निर्णय नं. १५५८ - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५५८ - हक सफा भाग: २४ साल: २०३९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०३९/०५/२२ २६३४ निर्णय नं. १५५८ ने.का.प. २०३९ अङ्क ५ फुलबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३७ सालको दे.फु.नं. २६ फैसला भएको मिति : २०३९।५।२२।३ मा निवेदक/वादी : जि.पर्वत कुस्मा सिवालय गा.पं.वडा नं.४ बस्ने बलभद्र गिरी विरुद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ.माझ गाउँ बस्ने धनसरी सन्यासीनी, ऐ.ऐ.कुस्मा बगैंचा बस्ने खर्गा सन्यासीनी, ऐ.ऐ.माझ गाउँ बगैंचा बस्ने खडानन्द गिरी मुद्दा : हक सफा (१) लेनदेन व्यवहारको ११ नं.मा कसैले आफ्नो हक पुग्ने चल अचल गै¥ह बिक्री गरेकोमा निजको कुनै हकवालाले सो सम्पत्ति निखनी लिन चाहेमा सो बेचे किनेको लिखत रजिष्ट्रेशन भएको मितिले र रजिष्ट्रेशन गर्न नपर्नेमा दाखिल खारेज भएको मितिले ६ महिनासम्ममा थाहा पाएको ३५ दिन भित्र सो हकवालाले निखनी लिन पाउँछ सो म्याद नाघेपछि किने बेचेको पक्का हुने । (प्रकरण नं. १४) निवेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३५।९।१०।२ को निर्णय दोहर्‍याई पाउँ भन्ने बलभद्र गिरीको न्यायिक समितिमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : खारपानी भन्ने पाखो खरवारी कित्ता १ ऐ.जग्गामा बनेको खरको छाना भएको ३ तले कच्चि घर १ र धनसार घर २ सदेवारी भन्ने जग्गा कित्ता १ समेत विपक्षी धनसरी निजको छोरा खडानन्दले उक्त घरमा बसी जग्गा कमाउन लागेछन् भन्ने २०३०।५।३० गते खवर पाएको । खडानन्द समेतलाई तिमीहरुले के व्यहोराबाट कमाएका हौ, यो घरमा तिमीहरु बस्ने गरेको छौ के कसो भन्दा हरिकृष्णबाट राजीनामा लिई हक हुन आएबाट घरमा बसी जग्गा समेत कमाई गर्न लागेका छौं भनी जवाफ दिएको हुँदा के कति मोलमा लिएको हो साहु को हो, थैली कति हो भन्दा साहु मिति यो हो थैली यति हो भन्ने भनी रहन खाँचो छैन भन्ने जवाफ गरेको हुँदा थैली यकिन ठहर भएपछि धरौट राख्नेछु ०३०।१।२० गते राजीनामा पारित गरेको भन्ने कुरा ०३०।६।१ मा सुनी थाहा पाएको हुँदा थैली यकिन ठहर गरी गराई साहु ठहरिएका विपक्षीलाई बुझाउन लगाई लेनदेन व्यवहारको ११ नं.बमोजिम गरी पाउन अनुरोध गर्दछु। हक इन्साफ भई लेखिएका घर जग्गाको थैली यकिन ठहर गरी लेनदेन व्यवहारको ३७ नं.बमोजिम समेत गरी पाउँ भन्ने समेत वादी बलभद्रको फिरादपत्र । ३. वादीको छोरा समेत बसी मोल गरी खारपानी भन्ने र सदेवारी भन्ने जग्गा र घर धनसारको थैली रु.१९,०००।–मोल गरी हरिकृष्णलाई दिई ०३०।१।१० मा रजिष्ट्रेशन पारित गराई म धनसरीले लिई सोही दिन बेलुका सो घर जग्गामा प्रवेश गरी छोरा षडानन्द समेतका परिवार त्यहाँ छोडी भारत आसाम गरमपानीमा गएका हुन । वादीको र हाम्रो एकै गाउँ पञ्चायत एकै ठाउँ भएको पारित गर्ने अड्डा समेत एकै पञ्चायतमा हुँदा थैली मिति साहु थाहा नहुने सम्भवै नहुने । राजीनामा लिएको जमीन एकै ठाउँ पञ्चायत वार्डको हुँदा वादीलाई मौकै ०३०।१।१० गते थाहा भएको वादीले थाहा पाइन भनी झुठ्ठा उजुर दिएको, वादीको झुठ्ठा दावीबाट फुर्सत गरी पाउँ भन्ने धनसरी १, खडानन्द १ समेतको संयुक्त प्