निर्णय नं. ११२७५ - जग्गा हक कायम खिचोला मेटाई दूषित कित्ताकाट बदर गरी दर्ता गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२७५ - जग्गा हक कायम खिचोला मेटाई दूषित कित्ताकाट बदर गरी दर्ता गरिपाऊँ । भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०८०/०१/१३ ७२२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।०१।१३ ०७५-CI-१०८५ मुद्दाः- जग्गा हक कायम खिचोला मेटाई दूषित कित्ताकाट बदर गरी दर्ता गरिपाऊँ । पुनरावेदक / वादी : पर्शुराम गुरूङको नाति सूर्यमान गुरूङको छोरा लमजुङ जिल्ला पसगाउँ गा.वि.स. वडा नं. ४ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १२ बस्ने राजपति गुरूङ विरूद्ध प्रत्यर्थी / प्रतिवादी : होमनाथ अधिकारीको नाति श्रीलाल अधिकारीको छोरा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १२ बस्ने रूद्रनाथ अधिकारी आपसी सहमतिले बाटोको लागि जग्गा छाडिसकेको अवस्थामा प्रतिवादीले बाटो नछाडेको भन्ने आधारमा वादीको जग्गा खिचोला गरेको भनी भन्न नमिल्ने । जग्गा खिचोला हुन प्रतिवादीले वादीको जग्गा आफ्नोमा मिचे घुसाएको हुनुपर्ने । (प्रकरण नं. २) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रामकृष्ण पाण्डे, श्री सत्य सापकोटा तिमल्सिना, श्री राजु चापागाई र श्री प्रकाशचन्द्र चापागाई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजेश्वर अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री ओमप्रसाद अर्याल कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री सुष्मालता माथेमा मा. न्या. श्री ऋषिराम दवाडी पुनरावेदन अदालत पोखरा फैसला न्या. प्रकाशकुमार ढुंगाना : पुनरावेदन अदालत पोखराबाट मिति २०७२।३।२१ मा भएको फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई पाउँ भनी निवेदन परी यस अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- तथ्य खण्ड मैले साबिकदेखि निर्विवाद भोगचलन गरि आएको कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. १२ को कि.नं. १९६१ क्षेत्रफल ०-९-०-२, कि.नं. २६३५ क्षेत्रफल ०-१-०-१, २६३७ क्षेत्रफल ०-११-३-० समेतका ३ कित्तामा रहेको एकै चक्लाको क्षे.फ १-५-३- ३ को जग्गा विपक्षीलाई संरक्षण र रेखदेख गर्न दिएको अवस्थामा म विदेशमा रहेको समयमा नाप हुँदा नयाँ नापीमा कायमी कि.नं. ७५ मा क्षेत्रफल १-४-०-२ अर्थात् ६४०.२० वर्ग मिटर मात्र कायम गरी मेरो साबिकको क्षेत्रफल १-५-३-३ को जग्गा उत्तरबाट घटाई क्षेत्रफल ०-१-३-१ (५७.२८ व.मी.) को जग्गा उत्तरबाट दक्षिणसम्म पर्ने गरी डहर बाटोमा पारी साबिकको डहरबाटोलाई आफ्नो कि.नं. ७४ मा पारी कित्ताकाट गरी दर्ता गरेकोले मेरो हकभोगमा रहेको उक्त डहर बाटोमा घुसाई नपुग हुन गएको क्षेत्रफल ०-१-३-१ (५७.२८ वर्ग मिटर) को जग्गामा मेरो हक कायम गरी खिचोला मेटाई विपक्षीले कि.नं. ७४ मा साबिकको डहर घुसाई गरेको दूषित कित्ताकाट बदर गरी उक्त जग्गा मेरो नाममा दर्ता गरी हक कायम गराइपाउँ भन्नेसमेत बेहोराको मिति २०७०।४।२९ को फिरादपत्र । कास्की जिल्ला पोखरा-१२ को साबिक कि.नं. ४३५२ क्षेत्रफल ०-२-२-१, कि.नं. ४३५४ क्षेत्रफल ०-०-०-३, कि.नं. २३९७ क्षेत्रफल ०-८-२-२, कि.नं. ५०७५ क्षेत्रफल ०-०-०१ को हाम्रो पैतृक सम्पत्तिको जग्गा हाल साबिक गरी नयाँ नापीबाट २०६०