निर्णय नं. ११२५३ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२५३ - डाँका भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०८०/०५/०३ ७०४ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का ।मु ।प्र ।न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।५।३ मुद्दा: डाँका ०७२-क्र्-१७८८ पुनरावेदक प्रतिवादी : भक्तपुर जिल्ला, कटुन्जे गा ।वि ।स ।, वडा नं । ५ हाल सूर्यविनायक नगरपालिका, वडा नं । ३ बस्ने रविन चौगुठी विरूद्ध प्रत्यर्थी वादी : राज दोङको जाहेरीले नेपाल सरकार ०७३-क्र्-०५५१ पुनरावेदक वादी : राज दोङको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका, वडा नं । ७, अठ्ठाइसकिलो बस्ने लोकेन्द्र तोलाङ्गेसमेत घुमुवा वा सुराकी प्रहरी तथा यस्तै प्रकृतिको कार्य गर्ने अन्य कानून कार्यान्वयन गर्ने व्यक्तिलाई आपराधिक गतिविधिका सम्बन्धमा सूचना सङ्कलन गर्न खटाइन सक्दछ, त्यस्तो आपराधिक कार्य गर्ने व्यक्ति वा समूहमा प्रवेश गरी सूचना सङ्कलन गर्दा निजको सुरक्षा र गोपनीयता कायम गर्न निजले कतिपय अवस्थामा कसुरजन्य कार्यमा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ । तर त्यस्तो कार्यका लागि निजलाई अधिकार प्रदान (औथोरिजेद्) गरिएको हुनुपर्ने । निजले गरेको प्रत्येक कसुरजन्य कार्यको अनुसन्धान हुन सक्ने र असमानुपातिक वा बदनियतसहित कार्य गरेको देखिएमा फौजदारी न्याय प्रणालीको सामना गर्नुपर्ने । घुमुवा वा सुराकी प्रहरी वा कानून कार्यान्वयन गर्ने निकायको व्यक्तिले सम्बन्धित अपराधको सुराकी गर्दा दोक्तृने ओफ औथोरिजेद कृमिनलिती अन्तर्गत केही हदसम्म कसुरजन्य कार्यमा संलग्न हुन सक्ने । यद्यपि घुमुवा वा सुराकी प्रहरी खटाउन सक्ने कानूनी प्रबन्धको व्यवस्था गर्नुपर्ने । त्यस्तै त्यस्तो कानूनी प्रबन्धअनुसार खटाइएको सम्बन्धित व्यक्तिलाई त्यस्तो कार्यमा संलग्न गराएको सम्बन्धमा आन्तरिक प्रकृतिको लिखित अधिकार प्रदान (औथोरिजेद्) गरेको हुनुपर्ने । (प्रकरण नं । १३) विद्यमान प्रहरीसम्बन्धी कानूनी व्यवस्था र अन्य कुनै कानूनी व्यवस्थामा घुमुवा वा सुराकी प्रहरीको परिभाषा गरिएको र त्यससम्बन्धी कानूनी व्यवस्था गरेको नदेखिने । अपराध अनुसन्धान र त्यसको वस्तुगत अवस्था बुझ्न घुमुवा वा सुराकीको रूपमा परिचालन गर्नुपर्ने प्रहरी कर्मचारीहरू कानूनले परिकल्पना गरेको परिधिभित्र रही परिभाषित रूपमा त्यस्तो कार्यमा संलग्न देखिनुपर्ने । (प्रकरण नं । १४) पुनरावेदक प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ता डा । श्री प्रभाकर खनाल पुनरावेदक वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : ने ।का ।प ।२०६७, अङ्क ५, नि ।नं । ८३७८ सम्बद्ध कानून : प्रहरी ऐन, २०१२ सुरू तहमा फैसला गर्ने : मा । न्या । श्री कृष्णराम कोइराला काभ्रेपलाञ्चोक जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा । न्या । श्री सुष्मालता माथेमा मा । न्या । श्री चण्डीराज ढकाल पुनरावेदन अदालत पाटन फैसला न्या । हरिप्रसाद फुयाल: साबिकको न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा हालको न्याय प्रशासन ऐन, २०७३ को दफा ९ एवं दफा ३३ बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड घटनास्थल मुचुल्काः मिति २०७१।०३।२९ को दिउँसो १६:०० बजेको सयममा का ।प ।जि । मेच्छेबाट भक्तपुरतर्फ बिक्री वितरणको लागि लैजान जाहेरवाला राज दोङले बा ।३ ख ३९०४ नं । को टिपरमा ल्