निर्णय नं. ११२६४ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२६४ - उत्प्रेषणयुक्त परमादेश भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८०/०१/०३ ६६३ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का ।मु ।प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०८०।०१।०३ ०७९-WO-०३९३ विषयः उत्प्रेषणयुक्त परमादेश निवेदक : दाङ जिल्ला, डुरूवा गा ।वि ।स । वडा नं ।७ स्थायी ठेगाना भई हाल काठमाडौं जिल्ला, चन्द्रागिरी न ।पा । वडा नं । ५ बस्ने सिंहदरबार वैद्यखाना विकास समितिमा वरिष्ठ मार्केटिङ अधिकृतका रूपमा कार्यरत ऋषिराज रेग्मी विरूद्ध विपक्षी : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, रामशाहपथ, काठमाडौंसमेत सिंहदरबार वैद्यखाना समितिको अनुरोधमा मात्र मन्त्रालयले प्रशासकीय प्रमुख काजमा खटाउनसक्ने देखिँदा त्यस्तो अनुरोध गर्न सिंहदरबार वैद्यखाना स्वतन्त्र र स्वायत्त रहेको मानिने । काज वा सरूवा गर्न सक्ने कार्य माथिबाट होइन तलबाट प्रक्रिया पूरा गरी मन्त्रालयमा जानुपर्ने विषय देखिने । (प्रकरण नं । २) कानूनको शासन भएको देशमा तल्लो तहको अधिकारीलाई दिइएको अधिकार सामान्य अवस्थामा समेत आधार र कारण नखोली माथिल्लो तहको अधिकारी वा निकायले समेत प्रयोग गर्नु हुँदैन भन्ने मान्यता राखिने । त्यस्तो मान्यताविपरीत मन्त्रालयको सचिवको अधिकार मन्त्रीले प्रयोग गर्नुपर्ने कारण के थियो भन्ने सम्बन्धमा कुनै आधार कारण स्पष्ट नखुलाई तल्ला पदाधिकारीलाई कानूनले प्रदान गरेको अधिकार आधार र कारणबेगर माथिल्लो पदाधिकारीले प्रयोग गर्न कानूनको शासनको मान्यताविपरीत देखिने । (प्रकरण नं । ५) सिंहदरबार वैद्यखाना नेपालको परम्परागत आयुर्वेदिक प्रकृतिका र आमरूपमा जनसाधारणले रूचाएका औषधीहरू उत्पादन गर्ने एक प्रतीकात्मक बिम्बको रूपमा रहेको । यस्तो ऐतिहासिक महत्त्व भएको, परम्परागत आयुर्वेदिक औषधीहरू उत्पादनको ज्ञान र प्रक्रिया अन्तर्निहित रहेको संस्थाको संरक्षण गरी कुनै प्रकारको प्रशासनिक वा अन्य प्रकारको हस्तक्षेप नगरी स्वच्छ उत्पादन र प्रभावकारी वितरणको व्यवस्था मिलाउनु स्वयम् सिंहदरबार वैद्यखाना र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको कर्तव्यभित्रको विषय हुने । यस्तो कर्तव्यबाट पलायन भई हस्तक्षेप गरी औषधी उत्पादन र वितरणमा प्रभाव पार्ने, औषधी उत्पादनमा परम्परागत ज्ञान र प्रक्रियालाई प्रभाव पारी लोपोन्मुख गराउने कार्य अक्षम्य प्रकृतिको देखिने । (प्रकरण नं । ९) सिंहदरबार वैद्यखाना जस्तो इतिहास, परम्परागत ज्ञान र औषधी जस्तो स्वास्थ्य सेवाको अति आवश्यक उत्पादन र वितरण गर्नुपर्ने ठाउँमा मन्त्रालयका सचिवले आफैँले गर्नुपर्ने कार्य नगरी मन्त्रीस्तरबाट भए गरेको कार्य कानूनसम्मत नदेखिने । (प्रकरण नं । १०) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री माधवप्रसाद कोइराला विद्वान् अधिवक्ताहरू डा । श्री भिमार्जुन आचार्य र श्री तुलसा खरेल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खडिन्द्र राज कटुवाल, वरिष्ठ अधिवक्ता श्री महादेव यादव तथा विद्वान् अधिवक्ता श्री नागेन्द्र यादव अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ प्रशासकीय अदालत ऐन, २०७६ आदेश न्या । हरिप्रसाद फुयाल: नेपालको संविधानको धारा ४६ तथा १३३(२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः तथ्य खण्ड म निवेदक सिंहदरबार वैद्यखाना विकास समि