निर्णय नं. ११२७८ - मूल्य अभिवृद्धि कर (२०६४ साउनदेखि २०६७ मङ्सिरसम्म)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२७८ - मूल्य अभिवृद्धि कर (२०६४ साउनदेखि २०६७ मङ्सिरसम्म) भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८०/०२/२५ ७७३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा ।श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश डा ।श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।०२।२५ ०७५-न्फ्-००३२ मुद्दाः मूल्य अभिवृद्धि कर (२०६४ साउनदेखि २०६७ मङ्सिरसम्म) पुनरावेदक प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ।३१ टेहवाल स्थित जगदम्बा स्टिल्स प्रा ।लि ।को तर्फबाट कार्यकारी निर्देशक शुलभ अग्रवाल विरूद्ध प्रत्यर्थी वादी : महानिर्देशक, आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौंसमेत राजस्व न्यायाधिकरणले गरेको फैसलाउपर राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ बमोजिम पुनरावेदन गर्न अनुमति पाई मुद्दाको तथ्यमा प्रवेश गरी यस अदालतबाट फैसला भएको छ भने उक्त फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा ११ बमोजिम तोकिएको आधारमा पुनरावलोकन हुनसक्छ तर पुनरावेदन गर्ने अनुमति प्राप्त नभई राजस्व न्यायाधिकरणको फैसला नै अन्तिम भई बसेको अवस्थामा अनुमति प्राप्त नहुने गरी भएको आदेशलाई फैसलासरह मानी पुनरावलोकन हुन नसक्ने । अदालतले एकचोटि मुद्दामा पुनरावेदनको अनुमति प्राप्त हुन नसक्ने भनी आदेश गरिसकेको अवस्थामा प्रचलित कानूनबमोजिमको मुनासिब आधार र कारणबिना पुनः सोही विषयमा निर्णय हुन नसक्ने । प्राङन्यायको सिद्धान्तले समेत यसलाई अङ्गीकार नगर्ने । पुनरावेदन गर्न अनुमति दिन नपर्ने भनी गरेको आदेशलाई फैसला मान्न नसकिने । सर्वोच्च अदालतले आफूले गरेको मुद्दाको पुनरावलोकन गर्न आफैँले मुद्दाको रोहमा फैसला गरेको र न्याय प्रशासन ऐन, २०७३ को दफा ११ ले तोकेको कानूनी आधारमा टेकेको हुनुपर्ने । (प्रकरण नं । ७) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री सिताराम अग्रवाल, श्री विकास अग्रवाल प्रत्यर्थी वादीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री विश्वराज कोइराला र विद्वान् सहन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : ने ।का ।प २०५४, अङ्क ६, नि ।नं । ६३८८ ने ।का ।प । २०६४ अङ्क ५ नि ।नं । ७८४३ ने ।का ।प । २०५८, अङ्क ५, नि ।नं । ७००७ सम्बद्ध कानून : राजस्व न्यायाधिकरण ऐन, २०३१ न्याय प्रशासन ऐन, २०७३ मूल्य अभिवृद्धि कर ऐन, २०५२ नेपालको संविधान पुनरावेदन तहमा फैसला गर्नेः मा । अध्यक्ष श्री दीपककुमार कार्की लेखा सदस्य श्री भोलाप्रसाद खकुरेल राजस्व सदस्य श्री यज्ञवल्क उपाध्याय राजस्व न्यायाधिकरण, काठमाडौं फैसला न्या । प्रकाशकुमार ढुङ्गाना: राजस्व न्यायाधिकरण, काठमाडौंको मिति २०६९।१२।०६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान भई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको पुनरावलोकनको निवेदनसहितको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः मुद्दाको संक्षिप्त तथ्य करदाता जगदम्बा स्टिल्स प्रा ।लि ।को आ ।व ।२०६४।०६५ साउनदेखि आ ।व ।२०६७।६८ मङ्सिर २० गतेसम्मको मूल्य अभिवृद्धि करतर्फको अनुसन्धान कार्य सम्पन्न भई स्वीकृत अनुसन्धान प्रतिवेदनको आधारमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ (सं ।स ।) को दफा २० तथा नियमावली, २०५३ को नियम २९(१) बमोजिम कर रू ।११,४७,३१,२३८।- जरिवाना रू ।११,४७,३१,२३८।-, थप दस्तुर रू ।३९,७१,८२४।- र ब्याज रू ।५९,५७,७३७।-समेत जम्मा रू ।२३,९३,९२,०३७।- को प्रारम्भिक कर निर्धारण आदेश मिति २०६७।१२