निर्णय नं. ४३५० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३५० - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/१६ १२६८८ निर्णय नं. ४३५० ने.का.प. २०४८ अङ्क ९, १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४५ सालको रि.पू.इ.नं. ५३ आदेश भएको मिति : २०४८।९।१६।३ मा निवेदक/प्रत्यर्थी : जि.भक्तपुर सुडाल गा.वि.स. वार्ड नं. ३ बस्ने कान्छा प्रजापती विरुद्ध रिट निवेदक : जि.भक्तपुर वा.नं.१ बस्ने न्हुच्छेकुमार प्रजापतीसमेत विषय : उत्प्रेषण (१) नेपाल कानुनमा प्रयोग भएको कुनै शब्दको अर्थ वा व्याख्या नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० मा गरिएको छ भने सो शब्दको अर्थ वा व्याख्या सोही अनुसार गर्नु पर्ने । (प्रकरण नं. १३) (२) कानुन व्याख्याको सिद्धान्त अनुसार यदि कानुन प्रष्ट छ, त्यसमा कुनै दुविधा छैन भने सामान्य रुपमा त्यसको जे जस्तो अर्थ हुन्छ त्यही अर्थमा त्यो कानुनलाई लागू गर्नु पर्छ, बलपूर्वक त्यसको व्याख्या गरी असाधारण वा असमान अर्थ खोज्ने प्रयास गर्न हुन्न । (प्रकरण नं. १३) (३) भूमिसम्बन्धी ऐनको दफा २६ को उपदफा (१) मा प्रयुक्त “छोरा” शब्दको अर्थ गर्दा नेपाल कानुन व्याख्या सम्बन्धी ऐन अनुसारको सामान्य कानुनी अर्थ नगरी त्यसको असाधारण अर्थ वा व्याख्या गर्नु पर्ने कुनै कारण वा औचित्य देखिन्न । (प्रकरण नं. १३) (४) मोहियानी हक सम्बन्धी कानुन जग्गावाला र मोहीको बीचको सम्बन्ध र तिनीहरुको पारस्परिक हक एवं दायित्व निर्धारण गर्ने कानुन हो, त्यो कानुनले बाबु र छोरा अथवा पति र पत्नीको सम्बन्धको निर्धारण वा पुनर्निधारण गर्दैन । (प्रकरण नं. १५) (५) मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई छोरा सम्झन नमिल्ने कुनै बन्देज भूमिसम्बन्धी ऐन, २०२१ ले लगाएको छैन । (प्रकरण नं. १६) (साविक पेज नं. ४५०) (६) कानुन बमोजिम दुई व्यक्ति बीचको पारस्परिक हक र दायित्व यकिन गर्दा कानुनले व्यवस्था नगरेको सम्बन्धको स्थायित्वको नयाँ मापदण्ड खडा गरी सो आधारमा कसैलाई उसको कानुनी हकबाट बञ्चित गर्ने गरी हक वा दायित्वको पुनर्निधारण गर्नु न्यायोचित हुँदैन । (प्रकरण नं. १७) (७) धर्मपुत्र र धर्मपिताको सम्बन्ध कुनै बखत टुट्न सक्दछ भन्ने आधारमा “छोरा” शब्दको सामान्य अर्थलाई संकुचित पारी आफूले जन्माएको छोरा (औरसपुत्र) मा सीमित गरी मोहियानी हकको प्रयोजनको लागि धर्मपुत्रलाई धर्मपिताको छोरा मान्न अस्वीकार गर्नु कानुन, न्याय वा विवेक कुनै पनि दृष्टिकोणबाट उचित मान्न नसकिने । (प्रकरण नं. १७) (८) सम्बन्धको स्थायित्वको आधारमा धर्मपुत्रले धर्मपितातर्फको कुनै अधिकार पाउने वा नपाउने कुराको निरुपण गर्नु कानुनसंगत नहुने । (प्रकरण नं. १७) (९) जुन रुपमा पति, पत्नी र छोराको अस्तित्व पत्नी, पति वा छोरासंग कुनै एक समयमा एउटै मात्र रहन्छ त्यै रुपमा धर्मपुत्रको अस्तित्व पनि धर्मपितासंग त्यो सम्बन्ध कायम रहेसम्म छोराको रुपमा मात्र रहेको हुन्छ त्यसलाई द्वैध भन्न नमिल्ने । (प्रकरण नं. १८) (१०) मोहियानी हकको प्रकृति वा स्वरुप उत्तराधिकारबाट नसर्ने मोहीको व्यक्तिगत हकको रुपमा परिणत हुने कुरा मान्न नसकिने । (प्रकरण नं. २०) (११) मोहीको सुरक्षाको लागि मोहियानी हकको बेचबिखनमा प्रतिबन्ध