निर्णय नं. ११२५७ - जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२५७ - जालसाज भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०७८/१०/११ ७२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला मिति : २०७८।१०।११ ०७३-CR-००६६ मुद्दा : जालसाज पुनरावेदक / प्रतिवादी : ढुण्डीराजको बुहारी, गदाधर रेग्मीको पत्नी, जिल्ला दाङ बिजौरी गाउँ विकास समिति वडा नं. ६ दोघरीया बस्ने मिनादेवी रेग्मीसमेत विरूद्ध प्रत्यर्थी / वादी : बोधलालको नाती, ढुण्डीराजको छोरा जिल्ला दाङ, विजौरी गाउँ विकास समिति वडा नं. ६ हाडिमे दोघरिया बस्ने बामदेव शर्मासमेत कुनै चल अचल सम्पत्ति पाउने छोरा /बुहारी जस्ता सम्बन्धित व्यक्ति वा प्रत्यक्ष स्वार्थ गाँसिएको व्यक्तिहरूबिच सम्पत्ति भागबन्डाको विषयमा भविष्यका लागि केही सर्तहरू राखी लिखत गरेको रहेछ भने त्यस्तो सम्बन्धित व्यक्तिले सोही सम्पत्तिको बाँडफाँट, रजिस्ट्रेसन, किनबेच, बकसपत्रलगायतका कार्य गर्नु गराउनु विबन्धनको सिद्धान्तले नमिल्ने । एक पटक पुनरावेदक प्रतिवादीले अंशबन्डा पत्र गर्दा जिउनीबापतको सम्पत्ति आमाको शेषपश्चात् तीन जना अंशियारहरूबिच बराबर भाग लगाउने भनी सर्त लिखित रूपमा नै स्वीकारी बसेको अवस्थामा पछि आएर आफूलाई अनुकूल हुने देखेपछि त्यस्तो सर्तविपरीत आफ्नो श्रीमतीको नाममा जग्गा पास गर्न साक्षीसमेत बस्ने कार्यलाई बन्डापत्रको मर्म र मनसायअनुकूल भन्न नसकिने । (प्रकरण नं. ९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री हरिबहादुर कार्की र श्री लोकेन्द्रबहादुर ओली प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विद्वान् अधिवक्ताहरू श्री केदारप्रसाद दहाल र श्री प्रकाश रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ११, नि.नं. ८२५६ ने.का.प.२०४९, अङ्क २, नि.नं. ४४६९ ने.का.प.२०६४, अङ्क ३, नि.नं. ७८२६ ने.का.प.२०६६, अङ्क ९, नि.नं. ८२३१ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री विश्वमंगल आत्रेय दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.का.मु.मुख्य न्यायाधीश श्री कुमार चुडाल मा. न्या. श्री श्रीमणकुमार गौतम पुनरावेदन अदालत तुलसीपुर फैसला न्या. अनिलकुमार सिन्हा : पुनरावेदन अदालत तुलसीपुरको मिति २०७२।११।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दर्ता हुन आई यस अदालतको मिति २०७३।३।१७ को आदेशले दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको रूपमा परिणत भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड आमाको शेषपछि वादी प्रतिवादी सबै अंशियारहरूले बराबर खाने भन्ने सर्तमा आमाका नाउँमा रहेको जग्गा प्रतिवादीहरूले आपसमा मिलेमतो गरी प्रतिवादीमध्येकी मिनादेवी रेग्मीका नाउँमा मिति २०६३।१०।३ गते हालैको बकसपत्र गरिदिएको कुरा आमाको मृत्युपश्चात् थाहा जानकारी भएको हुँदा उक्त हालैको बकसपत्रको कागज निष्क्रिय तुल्याई प्रतिवादीहरूलाई सजाय गरिपाउँ भन्नेसमेत बेहोराको वादी बामदेव शर्मा रेग्मीसमेतको मिति २०६९।१२।२६ गतेको फिराद पत्र । वादीहरू र म प्रतिवादी तीन भाइ आ-आफ्नो बन्डा लिई अलग भएपछि आमा एक्लै बस्न नमानी मसँग बस्न चाहेकाले यी वादीहरूको सल्लाहबमोजिम मसँग बसेका बेला आमा बिरामी हुँदा आमाको औषधी उपचार स्याहार सम्भार हामी प्रतिवादीहरूले मात्र गरेको हुँदा आमा जीवितै छँदा मेरो श्रीमती प्र