निर्णय नं. ११२५२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२५२ - उत्प्रेषण / परमादेश भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०७९/११/०४ १०२९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।११।४ ०७८-WF-०००१ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : बर्दिया जिल्ला, जमुनी गा.वि.स. वडा नं.५ को हाल बढैयाताल गा.पा. वडा नं.२ बस्ने गोमा राना क्षेत्री विरूद्ध प्रत्यर्थी : उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलाससमेत परिवारमा मुख्य भई कामकाज गर्नेबाहेकका अन्य व्यक्ति अंश लिई भिन्न बसेमा वा अन्य कुनै बेहोराले निजको नाममा सम्पत्ति हस्तान्तरण भई आएमा मात्र सगोलको सम्पत्तिमा निजको हक पुग्ने भनी अर्थ गरिएमा वर्षौंवर्षसम्म वा पुस्तौँसम्म अंश नलिई सगोलमा बस्ने र सगोलको सम्पत्तिमा त्यस्ता व्यक्तिको जीवनपर्यन्त हक नपुगेको भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. ८) लेनदेनमार्फत आफूले दिएको ऋण असुलउपर हुन सक्ने नसक्नेतर्फ साहुले ऋण दिनुअगाडि नै सोचविचार गर्नुपर्ने र उक्त ऋण असुल हुन सक्ने नसक्ने जोखिम पनि निजले नै वहन गर्नुपर्ने तथ्यमा विवाद हुन नसक्ने । घरका मुख्यबाहेकका व्यक्तिले लिएको ऋण मुख्य व्यक्तिले लिएको ऋणसरह परिवारका सबै सदस्यले उपभोग गरेको भनी अनुमान गर्नसमेत नमिल्ने भएकाले सो ऋणमा परिवारका अन्य व्यक्तिको समेत दायित्व रहने भन्न नमिल्ने भए पनि घरको मुख्य भई व्यवहार नगरेकै कारण ऋण लिने कारणी स्वयम्‌ले समेत आफैँले लिएको दायित्वबाट उन्मुक्ति पाउने अवस्था कानूनमा रहे भएको नदेखिने । लेनदेन व्यवहारको ९ नं. ले परिवारमा मुख्यबाहेक अन्य व्यक्तिले गरेको व्यवहारमा साझा धनसम्म पक्रन नमिल्ने भनेकोमा कारणीको हक जतिबाट समेत असुल गर्न नमिल्ने भन्नु न्यायोचित, तर्कसम्मत र व्यावहारिकसमेत नहुने । (प्रकरण नं. ९) परिवारको सामूहिक वर-व्यवहार चलाउन कर्जा लिनुपर्ने आवश्यक भएको तर कारणबस मुख्य भई काम गर्ने व्यक्तिबाहेकका अन्य व्यक्तिले लिखत गर्नुपर्ने अवस्था उत्पन्न भएको र त्यसरी काढेको ऋणसमेत परिवारको उन्नति भलाइका लागि सामूहिक रूपमा प्रयोग गरेको मिसिल तथ्यबाट देखिएको अवस्थामा मुख्य भई काम गर्ने व्यक्तिको फरक ढङ्गले निर्क्यौल गरी न्यायको रोहमा त्यस्तो व्यवहार गोश्वारा धनबाट बेहोर्नुपर्ने । अर्कोतर्फ परिवारमा मुख्य भई काम गर्नेबाहेकका अन्य सदस्यहरूले आफूखुसी ऋण काढी फरकफरक व्यवहार गरेको अवस्थामा सगोलको धनबाट बेहोर्न नमिल्ने भए पनि कारणीको हकजतिबाट पक्री असुल गर्न नपाइने भन्नु न्याय र कानूनसम्मत नहुने । (प्रकरण नं. १०) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उषा मल्ल पाठक प्रत्यर्थीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल तथा विद्वान् अधिवक्ता श्री दिपेन्द्र अधिकारी अवलम्बित नजिर : ने.का.प. २०७७, अङ्क ३, भाग ६२, नि.नं. १०४६२ ने.का.प. २०७३, अङ्क ११, भाग ५८, नि.नं. ९७२० ने.का.प.२०५७, अङ्क ५, नि.नं. ६९०४ ने.का.प. २०६७, अङ्क १२, नि.नं. ८५२८ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ फैसला न्या. नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६ र धारा १३३(२) बमोजिम दायर भई यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ख) बमोजिम पूर्ण इजलाससमक्ष पेस गर्नु भनी भएका आदेशानुसार यस इजलासमा पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- तथ्य खण्ड म निवेदकका पत