निर्णय नं. ११२५९ - रैकर परिणत जग्गा दर्ता गरी हक कायमसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२५९ - रैकर परिणत जग्गा दर्ता गरी हक कायमसमेत भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०७९/०७/१७ १३९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०७९।७।१७ मुद्दा:- रैकर परिणत जग्गा दर्ता गरी हक कायमसमेत ०७३-CI-०३५८ पुनरावेदक / वादी : स्व. मानबहादुर खड्काको छोरा, काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स., वडा नं. ८ को हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका, वडा नं. ३ बस्ने रामबहादुर खड्का विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रत्नकाजी तुलाधरको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २७ बस्ने प्रेमकाजी तुलाधरसमेत ०७३-CI-०५८८ पुनरावेदक / प्रतिवादी : सुर्य मोहन (महरा) तुलाधरको नाति, भाइमोहन तुलाधरको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३० बस्ने रत्नकाजी तुलाधर विरूद्ध प्रत्यर्थी / वादी : मानबहादुर खड्काको छोरा काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स., वडा नं. ८ बस्ने रामबहादुर खड्का ०७३-CI-१३१३ पुनरावेदक / प्रतिवादी : आशारत्नको नाति बाबुरत्न (काजी) को छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३० बस्ने लोकरत्न तुलाधरसमेत विरूद्ध प्रत्यर्थी / वादी : मानबहादुर खड्काको छोरा, काठमाडौं जिल्ला, चपली भद्रकाली गा.वि.स, वडा नं. ८ बस्ने रामबहादुर खड्का जग्गा दर्ताको विषय सामान्य माग दाबीको आधारमा मात्र कायम हुने होइन । दाबीकर्ताले दर्ता बाँकी रहेको जग्गा आफ्नो हकभोगको हो भन्ने देखाउन साबिक स्रोत स्पष्टसँग खुलाउन सक्नुपर्ने । दाबी गरिएको जग्गामा आफ्नो स्वामित्व रहेको पुष्टि गराउन पर्याप्त र विवादरहित प्रमाण पुर्याएको हुनुपर्ने । कुनै पनि जग्गामा दाबीकर्ताको कानूनबमोजिमको हक रहेको भन्ने स्पष्ट स्रोत पुष्टि नभई त्यस्तो जग्गाउपर त्यस्ता व्यक्तिको कुनै प्रकारको हक स्थापित हुन नसक्ने । (प्रकरण नं. ६) विवादमा रहेको जग्गा वादी प्रतिवादीहरूकै जग्गा हो भन्ने यकिन आधार नभएको अवस्थामा मुद्दाका पक्षहरूमध्येकै कसैको नाममा जग्गा दर्ता हक कायम हुनुपर्छ भनी अदालतले निर्णय गर्न नसक्ने । प्रमाण पुर्याई आउने व्यक्तिले कानूनबमोजिम जग्गा दर्ता गराउन सक्ने नै हुँदा प्रस्तुत मुद्दामा रहेका वादी प्रतिवादीहरूकै नाममा जग्गा दर्ता गरिदिनुपर्छ भन्ने दाबी तथा जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ७) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत तथा विद्वान् अधिवक्ता श्री नरहरि घिमिरे प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री जितेन्द्र बज्राचार्य र श्री जीवनकुमार थापा अवलम्बित नजिर : सम्बद्ध कानून : बिर्ता उन्मूलन ऐन, २०१६ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री चन्द्रबहादुर सारू काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री प्रेमराज कार्की मा. न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या. प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ३३(१) बमोजिम पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य-खण्ड म फिरादीको पिता स्व. मानबहादुर खड्का विधिवत् मोही भई कमाई आएको काठमाडौं जिल्ला, चपली गा.वि.स., वडा नं. ५(ग) कि.नं. ६६ जग्गा रोपनी २-४-०-० जग्गा पोता बिर्ताअन्तर्गत "ख" श्रेणीको बिर्ता जग्गा हो ।