निर्णय नं. ४३५१ - प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३५१ - प्रतिषेध भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/०२ २३७८ निर्णय नं. ४३५१ ने.का.प. २०४८ अङ्क ९, १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रि.पु.इ.नं. ३२ आदेश भएको मिति : २०४८।९।२।३ मा निवेदक : भारत मेमर्स नर्थ विहार कन्सट्रक्सन कम्पनीका प्रबन्धक किसनलाल गोल्छा विरुद्ध विपक्षी : कर कार्यालय धरानसमेत विषय : प्रतिषेध (१) प्रचलित नेपाल कानुनद्वारा समर्थित भएकोमा बाहेक श्री ५ को सरकार र अन्य कुनै विदेशी मुलुकको सरकार बीच भएको कुनै सम्झौताबाट कुनै व्यक्तिको कुनै हक वा दायित्वको सृजना भएको सम्झन नमिल्ने । (प्रकरण नं. १४) (२) आयकर ऐन, २०३१ को दफा ४२(३) अन्तर्गतको सूचना प्रकाशित गरी श्री ५ को सरकारले त्यस्तो ठेकेदारको आयमा आयकर नलाग्ने भनी छूट दिएको पनि नदेखिएकोले श्री ५ को सरकार र भारत सरकार बीच भएको सम्झौताको धारा ७ अन्तर्गत आयकर नलाग्ने भन्ने निवेदकको जिकिर कानुनसंगत नदेखिने । (प्रकरण नं. १४) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश प्र.न्या.विश्वनाथ उपाध्याय १. प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. कोशी प्रोजेक्टको सम्बन्धमा श्री ५ को सरकार र भारत सरकार बीच सम्झौता भए अनुसार कोशी योजना कार्यान्वयनका लागि नेपाल सरहद भित्रबाट भारत सरकारले ढुंगामा श्री ५ को सरकारले भारत सरकारबाट पाउने रोयल्टी बाहेक अरु भन्सार कर लगाउन नपाउने व्यवस्था छ । निवेदक भारतीय नागरिक हुँ र विहार (साविक पेज नं. ४६२) सरकार सिंचाई विभाग अन्तर्गतको क्लास १ ए. ००६७–८३ रजिष्ट्रेशन नम्बरको विहार सरकार सिंचाई विभाग अन्तर्गतको रजिष्टर्ड कन्सट्रक्सन कम्पनी हो । ३. मैले भारतीय मजदूरलाई काम लगाउन लाइसेन्स प्राप्त गरी ढुंगा ओसार्ने काम श्री पूर्वीय तटबन्ध प्रमण्डल वीरपुरबाट कोशी योजनाको लागि ढुंगा ओसार्ने ठेक्का प्राप्त गरी ढुंगा लाँदा सम्झौताको दफा ७ अनुसार रोयल्टी मात्र श्री ५ को सरकारले लिनुपर्ने भन्सार र अरु कुनै कर तिर्नु नपर्ने स्पष्ट छ । ४. यसरी ढुंगा ओसार्ने ठेक्का प्राप्त गरेपछि सोका लागि विपक्षी नं. ३ को कार्यालय समक्ष अनुमति पाउन अनुरोध गर्दा कर कार्यालय धरानमा ओसार्ने ढुंगाको हुने आयकर अग्रिम बुझाई निस्सा ल्याएपछि मात्र अनुमति दिन मिल्छ भन्नु भएकोमा चित्त नबुझी यस्तो गैरकानुनी कर लिन नमिल्ने भनी अनुरोध गर्दा पछि यस विषयमा निर्णय हुने भन्ने मौखिक आश्वासन पाई आफूले उठाउने ढुंगाको आयकर अग्रिम विपक्षी कर कार्यालयमा बुझाई २०४३।३।३ मा अनुमति प्राप्त गरी ढुंगा ओसार्दै आएको छु । श्री पूर्वी तटबन्ध प्रमण्डल वीरपुरको पत्रबाट पूर्वी तटबन्धको जिरो कि.मि.देखि ५ कि.मि.सम्म पाँच लाख घन फिट ढुंगा सप्लाई गर्ने ठेक्का मैले प्राप्त गरी सो मध्ये दुई लाख घन फिटमा लाग्ने आयकर विपक्षी कर कार्यालय धरानमा बुझाएपछि मात्र २०४४।१।१८ मा विपक्षी सम्पर्क तथा भुआर्जन कार्यालयले ढुंगा सप्लाई गर्न दिनु भएको अनुमतिको क्रम आजसम्म जारी छ । मेरो कम्पनीले भारत सरकारसंग वीरपुरमा प्राप्त गरेको ठेक्का कामको भुक्तानी भारतीय रुपैयाँमा भारतमा नै प्राप्त गर्ने गरेको र भारतमै आयकर बुझाउँदै आएको हुँ । यस्तोमा एउटा आम्दानीमा भारत र नेपालमा दोहरो आयकर नलाग्नु पर्