निर्णय नं. ११२६१ - लागु औषध (अफिम)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२६१ - लागु औषध (अफिम) भाग: ६६ साल: २०८१ महिना: असार अंक: ३ फैसला मिति :२०८०/०४/२३ १७८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति : २०८०।४।२३ मुद्दाः लागु औषध (अफिम) ०७५-CR-०१०९ पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला धनकुटा, साबिक हिले गाउँ विकास समिति वडा नं. १ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. कलंकी बस्ने इन्द्र तामाङको छोरी गगन गुरूङको श्रीमती मञ्जु भनिने सम्झना तामाङ ०७४-CR-१०९४ पुनरावेदक / प्रतिवादी : दैलेख जिल्ला साबिक खरिगैरा गाउँ विकास समिति वडा नं. ७ घर भई हाल कारागार कार्यालय, दैलेखमा थुनामा रहेको विशाल भनिने बलबहादुर गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार ०७४-CR-०९७७ पुनरावेदक / प्रतिवादी : दैलेख जिल्ला साबिक खरिगैरा गाउँ विकास समिति वडा नं. ६ जुंगेपानी घर भई हाल दैलेख कारागार कार्यालयमा थुनामा रहेको शिखर गुरूङ विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार यदि कुनै व्यक्तिको सँगसाथ वा नियन्त्रणमा रहेको अवस्थामा कुनै चीजवस्तु बरामद भएमा actual possession हुने र यदि कुनै व्यक्तिको साथमा नै कुनै चीजवस्तु नभए पनि सो वस्तुबारे निजको थाहा जानकारीमा भई सो चिजवस्तु आफूले पनि राख्न वा नियन्त्रण लिन सक्ने (ability to control the object) भएमा वा कसुरबाट बच्न सावधानी अपनाई अन्य कसैलाई राख्न दिने वा कुनै स्थानमा राख्नेसमेतका कार्यसमेत भएमा possession भएको मानिने । प्रतिवादीबाट लागु औषध (अफिम) को झोला बरामद भएकाले निजले वास्तविक कब्जा (actual possession) र सो चिजवस्तुबारे पूर्णतः ज्ञान जानकारी भई आफैँले तारतम्य मिलाइदिएको चिजवस्तु बरामद हुँदा उपस्थित नभए पनि अर्का प्रतिवादीको सो चिजवस्तुमा constructive possession रहेको मानिने । प्रतिवादीहरूले सँगसाथ लागु औषध अफिम बोकी योजनाबद्ध रूपमा ओसारपसार गरी बिक्री वितरण गर्न हरउपाय अवलम्बन गर्दै गरेको बखत बरामद भएकाले निजहरू उक्त कसुर कार्यमा शंकारहित तवरबाट संलग्न रहेको देखिने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् सहायक न्यायाधिवक्ता रमादेवी पराजुली प्रतिवादीका तर्फबाट : वैतानिक कानून व्यवसायी अनिता गुरूङ अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७२८ ने.का.प.२०६८, अङ्क १२, नि.नं.८७४३ ने.का.प.२०६९, अङ्क ११, नि.नं.८९२३ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने: मा. जिल्ला न्यायाधीश श्री उमेश कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन फैसला गर्ने: मा. न्यायाधीश श्री टंकबहादुर मोक्तान मा. न्यायाधीश श्री शेखरप्रसाद पौडेल उच्च अदालत पाटन फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः – मिति २०७२।४।७ का दिन काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.११ सुन्धारामा रहेको होटल रोयल गोरखा गेष्टहाउसअगाडि सडक किनारामा विशाल गुरूङ र मञ्जु तामाङसमेतका दुईजना सँगसँगै रहेको अवस्थामा विशाल गुरूङले साथमा बोकेको कालो रङको झोलाभित्रबाट सेतो प्लाष्टिकमा डल्लो पारी राखिएको अवस्थामा ७ किलो ३० ग्राम लागु औषध (अफिमको चोप जस्तो देखिने कालो रङको लेसिलो ओसिलो पदार्थ) फेला पारी बरामद भई आई पक्राउ ग