निर्णय नं. ११२८२ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२८२ - जबरजस्ती करणी भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०८०/०३/१७ १५८७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।०३।१७ मुद्दा : जबरजस्ती करणी ०७५-CR-०३५५ पुनरावेदक / वादी : परिवर्तित नाम केशरमानको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी : खोटाङ जिल्ला, नुनथला गा.वि.स. वडा नं.८ बस्ने परिवर्तित नाम २६क ०७५-CR-०६०१ पुनरावेदक : खोटाङ जिल्ला, नुनथला गा.वि.स. वडा नं.८ घर भई हाल कारागार कार्यालय, खोटाङ, कैदमा बस्ने परिवर्तित नाम २६क विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम केशरमानको जाहेरीले नेपाल सरकार जबरजस्ती करणीको कसुरमा पीडित, जाहेरवाला तथा वादीका साक्षीहरूले मौकाको बेहोरा तथा जाहेरी बेहोरा प्रतिकूल अदालतमा बकपत्र गर्न सक्ने अवस्था देखिने । न्यायकर्ताले न्यायिक मन प्रयोग गरी घटना, सङ्कलित प्रमाण तथा परिस्थितिको सूक्ष्म मनन गरी तथ्यको वस्तुनिष्ठ जाँच गरी विद्यमान कानून, न्यायिक सिद्धान्त र विधायिकी मनसायसमेतलाई शिरोधार्य गर्दै न्याय सम्पादन गर्नुपर्ने । जबरजस्ती करणीको कसुरमा मिसिल संलग्न सम्पूर्ण प्रमाणको मूल्याङ्कनबाट न्याय निरूपण हुन वाञ्छनीय भई प्रतिकूल बकपत्रकै भरमा फौजदारी कसुरबाट कसुरदारलाई छुटकारा दिन नमिल्ने । (प्रकरण नं. ११) पुनरावदेक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठ प्रत्यर्थीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेल अवलम्बित नजिर : ने.का.प. २०७४, अङ्क ५, नि.नं.९८१२ ने.का.प २०७७, अङ्क १२, नि.नं.१०६०६ सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०४८ प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने : मा. जि. न्या. श्री ईश्वरीप्रसाद गौतम खोटाङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री रमेशप्रसाद राजभण्डारी मा. न्या. श्री शालिग्राम कोइराला उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जिल्ला खोटाङ, नुनथला गा.वि.स. वडा नं. ८ गैरीचामखर्कस्थित पूर्वमा डिल्लीराम तामाङको घर, पश्चिममा खाली जग्गा, उत्तरमा जीवन शेर्पाको घर तथा दक्षिणमा जंगल यति चार किल्लाभित्र रहेको नव ज्योति प्रा.वि.को पूर्वपट्टिको ३ कोठे भवन सो भवनको बिचको कोठामा पछाडिपट्टिको खुल्ला झ्यालबाट पीडितालाई पीडकले भित्र छिराई योनिभित्र तिखो काठको टुक्राले घोचेर घाइते बनाएपश्चात् जबरजस्ती करणी गरेको, उक्त कोठाको भुइँमा रगतको थोपा देखिएको, घटनास्थलबाट पीडितको रगत लागेको निजले लगाएको खैरो रंगको फ्रकसमेत बरामद गरेको भन्ने घटनास्थलको चार किल्लाको विवरण कागज । मिति २०७१।०५।१७ को अं.१७.३० बजेको समयमा म आफ्नो घरमा काम गरिरहेको अवस्थामा अचानक छिमेकीले तपाइँको छोरीलाई के भयो ? रूँदै रगताम्य भएर स्कुलको बाटोमा आइरहेको छ भन्ने कुरा सुनाउने बित्तिकै म गएर के भयो भनेर सोध्दा निज छोरीले २६क परिवर्तित नामले मलाई खुल्ला झ्यालबाट स्कुलको कोठाभित्र पसाई आफू पनि पसी मेरो पिसाब फेर्नेमा आफ्नो पिसाब फेर्ने हुल्न खोज्दा मैले नमानेपछि मेरो पिसाब फेर्नेमा काठको टुक्राले घोचिदिएपछि जबरजस्ती आफ्नो पिसाब फेर्ने मेरो पिसाब फेर्नेमा हाली मेरो रगत निस्केको देखी