निर्णय नं. ११२६३ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२६३ - उत्प्रेषणसमेत भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८०/०१/१७ ९८६ सर्वोच्च अदालत, बृहत् पूर्ण इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा । श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश डा । श्री कुमार चुडाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०८०।१।१७ ०७४-व्फ्-००१७ विषय: उत्प्रेषणसमेत निवेदक : काठमाडौं जिल्ला का ।म ।न ।पा । वडा नं । ४ बस्ने रेणुका ओलीसमेत विरूद्ध विपक्षी : गुठी संस्थान, केन्द्रीय कार्यालय त्रिपुरेश्वर, काठमाडौंसमेत पशुपति महास्नान पोता गुठी राजगुठी रहेकोमा विवाद छैन । राजगुठीको जग्गालाई रैतान नम्बरी कायम गर्न नमिल्ने । कानूनसम्मत स्रेस्ता प्रमाणको अभावमा नगद पोत बुझाई आएको भन्ने एक मात्र तर्कको आधारमा राजगुठीको जग्गा रैतानी नम्बरी हो भन्न नमिल्ने । नगदीमा पोत बुझाएको भन्ने कारणबाट मात्र कुनै गुठीको जग्गामा व्यक्तिको स्वामित्व नै सिर्जना हुने गरी गुठी रैतानी नम्बरी जग्गामा दर्ता हुने भनी मान्न नमिल्ने । राजगुठीको जग्गालाई रैतान नम्बरी कायम गर्न नमिल्ने । कानूनसम्मत स्रेस्ता प्रमाणको अभावमा नगद पोत बुझाई आएको भन्ने एक मात्र तर्कको आधारमा राजगुठीको जग्गा रैतानी नम्बरी हो भन्न नमिल्ने । (प्रकरण नं ।४) पशुपतिनाथको पुजाआजामा नगदको समेत आवश्यक पर्ने हुँदा सोका लागि साबिकमा नगदभन्दा जिन्सी सहज रूपमा पाइने हुँदा केही गुठीको पोत जिन्सी नलिई नगदमै लिने गरी साबिकदेखि व्यवस्था रहेकोलाई अन्यथा मान्न नमिल्ने । दाताले दिएको गुठीमा साबिकदेखि नगदमा नै कुत बुझ्ने गरेको व्यवस्था रहेको भनी उल्लेख भएकोमा नगद पोत लिनु स्वाभाविक नै मान्नुपर्ने । गुठीको जग्गाको मालपोत असुल गर्ने क्रममा जिन्सी वा नगद जुन रूपमा पनि संस्थानले मालपोत लिन सक्ने नै हुँदा सो मालपोत नगद वा जिन्सीमा लिइएको भन्ने मात्र आधार कारणबाट गुठी जग्गाको हैसियत, स्वामित्व र प्रकारमा कुनै परिवर्तन आउन नसक्ने । (प्रकरण नं ।५) जुद्गेमेन्ट इन रेम मा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै व्यक्ति वा वस्तु वा त्यस्तो व्यक्ति वा वस्तुको कानूनी हैसियत सम्बन्धमा भएको न्यायिक निर्णयको न्यायिक सम्बन्ध त्यस्तो व्यक्ति वा वस्तुमा मात्र सीमित नरही सबैका लागिसमेत निर्णायक हुने । यो सक्षम न्यायिक निकायबाट निर्णय भएको हुने र यो सार्वजनिक प्रकृतिको हुने हुँदा त्यस्तो निर्णय सम्बन्धित पक्षहरूलाई मात्र नभई सबैका हकमा लागु हुने । त्यस्तो निर्णय एक अर्को व्यक्ति वा पक्षहरूमा मात्र सीमित रहेमा वा व्यक्तिहरूको कानूनी हैसियतप्राप्त वस्तुमा पक्षहरूको अधिकारको घोषणा मात्र गरेमा र यो सम्बन्धित मुद्दाका पक्षहरूलाई मात्र लागु भएमा त्यस्तो निर्णयलाई जुद्गेमेन्ट इन पर्सनअ भनिने । (प्रकरण नं ।१३) अदालतमा चलेका मुद्दाहरूमा भएको निर्णयमा सम्बन्धित पक्षहरूको मात्र हक र सरोकार निहित रहेको विषयमा अदालतबाट भएका निर्णयहरू निजहरूको हकमा मात्र लागु हुने । तर कतिपय विवादहरू कुनै पक्ष विपक्षको हक र सरोकारसँग मात्र सरोकार राख्ने नभई त्यस्तै प्रकृतिका विषयमा अदालतले कानूनको व्याख्या गरी गरेको निर्णय सो विषयवस्तुसँग सरोकार रहेका तर मुद्दामा सहभागी नभएका व्यक्तिहरूका हकमा समेत आकर्षित हुने । (प्रकरण नं ।१५) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री हरिप्रसाद उप्रेती, श्री श्याम प्रसाद ढुंगेल तथा विद्वान् अधिवक्ता श्री आर्या