठ नागरिकको पहिचान, संरक्षण र सुरक्षालाई मध्येनजर गरी निर्णय गर्नुपर्ने । ज्येष्ठ नागरिक पनि बालबालिका जस्तै उमेर एवं बुढौलीको कारणले सही, गलत छुट्याउन नसक्ने र कुनै निर्णयबाट उत्पन्न हुने परिणामको बारेमा जानकार हुन नसक्ने हुन्छन् । यस्तो अवस्थामा निजहरूको हितविपरीत हुने कुनै कार्य बदनियत साथ कसैले गरेमा ज्येष्ठ नागरिकलाई अन्याय हुने गरी त्यस्तो काम कारबाहीलाई मान्यता दिनु न्यायसङ्गत नहुने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शैलनाथ गौतम र विद्वान् अधिवक्ता श्री शिवा गौतम विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री संजीवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी कार्यविधि संहिता, २०७४ मुलुकी देवानी संहिता, २०७४ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम यस अदालतको क्षेत्राधिकार भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ: रिट निवेदनको संक्षिप्त तथ्य विपक्षी वादीले म निवेदकले खान लाउन नदिएको र उचित हेरविचार नगरी कुटपिट गरेको भनी झुठो आरोप लगाई आफूले ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ६ कि.नं.२०६४ ज.रो. ०-०-३-० र कि.नं. २११० ज. रो. ०-०-३-३ गरी जम्मा ज.रो. ०-१-२-३ साथै सोमा बनेको घरसमेत मिति २०७५।१२।२९ मा र.नं. ३६८७क बाट रीतपूर्वक पारित गरिदिएको हालैदेखिको बकसपत्रको लिखत बदर गरिपाउँ भनी ललितपुर जिल्ला अदालतमा फिराद दायर गरेको हकदैयाविहीन रहेको छ । विपक्षीले उक्त फिरादमा लिएको दाबी मुलुकी देवानी संहिता, २०७४ को दफा ४१२ को हदम्याद पनि नाघी फिराद दर्ता भएकोले उक्त फिराद हकदैया र हदम्यादविहीन रहेकोले खारेज गरिपाउँ भनी म निवेदकले प्रतिउत्तरपत्रमा जिकिर लिएको थिएँ । तर मेरो प्रतिउत्तर जिकिरलाई बेवास्ता गरी मिति २०७९।०१।१३ मा प्रारम्भिक सुनुवाइको लागि पेस हुँदा हकदैया र हदम्याद नभएको भन्ने प्रतिउत्तर जिकिर मनासिब नदेखिँदा प्रस्तुत मुद्दामा बाँकी कारबाही, सुनुवाइ र किनारा गर्नु भनी सुरू जिल्ला अदालतबाट आदेश भएको थियो । उक्त आदेशउपर उच्च अदालत पाटनमा निवेदन परेकोमा ललितपुर जिल्ला अदालतबाट भएको आदेशलाई नै सदर गर्ने गरी मिति २०७९।०३