निर्णय नं. ११२७० - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२७० - उत्प्रेषणयुक्त परमादेश भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०५/०२ ६५६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।०५।०२ ०७४-वो-०६५९ मुद्दा : उत्प्रेषणयुक्त परमादेश निवेदक : युक्तिलाल चौधरीको छोरी सप्तरी जिल्ला कल्याणपुर गाउँ विकास समिति वडा नं । २ को ऐ । परिवर्तित खडक नगरपालिका वडा नं । ८ बस्ने गीता चौधरीसमेत विरूद्ध विपक्षी : लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंसमेत माथिल्लो श्रेणीको शैक्षिक योग्यता पुगिरहेकोमा सो पदभन्दा मुनिको पदमा शैक्षिक योग्यता नै नपुगेको भनी अर्थ गरी निवेदकहरूको दरखास्त रद्द गरिएको निर्णयलाई कानून र विवेकसम्मत मान्न नमिल्ने । आयोगले गरेको निर्णयको विरूद्धमा विवाद परी सो विवाद अदालतमा प्रवेश गरी अन्तिम फैसला भइसकेको र समान विषय प्रसङ्गका सम्बन्धमा सैद्धान्तिक, अवधारणागत र कानूनी प्रश्नमा व्याख्यासमेत गरी अदालतबाट दिएको आदेश कुनै व्यक्ति विशेषको हकमा मात्र लागु हुने भन्ने हुँदैन । यसरी अदालतले गरेको व्याख्या सबैलाई समान रूपमा लागु गर्नु गराउनु, सोको अनुशरण गर्नु, गराउनु विपक्षीहरूको कानूनी जिम्मेवारी हुने । नेपालको संविधानको धारा १२८ को उपधारा (२) ले गरेको “संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुने छ” भन्ने व्यवस्थाको जानकारी विपक्षी निकायलाई यस अदालतले पटकपटक स्मरण गराउनुपर्ने होइन, यो न्यायिक जानकारीमा रहने विषयमा अनभिज्ञ रहेको जस्तो देखिने गरी कुनै निकायले एकै विषयमा पटकपटक कुनै व्यक्तिलाई अदालत धाउनुपर्ने बाध्यता सिर्जना गर्ने कामले एकातिर देशको सुशासन स्थापित हुन सक्दैन भने अर्कोतिर निर्णय गर्ने अधिकारीको नियत, कार्यदक्षता र क्षमताउपर पनि प्रश्न उठ्ने । विपक्षी बनाइएका निकायहरूले विगतका अदालतका आदेश, निर्णय र व्याख्यालाई सारमा कार्यान्वयन गरेमा मात्र त्यस्ता निकायको प्रभावकारिता तथा विश्वसनीयता अभिवृद्धि हुने । लोक सेवा आयोग जस्तो उच्च जनविश्वास आर्जन गरेको संवैधानिक निकायले तथा सो मातहतको कार्यालयसमेतले अदालतको आदेशबाट स्थापित भएको मान्यताको सम्बन्धमा व्यक्ति विशेषको हकमा मात्र लागु नगरी सबै परीक्षार्थीहरूमा समान रूपमा लागु गरी समन्वय कायम गर्दा मात्र आयोगको कार्यसम्पादनमा एकरूपता कायम हुने । (प्रकरण नं । ३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिपनारायण साह विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : ने ।का ।प २०६३, अङ्क ९, नि ।नं । ७७६५ सम्बद्ध कानून : नेपालको संविधान फैसला न्या । अनिलकुमार सिन्हा : संविधानको धारा ४६, १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा हामी निवेदकहरू प्रवेशिका परीक्षा (एस्एल्‌सी) र विज्ञान विषयमा प्रवीणता प्रमाण पत्र तह नेपालबाट उत्तीर्ण गरी भारतको जवारलाल नेहरू मेडिकल कलेज (जाभाहर्लाल णेहुरु मेडिकल कलेज, कर्णटका) बाट एनेस्थेसिया (अनेस्थेसिअ) विषयमा स्नातक तह उत्तीर्ण गरेका हौं । हामीहरूले उक्त शैक्षिक योग्यता हासिल गरेपश्चात् त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणपत्रसमेत लिइसकेका छौं । हामी निवेदकमध्ये म गिता चौधरी मेडिसिटी हस्पिटल भैंसेपाटी, ललितपुरमा एनेस्थेसिया समूहको एनेस्थेष्टिक पदमा र महेश कुमार यादव