निर्णय नं. ११२७१ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२७१ - परमादेश भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०२/३१ ४८० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।०२।३१ ०७१-CI-०२९१ मुद्दा : परमादेश पुनरावेदक / विपक्षी : जिल्ला सप्तरी, गाउँ विकास समिति वभनगाभा कट्टीस्थित श्री जनता माध्यमिक विद्यालय तोपाको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जगदीश मण्डल विरूद्ध प्रत्यर्थी / निवेदक : श्री जनता माध्यमिक विद्यालय तोपा वभनगाभा कट्टीस्थित श्री अभिभावक जिल्ला सप्तरी गाउँ विकास समिति वभनगाभा कट्टी वडा नं. २ बस्ने वैद्यनाथ खंगको छोरा गंगाराम मण्डल खंग विद्यालयमा आफ्नो छोरा छोरी पठनपाठन गरेको विद्यार्थीको अभिभावकले सो विद्यालयको पठन पाठनलगायत विद्यार्थी संख्या के कति छ विद्यालयको बजेट एवं अनुदान रकम के कसरी प्रयोग भइरहेको छ सोको जानकारी सूचना माग गर्नु हरेक अभिभावकको अधिकार हो भने विद्यालयले सोको जानकारी उपलब्ध गराउनु उसको कानूनबमोजिमको दायित्व हुने । (प्रकरण नं.२) सार्वजनिक विद्यालय र यसका व्यवस्थापन समिति कानूननद्वारा सिर्जित सार्वजनिक संस्था भएको भन्ने देखिने । यिनीहरूले विकेन्द्रीकरण वा अधिकार निक्षेपको अवधारणाअनुसार राज्यको दायित्व निर्वाह गरिरहेका हुने । यसरी कानूनबाट सिर्जित राज्यको जिम्मेवार निकायमा बसेकाहरूले आफू मातहतका संयन्त्रलाई स्वच्छ र पारदर्शी बनाई कानूनमा उल्लेख भएको विधि र प्रक्रियालाई अक्षरशः पालना गरी सेवाग्राही, लक्षित वर्ग तथा राज्यको अपेक्षाअनुरूप छिटो, छरितो र प्रभावकारी माध्यमबाट तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने । जिम्मेवारी लिनेले आफ्नो व्यवस्थापकीय कौशलता प्रयोग गरी ऐन कानूनले तोकेको जिम्मेवारी इमान्दारीका साथ बहन गर्नुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / विपक्षीका तर्फबाट : प्रत्यर्थी / निवेदकका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान सूचनाको हकसम्बन्धी ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः- मा. न्या. श्री बलराम विष्ट मा. न्या. श्री मोहनबहादुर कार्की पुनरावेदन अदालत राजविराज फैसला न्या.डा.कुमार चुडाल : पुनरावेदन अदालत राजविराजको मिति २०७०।७।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा म निवेदक जनता माध्यमिक विद्यालय तोपाको अभिभावक हुँ । मेरो छोरीहरू उक्त विद्यालयमा अध्ययनरत छन् । सो विद्यालयलाई प्राप्त रकम एवं छुट्टाएको अनुदानसमेतका रकमहरू के कसरी खर्च भएको छ, विद्यार्थी संख्या के कति हो, प्रधानाध्यापक एवं विद्यालय व्यवस्थापन समितिसमक्ष सूचना माग गर्दा जिल्ला शिक्षा कार्यालयमा अडिटर माग गरेको छ अडिटर आएपछि ७ दिनभित्र सो सूचना उपलब्ध गराउने छु भनी मिति २०७०।१।१२ च.न. ३६ को जवाफ पत्र उपलब्ध गराइएको थियो । तत्पश्चात् पनि सो सूचना उपलब्ध नगराई थप रकम हिनामिना गर्न क्रियाशील रहेकोले मागबमोजिमको विवरण उपलब्ध गराइदिन जिल्ला शिक्षा कार्यालय सप्तरीमा द.नं. २८५४ मिति २०७०।१।३० मा निवेदन दर्ता गराएकोमा सो निवेदनबमोजिम सूचना उपलब्ध नगराएकोले विपक्षीहरूले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३, ४ र ५ विपरीत मागबमोजिम सूचना उपलब्ध नगराई सूचना लुकाएकोले अविलम्ब निवेदन मागबमोजिमको सूचनाहरू उपलब्ध गराइदिनु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने बेहोराको न