निर्णय नं. ११२७६ - लिखत बदर दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२७६ - लिखत बदर दर्ता बदर दर्ता कायम भाग: ६६ साल: २०८१ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/१२/१४ ९३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।१२।१४ ०६९-कि-०८४९ मुद्दा:- लिखत बदर दर्ता बदर दर्ता कायम पुनरावेदक वादी : जिल्ला सप्तरी, गा ।वि ।स । वभनगामाकटी वडा नं । ४ बस्ने नन्दलाल यादवसमेत विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला सप्तरी, गा ।वि ।स । वभनगामाकटी वडा नं । ४ बस्ने साधु यादवकी पत्नी हर्जावती देवी यादवसमेत अंश मुद्दाबाट अन्य अंशियारको समेत बन्डा लाग्ने ठहरी फैसला भइसकेको अवस्थामा अंश मुद्दा नै नपरेको वा अंश मुद्दाबाट अन्य अंशियारहरूलाई बन्डा गर्नुपर्ने ठहर नभएको आफ्नो निजी हकको सम्पत्ति जस्तो गरी स्वामित्व हस्तान्तरण हुने गरी लिखत पारित गर्न सक्ने अवस्था नरहने । आफ्नो पूर्ण हक नै नभएको व्यक्तिले गरिदिएको लिखत स्वतः दूषित हुने भई त्यस्तो लिखतको अस्तित्व नै शून्य र प्रभावहीन हुने । यस्ता लिखतलाई हदम्याद नाघेको भनी मान्यता दिन नमिल्ने । (प्रकरण नं । ३) पुनरावेदक वादीका तर्फबाट : विद्वान् श्री दिपनारायण साह र विद्वान् वैतनिक कानून व्यवसायी श्री अमिता गौतम प्रत्यर्थी प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने ।का ।प । २०६०, नि ।नं । ७१६६, पृष्ठ ५८ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने मा । जि । न्या । श्री नागेन्द्रलाल कर्ण सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- मा । न्या । श्री बलराम विष्ट मा । न्या । श्री टेकराज नेपाल पुनरावेदन अदालत राजविराज फैसला न्या । सुष्मालता माथेमा : पुनरावेदन अदालत राजविराजको मिति २०६८८२७ को फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादीको तर्फबाट यस अदालतमा पुनरावेदन दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मूल पुर्खा स्व । वौकाई यादवका २ छोरामा जेठा रतिलाल, कान्छा साधु यादव हुन् । स्व । रतिलालका २ छोरामा जेठो म वादी नन्दलाल, कान्छा स्व । दुखी यादव हुन् । दुखीको पत्नी म वादी फुलो देवी हुँ । स्व । साधुकी पत्नी हर्जावती हाम्री काकी नाताकी मानिस हुन् । म फुलोदेवीलाई हर्जावतीले दुःख दिएकोले नन्दलाल, साधु र हर्जावतीसमेत उपर यसै अदालतमा सा ।दे ।नं । २०३२ को अंश मुद्दा दिई मिति २०५४।९।२८ मा फैसला भएको थियो । फुलोदेवीको अंश भाग छुट्टिए पनि म वादीमध्ये नन्दलालको अंश छुट्याई नदिएकोले साधु र हर्जावतीसमेत उपर मैले सा ।दे ।नं ।१८८४ को अंश दर्ता मुद्दा दिई कारबाही भइरहेको छ । अंश मुद्दाको फैसला एवं १८८४ को अंश दर्ता मुद्दाको अंशको तायदाती फाँटवारीमा उल्लेख भइरहेको अंश भाग लाग्ने पैतृक सम्पत्ति साधु यादव नाम दर्ताको जिल्ला सप्तरी, वभनगामाकट्टी गा ।वि ।स । वडा नं । ४(क) कि ।नं । २७८ को ज । वि । ०-३-३, ऐ ।कि ।नं । ३०४ को ०-०-१७, ऐ । कि ।नं ।३८१ को ०-५-९, ऐ । वडा नं । ४ख । कि ।नं । ६५ को ०-०-३, ऐ । वडा नं । ४क । कि ।नं । ८०० को ०-०-१८१२ जग्गा निजले आफ्नी श्रीमती हर्जावती देवीलाई मिति २०४७।९।२५ र ।नं । २४१९ बाट राजीनामा पारित गरिदिएको, सो जग्गाबाट हाम्रो हक मेट्न निज हर्जावतीले पुनः सो जग्गा निजका भाइ भागवत यादवलाई कि ।नं । ३०४ को ०-०-१७, ऐ । कि ।नं । ३८० को ०-१-९ जग्गा र ।नं । ७७९६ मिति २०५७।१।२६ मा राजीनामा पारित गरिदिएका रहेछन् । विपक्षी भागवत यादवले कि ।नं । ३०५ को ०-१-४, कि