निर्णय नं. ११२८० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२८० - कर्तव्य ज्यान भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८०/०१/१० १२७७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०८०।०१।१० मुद्दाः कर्तव्य ज्यान ०७६-CR-०६२५ पुनरावेदक / वादी : सर्लाही जिल्ला, चन्द्रनगर गा.वि.स. वडा नं.६ बस्ने शिवप्रसाद श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सर्लाही जिल्ला, ब्रह्मपुरी गा.वि.स. वडा नं.४ बस्ने राम आशिष गुप्ताको छोरा कौटिल्य शर्मा भन्ने संजयकुमार गुप्ता ०७७-RC-००३५ वादी : सर्लाही जिल्ला, चन्द्रनगर गा.वि.स. वडा नं.६ बस्ने शिवप्रसाद श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : सर्लाही जिल्ला, ब्रह्मपुरी गा.वि.स. वडा नं.३ बस्ने राजकुमार गुप्ता वस्तुनिष्ठ आधार प्रमाण पेस गर्न नसकेको अवस्थामा केवल आरोपित कसुरबाट उन्मुक्ति पाउने उद्देश्यले गरेको इन्कारी बयान पुष्टि हुन आफैँ त्यस्तो इन्कारी बयानले प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । इन्कारी बयान प्रमाण ग्राह्य हुन कुनै आधारभूत, तथ्यपरक एवं निश्चयात्मक प्रमाणबाट समर्थित भएको हुनुपर्ने । प्रतिवादीहरू मौकाको बयानमा आरोपित कसुरमा साबित रहेका र अदालतसमक्ष भएको बयानमा इन्कारी रहेको अवस्थामा अदालतले प्रतिवादीले अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) बमोजिम सचेत अवस्थामा स्वेच्छाले व्यक्त गरेको हो वा होइन भनी अदालतले हेर्नुका साथै मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणले मौकाको साबिती वा अदालतको इन्कारी कुन बयानलाई समर्थित गर्छ भन्ने तथ्यलाई समेत विचार गर्नुपर्ने । प्रतिवादीहरूको भनाइ वा कथन झुठ्ठा पनि हुन सक्छ तर दशी प्रमाण एवं वारदातबाट देखिएको वस्तुस्थिति यथार्थपरक हुने । (प्रकरण नं. ४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमला काफ्ले प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन,२०३१ मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री मुरारीबाबु श्रेष्ठ सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री विनोद मोहन आचार्य मा. न्या. श्री राजेश्वर तिवारी उच्च अदालत जनकपुर फैसला न्या. नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स वडा.नं.३ स्थित सडकमा इन्द्रकुमार श्रेष्ठको लास रहेको, सो लासको छेउमा ९ एम.एम. को गोलीको खोका थान १, बुलेट थान १ रहेको, मृतकको बायाँ गालामा गोली लागी सानो प्वाल भएको देखिएको, बायाँ हातको नाडीमा गोली वारपार भई अगाडि हथ्केलामा सानो प्वाल रही नाडीमा २/२ इन्चमा घाउ रहेको, बायाँपट्टि पिठ्युँमा गोली लागेको घाउ रहेको भन्नेसमेत बेहोराको घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्का । मेरो दाजु इन्द्रकुमार श्रेष्ठ जिल्ला सर्लाही, बबरगन्ज गा.वि.स.को सचिव भई कामकाज गर्दै आउनुभएको थियो । मिति २०६७।३।२ गतेका दिन कार्यालयको कामकाजले मलंगवा आई काम सकी घरतर्फ फर्किरहेको अवस्थामा साँझ अं.६:३० बजेको समयमा जिल्ला सर्लाही, ब्रह्मपुरी गा.वि.स. वडा नं. ३ स्थित चौरीमा पुग्दा जनतान्त्रिक भूमिगत समूहका विक्रम यादवसमेत मिली मेरो दाजुलाई गोली प्रहार गरी मारिदिएकोले हाल लास सद्गत गर्नको लागि मेरो