निर्णय नं. ११२५४ - प्रतिषेधसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२५४ - प्रतिषेधसमेत भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०८०/०१/०५ १८८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री कुमार चुडाल आदेश मिति : २०८०।१।५ ०७३-WO-१२५९ मुद्दा :- प्रतिषेधसमेत निवेदक : काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वडा नं.११ बस्ने अधिवक्ता सन्तोष भण्डारी विरूद्ध विपक्षी : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत नेपालको भौगोलिक अवस्था, सबै जिल्लाहरूमा र विदेशमा समेत कानून व्यवसायीको सेवाको सहज उपलब्धतासमेतको सन्दर्भबाट हेर्दासमेत लेखापढी व्यवसायीहरूले अधिकृत वारिसनामा मस्यौदा गरेको कार्यसमेत व्यावहारिक रूपमा उल्लेखनीय छ । लेखापढी व्यवसायीले अधिकृत वारिसनामा परम्परागत रूपमा मस्यौदा गर्दै आएको र उक्त लेखापढी व्यवसायीले मस्यौदा गरेको अधिकृत वारिसनामा जिल्ला अदालत तथा विदेशस्थित राजदूतावास वा महावाणिज्य दूतावासबाट प्रमाणित हुँदै आएको कार्यले अहिले आएर निवेदकलगायतका कानून व्यवसायीहरूको हक हितमा आघात पुग्न गएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ५) अधिकृत वारिसनामा सामान्य वारिसनामासँग मिल्दोजुल्दो लिखत हो । लेखापढी व्यवसायीसम्बन्धी नियमावलीले उल्लेख गरेको वारिसनामा भन्ने शब्दावलीभित्र त्यस्तो लिखत कसले मस्यौदा गरेको भन्ने अर्थबाट अधिकृत वारिसनामा हुने होइन । मूलतः कानूनले निर्धारण गरेको विषयमा कानूनले नै तोकेका पदाधिकारीबाट प्रमाणित गरी दिएपछि अधिकृत वारिसनामा क्रियाशील हुने हो । सामान्य वारिसनामाको मस्यौदा गर्न अधिकार पाएको लेखापढी व्यवसायीले अधिकृत वारिसनामाको लिखत मस्यौदा गरेको कारण त्यस्तो लिखतको आधिकारिकता एवम् प्रामाणिकतामा कुनै ह्रास नआउने । लेखापढी व्यवसायीले अधिकृत वारिसनामाको मस्यौदा गरेको कारण कुनै पनि व्यक्ति वा समुदायलाई कुनै कानूनी बाधा अड्चन परेको भन्ने तथ्य न्यायिक जानकारी पनि आएको छैन । अर्कोतर्फ अधिकृत वारिसनामाको लिखतको ढाँचा पनि कानूनले नै निर्धारण गरेको छ । त्यसलाई प्रमाणित गर्ने पदाधिकारी पनि कानूनले नै तोकेको अवस्थामा लेखापढी व्यवसायी मस्यौदाकर्ता भएकै कारण कानूनविपरीतको कार्य भएको भन्न नमिल्ने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : वरिष्ठ अधिवक्ता श्री महमद शेख अब्बास, विद्वान् अधिवक्ताहरू श्री थम्मलाल शर्मा, श्री श्यामकृष्ण मास्के, श्री कीर्तिनाथ शर्मा पौडेल, श्री त्रिलोकबहादुर चन्द, श्री तुलसीराम पोखरेल, श्री पारसमणी भट्टराई, श्री सन्तोष भण्डारी, डा. श्री शिवकुमार यादव, श्री लक्ष्मी रेग्मी, श्री नवराज पाण्डे, श्री जनकसिंह साउद, श्री रामबहादुर शाही, श्री विष्णुप्रसाद खनाल, श्री राम पण्डित, श्री अर्जुन थापा र श्री यज्ञप्रसाद अधिकारी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली, प्रत्यर्थी नेपाल लेखापढी व्यवसायी सङ्घको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री नारायणप्रसाद देवकोटा, विद्वान् अधिवक्ताहरू श्री कृष्णप्रसाद ढुङ्गाना, श्री राजेन्द्र अधिकारी, श्री धर्मराज भुसाल, श्री धर्मराज पौडेल र श्री सरस्वती भुसाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० मुलुकी देवानी कार्यविधि संहिता, २०७४ राष्ट्रिय निर्देशन ऐन, २०१८ आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ तथा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर भएको प्रस्तुत