निर्णय नं. ११२७२ - परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२७२ - परमादेशसमेत भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०५/१५ ६४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ आदेश मिति : २०७९।०५।१५ ०७५-WO-११४६ मुद्दाः परमादेशसमेत निवेदक : जिल्ला बाग्लुङ जैदी गा.वि.स. वडा नं. ७ को हाल परिवर्तित जैमिनी न.पा. वडा नं. ७ बेलबगर घर भई ऐ.ऐ. स्थित श्री संस्कृत उच्च मा.वि. बेलबगरमा स्थायी परिचर पदमा कार्य गरेको वर्ष ६२ को होमबहादुर कँडेल विरूद्ध विपक्षी : श्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत सेवाको सर्त र सुविधा तोकिएबमोजिम हुने भन्ने किसिमको व्यवस्था ऐनमा गरी कर्मचारीलाई सेवा सुविधाको आशामा सेवामा राखिरहने, शिक्षकहरूको हकमा नियमावली बनाई सेवाको सर्त र सुविधा पनि तोक्ने तर बिसौं वर्ष सेवा गर्दासम्म पनि शिक्षक सँगसँगै एउटै विद्यालयमा कार्यरत कर्मचारीको हकमा सोबमोजिमको सेवाको सर्त र सुविधा नतोक्ने कार्य न्यायोचित नदेखिने । (प्रकरण नं. ३) ऐनमै तोकिएबमोजिमको सुविधा पाउने व्यवस्था भएपछि अब नियम नबनाइएला वा सुविधा तोक्ने कुनै नियम नबन्ला भनेर कसैले कल्पना गर्ने कुरा स्वाभाविक नहुने । ऐनमा सरकारद्वारा गरिएको प्रतिबद्धताले विद्यालय कर्मचारीहरूमा सुविधा पाउने अपेक्षा बन्ने र त्यस्तो अपेक्षालाई वैध अपेक्षा भन्नुपर्ने । साथै एउटै विद्यालयमा कार्यरत शिक्षकले सुविधा पाउने तर कर्मचारीले सुविधा नपाउने भन्ने कुरा न्यायकै रोहमा पनि नमिल्ने । (प्रकरण नं. ५) शिक्षा ऐन, २०२८ को दफा १६ठ को उपदफा (२) मा विद्यालय कर्मचारीले पनि तोकिएबमोजिमको सुविधा पाउने गरी व्यवस्था भएको देखिएको, कर्मचारीको हकमा निवृत्तिभरणलगायतको सुविधा पाउन नसक्ने गरी कुनै स्पष्ट व्यवस्था भएको नपाइएको, तोकिएबमोजिमको सुविधा पाउने गरी ऐनमा भएको व्यवस्थाबाट विद्यालयमा कार्यरत कर्मचारीमा एउटै विद्यालयमा कार्यरत शिक्षकसरहको सुविधा पाउने वैध अपेक्षा बन्नु स्वाभाविक देखिने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री प्रकाश पन्थी र श्री नेत्र आचार्य विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ आदेश न्या. तिलप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३२ बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने भनी दर्ता भई सुनुवाइको लागि आज यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः निवेदनको संक्षिप्त तथ्य म निवेदक श्री संस्कृत उच्च मा.वि. बेलवगर, बाग्लुङको विद्यालय परिचर पदमा २०३३ सालदेखि अस्थायी नियुक्ति पाई कार्य गरेकोमा मिति २०४६।११।२१ देखि स्थायी रूपमा नै पियन पदमा नियुक्त भई उमेर हदका कारण मिति २०७३।०२।३२ मा अनिवार्य अवकाशमा परी विद्यालयबाट सेवा निवृत्त भएको छु । म निवेदक उक्त विद्यालयको स्थायी कर्मचारीको हैसियतमा मिति २०४६।११।२१ देखि मिति २०७३।२।३२ गतेसम्म परिचर पदमा रही कार्य गर्दै जम्मा सेवा अवधि २६ वर्ष ३ महिना ११ दिन भएकोले स्थायी कर्मचारीले प्राप्त गर्नुपर्ने बिदाबापतको रकम, औषधोपचार खर्च, निवृत्तिभरण, बिमा, सञ्चय कोषलगायत सम्पूर्ण सुविधा पाउँ भनी विपक्षी विद्यालय शिक्षक किताबखानामा मिति २०७५।०६।५ मा द.नं. १२६८ को निवेदन दर्ता गरेकोमा विपक्षी शिक्षक किताबखानाका प्रमुखज्यूले मेर