निर्णय नं. ११२६८ - आयकर (आ.व.०६८/०६९)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२६८ - आयकर (आ.व.०६८/०६९) भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०७/१४ ६८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।०७।१४ मुद्दाः- आयकर (आ.व.०६८/०६९) ०७५-RB-०६६८ पुनरावेदक / प्रतिवादी : आन्तरिक राजस्व कार्यालय, भरतपुर विरूद्ध प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा स्थित प्रेरा निर्माण सेवा प्रा.लि. ०७५-RB-०६६९ पुनरावेदक / वादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा स्थित प्रेरा निर्माण सेवा प्रा.लि विरूद्ध प्रत्यर्थी / प्रतिवादी : आन्तरिक राजस्व कार्यालय, भरतपुरसमेत भविष्यमा हुने घटनाबाट हुने जोखिमबाट राहत पाउने उद्देश्यले बिमा गरिने । बिमा सदैव भविष्यदर्शी हुने र बिमा गर्ने समयमा नै सो शुल्क (प्रिमियम) भुक्तान गर्नुपर्ने । निश्चित अवधिको लागि गरिने बिमा प्रिमियमबापत भएको खर्चलाई आर्थिक वर्षको आधारमा छुट्टाउनु व्यावहारिक नहुने । व्यापारिक क्रियाकलापहरू बजारमा प्रचलित अभ्यासबमोजिम सञ्चालित हुने भएकोले कर निर्धारण गर्दा सामान्य बजारमा हुने व्यावसायिक क्रियाकलाप र यसको प्रकृति, अभ्यासलाई समेत मध्यनजर राखेर गर्नुपर्ने । पुनरावेदकले बिमा प्रिमियम खर्च दाबी गरेको रकम निजले आयकर ऐन, २०५८ को दफा १३ को अधीनमा रही दाबी गरेको देखिन आउने । बिमा प्रिमियम, बिमा गरेको समयदेखि बिमा लेखले खामेको जुनसुकै समयमा हुने क्षतिबापतको सुरक्षा भएकोले यसलाई आर्थिक वर्षको आधारमा छुट्टाउनु न्यायसङ्गत नदेखिने । (प्रकरण नं. ९) प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली, वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री विकास अग्रवाल र श्री विकल्प अग्रवाल अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ सुरू निर्णय गर्ने प्रमुख कर प्रशासक श्री टिकाराम भुषाल आन्तरिक राजस्व कार्यालय, भरतपुर निर्णय गर्ने अधिकारी :- अध्यक्ष श्री तिलप्रसाद श्रेष्ठ राजस्व सदस्य श्री जीवन कुमार घिमिरे लेखा सदस्य श्री डम्बर बहादुर कार्की राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या.डा.मनोजकुमार शर्मा : राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख) बमोजिम पुनरावेदनको अनुमतिको लागि निवेदन परी यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भएबमोजिम पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्यगत बेहोरा करदाता प्रेरा निर्माण सेवा प्रा.लि. ले आ.व. २०६८/०६९ को आय विवरण आयकर ऐन, २०५८ को दफा ९९ बमोजिम कर निर्धारण गरी सोही ऐनको दफा ९६ अनुसार करयोग्य रू. ७८,६१,८८६।७२ कायम गरी आन्तरिक राजस्व कार्यालय, भरतपुरमा मिति २०६९/०९/२९ मा विवरण पेस गरेको । करदाताको आ.व.२०६८/०६९ को आय विवरणको सम्बन्धमा कार्यालयबाट कर परीक्षण हुँदा करदाताले पेस गरेको विवरणको अध्ययन छानबिन तथा परीक्षण गर्दा आयकर ऐन, २०५८ बमोजिम कट्टी गर्न नपाउने खर्चका रकमहरू कट्टी गरेको तथा आयमा थप समावेश गर्नुपर्ने रकम समावेश भएको नदेखिएको बेहोराको प्रतिवेदन पेस हुन आएको र सोअनुसार करदाताको प्रस्तुत आ.व.को लागि जम्मा रू.२,००,०२,१५६।२१ करयोग्य आय कायम गरी सोही ऐनको दफा १०१ को उपदफा (१) बमोजिम संशोधित कर निर्धारण गर्नुपर्ने भएकोले सोबमोजिम गर्नु नपर्ने कुनै ठोस सबुत प्रमाण भए पत्र प्राप्त भएको मितिले १५ (पन्ध्र) दिनभित्र पेस गर्न आयकर ऐन, २०