निर्णय नं. ११२७९ - बहाल दिलाई घर खाली गराइपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२७९ - बहाल दिलाई घर खाली गराइपाऊँ भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/१२/२७ ८७७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का ।मु ।प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।१२।२७ मुद्दाः बहाल दिलाई घर खाली गराइपाऊँ । ०६७-कि-०८७८ पुनरावेदक प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ६ बस्ने पशुपति चैतन्य ब्रह्मचारी विरूद्ध प्रत्यर्थी वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ६ बस्ने शारदादेवी ब्राह्मणी ०६७-कि-१३७८ पुनरावेदक वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ७ बस्ने शारदादेवी ब्राह्मणी विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं । ७ बस्ने इन्द्रदेव झासमेत महिलाले मन्दिरमा पूजा पाठ गर्नु हुँदैन भन्ने ठोस आधार, कारण नभएको र प्रचलित कानूनले महिला महन्त वा पुजारी हुन नसक्ने भनी रोक लगाएको अवस्थामा परिवर्तित संवैधानिक प्रावधानमा गरिएको समानता र अविभेद जस्ता मान्यता स्थापित भएको स्थितिमा महिला भएकै कारणले मन्दिरको पुजारी वा महन्तका रूपमा रही पूजापाठ चलाउन सक्ने । सन्तान वा हकदारमध्ये महन्तको योग्यता र क्षमता भएको व्यक्ति जसले मन्दिर र गुठीको परम्परा चलाउँछ, उसैलाई महन्त मान्नुपर्ने र त्यस्तो व्यक्ति महिला वा पुरूष जो पनि हुन सक्ने । (प्रकरण नं ।६) गुठीमा रहेका जग्गाहरू बेचबिखन गर्न नपाइने तर भोग चलनसम्म गरी प्राप्त आयस्ताबाट भगवान् रामजीलाई गुलफूल चढाउने परम्पराअनुसार इच्छित व्यक्ति वा नियमानुसार पालो परेको व्यक्तिले गुठीमा रहेका जग्गाहरूको भोग चलनसम्म गरी वा बहालमा लगाई प्राप्त आयस्ताबाट मूलत: भगवान् रामजीमा फूल चढाउने, साधु सन्तको हेरविचार गर्ने, मन्दिर र गुठीको सम्पत्तिको मर्मत सम्भार एवम् हेरचाह गर्ने र भक्तजनहरूको सुविधाका लागि गर्नुपर्ने आवश्यक कार्यमा खर्च गर्न सक्ने । (प्रकरण नं ।८) सन्ततिहरूलाई गुठियार कायम गरी सद्आचरण भएको, पूजा पाठ गर्न जानेकोलगायतका सर्त राखी सो योग्यता भएकाहरूको सूची तयार गरी निजहरूबिच सहमति भए सहमतिमा अन्यथा गोला प्रक्रिया वा सूचीमा रहेकामध्ये कानूनबमोजिमको पहिलो हकदारलाई पहिलो पालो तोकी तत्पश्चात् क्रमश: हुने गरी पालो बाँडफाँट गर्ने व्यवस्था मिलाउनुपर्ने । (प्रकरण नं ।१४) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल र श्री प्रकाशबहादुर के ।सी । र विद्वान् अधिवक्ता श्री दिपकबहादुर के ।सी । वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री महादेव प्रसाद यादव, श्री हरिहर दाहाल, श्री लव कुमार मैनाली र श्री युवराज भण्डारी गुठी संस्थानका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री ज्ञानेन्द्र पोखरेल अवलम्बित नजिर : ने ।का ।प । २०६४, माघ, नि ।नं । ७८८५ ने ।का ।प । २०७७, असार, नि ।नं । १०४४८ ने ।का ।प । २०५३, मङ्सिर, नि ।नं । ६२३९ ने ।का ।प । २०७२, चैत्र, नि ।नं । ९५०४ ने ।का ।प । २०६८, जेष्ठ, नि ।नं । ८५६३ ने ।का ।प । २०६७, जेष्ठ, नि ।नं । ८३१६ ने ।का ।प । २०७५, असोज, नि ।नं । १००३१ ने ।का ।प । २०७६, असार, नि ।नं । १०२२५ सम्बद्ध कानून : नेपाल अधिराज्यको संविधान, २०४७ मुलुकी ऐन, २०२० गुठी संस्थान ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः मा । जि । न्या । श्री भीम कुमार ओझा धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा । का ।मु । मुख्य न्या । श्री लोकेन्द्र मल्लिक मा । न्या । श्र