निर्णय नं. ११२७४ - छुट जग्गा दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२७४ - छुट जग्गा दर्ता भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/११/२९ ७०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा । श्री मनोजकुमार शर्मा फैसला मिति : २०७८।११।२९ मुद्दा:- छुट जग्गा दर्ता ०७१-कि-०४८७ पुनरावेदक वादी : मालपोत कार्यालय, बर्दिया विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ।३ बस्ने नारायणप्रसाद श्रेष्ठसमेत ०७१-कि-१६४३ पुनरावेदक प्रतिवादी : मानबहादुर श्रेष्ठको नाति, लालबहादुर श्रेष्ठको छोरा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ।३३ बस्ने नारायणप्रसाद श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी वादी : मालपोत कार्यालय, बर्दिया सरकारी सम्पत्ति, नदी नाला, वन जङ्गललगायत अन्य सार्वजनिक जग्गाहरू राष्ट्रको अमूल्य सम्पत्ति भएको हुँदा यस्तो सम्पत्तिको सुरक्षा गर्नु आम नागरिकको कर्तव्य हुने । नेपालको संविधानको धारा ४८(घ) ले समेत सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु प्रत्येक नागरिकको कर्तव्य हुने छ भनी तोकेको अवस्थामा कसैबाट पनि सार्वजनिक सम्पत्ति व्यक्तिगतरूपमा दर्ता गरी भोग गर्ने प्रयास गर्ने कार्य हुनुलाई उचित मान्न नमिल्ने । (प्रकरण नं ।८) जग्गा दर्ताको विषय मालपोत कार्यालयको क्षेत्राधिकारभित्र पर्न आउने देखिँदा दाबी लिएको जग्गाको वास्तविक भोगको अवस्था स्थिति तथा पेस भएका प्रमाणहरूको मूल्याङ्कन गरी जग्गा दर्ता हुने वा नहुने सम्बन्धमा मालपोत कार्यालयले निर्णय गर्नुपर्ने । वनको सार्वजनिक सरकारी जग्गा भनी प्रश्न उठिसकेपछि सो जग्गाको नापजाँच सर्जमिन गरी यथार्थ के हो यकिन गर्नुपर्ने । (प्रकरण नं । १०) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री शंकर सुवेदी प्रतिवादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री बुद्धिलाल श्रेष्ठ अवलम्बित नजिर : ने ।का ।प २०७६ अङ्क ५ नि ।नं १०२७५ ने ।का ।प । २०६७ अङ्क ७ नि ।नं । ८४१७ ने ।का ।प । २०६७ अङ्क ३ नि ।नं । ८३३६ सम्बद्ध कानून : नेपालको संविधान मालपोत ऐन, २०३४ सुरू मुद्दा किनारा गर्ने : मालपोत कार्यालय, बर्दिया श्री भरतचन्द्र अधिकारी पुनरावेदन तहमा फैसला गर्ने : पुनरावेदन अदालत नेपालगन्ज मा । न्या । श्री माधव प्रसाद पोखरेल मा । न्या । श्री अवधबिहारी प्रसाद सिन्हा फैसला न्या । सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई वादी र प्रतिवादी दुवैको पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ: तथ्य खण्ड मेरो पिता स्व । लालबहादुर श्रेष्ठले हरिप्रसाद उपाध्यायबाट कलवारी मौजासमेतको ज ।वि ।२९-१५-४१२ राजीनामा गरिलिएको २०२१ सालको भूमिसुधार कार्यक्रमअन्तर्गत आफ्नो भोगचलनमा रहेको उक्त जग्गा मिति २०२१९२६ मा भूमिसुधार कार्यालय काठमाडौंमा १ नं । फाँटवारी दाखिला गरिएकोले हाम्रो भोगचलनको जग्गा दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको नारायणप्रसाद श्रेष्ठको निवेदनपत्र । यसमा माग गरिएको कित्ताको हकमा हरिप्रसाद उपाध्यायबाट लालबहादुर श्रेष्ठले मिति २०१६९२१ मा मालपोत कार्यालय, काठमाडौंको र ।नं ।३९९८ बमोजिम खरिद गरेको पारित राजीनामा फोटोकपी देखिने साथै मेरा बाबुले पारित राजीनामा गरिलिएको सो जग्गामा आवाद गर्दा बनाएको इनार, कुवादेखि पूर्व दक्षिणको ज ।वि ।२९-१५-४१२ हाल धधवार गाउँ विकास समिति वडा नं ।६ख को जग्गा कलावारी फाँटा