निर्णय नं. ११२५१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२५१ - उत्प्रेषण भाग: ६६ साल: २०८१ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०७/१६ ६६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश मिति : २०७९।७।१६ ०७७-WO-०४०७ मुद्दा: उत्प्रेषण निवेदक : रत्नबहादुर शाहको नाति लिलेन्द्रबहादुर शाहको छोरा काठमाडौं जिल्ला काठमाडौं मुद्दानगरपालिका वडा नं. ३१ स्थाई घर बई नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी ब्यारेक, भक्तपुरमा सि.सं. ५८, अधिकृत क्याडेट, आशुतोष बहादुर शाह विरूद्ध विपक्षी : नेपाल सरकार, रक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत सैनिक ऐन, २०६३ को दफा ५२(क) मा कुनै सैनिक अधिकारी व्यक्तिले लागु औषध सेवन गर्न नहुने र त्यस्तो कार्य कसुरजन्य हुने भन्ने उल्लेख भएको अवस्थामा नेपाली सेनाको सङ्गठन संरचनामा काम गर्न जाने अधिकृत क्याडेटले लागु औषध सेवन गरेको कार्यलाई गम्भीर प्रकृतिको मान्नुपर्ने । सैनिक प्रतिष्ठान खरिपाटीबाट आन्तरिक रूपमा बनाई लागु गरिएको अधिकृत क्याडेट तथा प्राविधिक अधिकृतहरूलाई चरण झार्ने, निष्काशन गर्ने तथा सजायसम्बन्धी नियमावली, २०६९ मा स्पष्टसँग लागु औषधको बारेमा उल्लेख गरेको नभए तापनि सैनिक ऐनले निषेध गरेको कार्य गरेको पुष्टि भएको अवस्थामा उक्त नियमावलीबमोजिम कारबाही हुन सक्ने । (प्रकरण नं. ४) अधिकृत क्याडेटको विभिन्न चरणको परीक्षा उत्तीर्ण गरी एक तालिमरत सैनिक व्यक्ति भएर पनि तालिमको समयावधिमा लागु औषध गाँजा सेवन गर्नु अनुशासन तथा आचरणविपरीतको कार्य भएको र नेपाली सेनाको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले पालना गर्नुपर्ने अनुशासन, आचरणविपरीत कार्य गरेको हुँदा अधिकार प्राप्त निकाय तथा अधिकारीबाट भएको काम कारबाहीको विषयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमनकुमार श्रेष्ठ र विद्वान् अधिवक्ताहरू मदन रेग्मी, किशोर पौडेल र अरूण पौडेल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता कल्पना राई, विद्वान् अधिवक्ताहरू श्री अमित प्याकुरेल र श्री राजकुमार रन्जित अवलम्बित नजिर : सम्बद्ध कानून : सैनिक ऐन, २०६३ आदेश न्या. हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ र १३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड रिट निवेदन नेपाली सेनामा रिक्त अधिकृत पदपूर्ति गर्न मिति २०७४।०९।०४ गते गोरखापत्रमा सि.सं. ५८ अधिकृत क्याडेट (दोस्रो चरण) का लागि विज्ञापन नं. ०७४।७५।२६ मा आवेदन गरी मिति २०७४।११।२९ मा लिखित परीक्षा उत्तीर्ण (क्र.सं. ९७), मिति २०७४।१२।०६ मा गुणमापक परीक्षा उत्तीर्ण (क्र.सं. १५) मिति २०७४।१२।०८ मा विस्तृत स्वास्थ्य परीक्षण उत्तीर्ण (क्र.सं. १४) भई मिति २०७४।०१।०९ मा अन्तिम नतिजामा उत्तीर्ण (खुलातर्फ क्र.सं. ६४) भएको थिए । यसरी सि.सं. ५८ अधिकृत क्याडेट उत्तीर्ण भइसकेपछि म निवेदक नेपाल सरकार नेपाली सेना अधिकृत क्याडेटको रूपमा मुकरर भई मिति २०७५।०१।१९ देखि मासिक रू. २३,०६५ का दरले तलब सुविधा प्राप्त गरी नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी ब्यारेकमा तालिममा सहभागी भए र तीन वर्षे वि.ए. (मानविकी) विषयमा भर्ना भई मिति २०७५।९।२५ मा प्रथम वर्ष र मिति २०७६।५।२५ मा दोस्रो वर्षको परीक्षा उत्तीर्ण गरेको छु । तेस्रो वर्षको परीक्षा हुनुभन्दा केही दिनअगाडि नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी ब्यारेकको मिति २०७६।१०।२०, प.सं. १३८८५/ए/२०/०७६/७७/३ पत्रबाट "सि.सं. ५८ अधिकृत