निर्णय नं. ११२५६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२५६ - कर्तव्य ज्यान भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०७९/१०/२३ ९८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।१०।२३ मुद्दाः- कर्तव्य ज्यान ०७०-CR-१०६५ पुनरावेदक / प्रतिवादी : जिल्ला मोरङ विराटनगर उपमहानगरपालिका, वडा नं.६ बस्ने रविन्द्र भट्टराई विरूद्ध प्रत्यर्थी / वादी : जनक भन्ने टेकराज थापाको जाहेरीले नेपाल सरकार ०७०-CR-११८७ पुनरावेदक / वादी : जनक भन्ने टेकराज थापाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला मोरङ टंकीसिनबारी-४ बस्ने विमल भट्टराईसमेत ०७०-CR-१२८२ पुनरावेदक / प्रतिवादी : ओमप्रसाद दाहालको छोरा मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका, वडा नं. ४ घर भई हाल कारागार कार्यालय मोरङमा थुनामा रहेका विजय दाहाल विरूद्ध प्रत्यर्थी / वादी : जनक थापा भन्ने टेकार थापाको जाहेरीले नेपाल सरकार मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ नं.अन्तर्गतको कसुरदार यकिन पहिचान भएपछि मात्र ऐ.१७ नं.अन्तर्गत मतियारको भूमिकाबारे न्याय निरूपण हुने । वारदात परिदृश्यमा अस्तित्वमा रहेको यकिन नै नभएको व्यक्तिलाई मुख्य भूमिकामा रहेको मानी वारदातमा उपस्थित अन्य सबै प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको महलको १७ नं. बमोजिमको कसुर र सजाय ठहर गरेको फैसला ज्यानसम्बन्धीको महलको कानूनी व्यवस्थाअनुकूल र फौजदारी न्यायका दृष्टिले सङ्गतिपूर्ण नदेखिने । (प्रकरण नं.१७) पुनरावेदक / वादीको तर्फबाट : विद्वान् सहन्यायाधीवक्ता श्री सोमकान्ता भण्डारी प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री बाबुराम गिरी, हर्कबहादुर भट्टराई र श्री टीकाराम भट्टराई र विद्वान् अधिवक्ता श्री आशिकराम कार्की अवलम्बित नजिर : ने.का.प. २०६७ नि.नं. ८३७८ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सुरू फैसला गर्ने : मा. जि. न्या. श्री मेघनाथ भट्टराई मा. जि. न्या. श्री चण्डीराज ढकाल मोरङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री राजकुमार वन मा. न्या. श्री शान्ति सिंह थापा पुनरावेदन अदालत विराटनगर फैसला न्या.डा.आनन्दमोहन भट्टराई : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः तथ्य खण्ड जिल्ला मोरङ, विराटनगर उ.म.न.पा., वडा नं.२, विरेन्द्र चौक स्थित राम पान पसल अगाडि क्यारम बोर्ड खेल्ने ठाउँमा क्यारम बोर्ड लडिरहेको अवस्थामा देखिएको, रामनारायण चौधरीको पान पसलभित्र पनि रगतका स-साना टाटाहरू देखिएको, अगाडि क्यारम बोर्ड खेल्ने स्थानमा रगतका टाटाहरू देखिएको, सोही स्थानमा रहेको शारदाप्रसाद गिरीको घर कम्पाउन्ड गेट तथा सो कम्पाउन्डभित्र रहेका सवारी साधनमा समेत रगतका छिटाहरू लागेको, भोला थापालाई धारिलो हतियार प्रहार गरिएको भनिएको घटनास्थल मुचुल्का । जिल्ला मोरङ, विराटनगर उ.म.न.पा. स्थित कोशी अञ्चल अस्पतालभित्र रहेको लास घरमा स्टेचरमाथि राखिएको भोला थापा भन्ने योगेन्द्र विरसिंह थापाको टाउको बायाँ कन्चटमा ३ ठाउँमा धारिलो हतियारले काटेको घाउ, छातीको भागमा चोट लागेको डाम देखिएको, बायाँ भागमा २ ठाउँ आधा इन्च गहिराइ १ इन्च गोलाइ बराबरको धारिलो हतियारले घोचिएको घाउ देखिएको, च्युँडोमा आधी इन्च लम्बाई काटिएको बायाँपट्टिको टाउको मुनी ३ इन्च लम्बाई आधी इन्च ग