निर्णय नं. ११२८५ - निर्णय दर्ता बदर हक कायम नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२८५ - निर्णय दर्ता बदर हक कायम नामसारी भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०१/२७ ५४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०१।२७ ०७३-CI-०४५५ मुद्दाः- निर्णय दर्ता बदर हक कायम नामसारी पुनरावेदक / प्रतिवादी : सहदेव मुराव र सोमनी मुरावकी छोरी अधारे कोइरीकी बुहारी मुराली कोइरीकी श्रीमती रूपन्देही जिल्ला सेमरा गा.वि.स. वडा नं. ६ बस्ने जोखनी मुराव विरूद्ध प्रत्यर्थी / वादी : रूपन्देही जिल्ला विष्णुपूरा गा.वि.स. वडा नं. ५ बस्ने शालिकको नाति वासदेवको छोरा श्यामलाल कोइरी मुरावसमेत उखडासम्बन्धी ऐन, २०२१ को दफा ३ को कानूनी व्यवस्थालाई आधार मान्दा उखडा जग्गा भन्नाले जग्गाधनीलाई पोत बुझाउने सर्तमा कमाई आएको जग्गा सम्झनुपर्ने भएबाट त्यस्तो जग्गाको प्रकृतिबाटै त्यस्तो सम्पत्ति सगोलको हुने नभई जसले कमाएको हो उसैको सम्पत्ति मान्नुपर्ने । त्यसैले पैतृक सम्पत्तिमा जस्तो कुनै व्यक्ति अंशियार नाताले जन्मेको मात्र कारणले उखडा जग्गामा अंश हक कायम हुन नआउने । सगोलका सबैले कमाई आएको स्थिति भए बेग्लै कुरा हुने । (प्रकरण नं. ३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरज अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०४५, नि.नं. ३६८०, पृ. १३०४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा. जि. न्या. श्री महेन्द्रबहादुर कार्की रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री वीरबहादुर डाँगी मा. न्या. श्री नीलम पौडेल पुनरावेदन अदालत बुटवल फैसला न्या. तिलप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यगत बेहोरा र ठहर यसप्रकार रहेको छः मुद्दाको संक्षिप्त तथ्य मूल पुरूष लौहर भन्ने मालिक कोइरीको छोरा शालिक, शालिकको छोरा सहदेव, वासदेव र म महादेव ३ भाइमध्ये सहदेवको श्रीमती सोमनी र निजहरूको छोरी जोखनी हुन् । निज जोखनीको मुरालीसँग विवाह भएको छ । वासदेवको छोरा म श्यामलाल हुँ । म महादेवको श्रीमती सुनरा हुन् । लौहर भन्ने मालिक, निजको श्रीमती, शालिक र निजको श्रीमती, वासदेवको अघि नै र सहदेवको मिति २०३९।७।८ मा तथा सोमनीको २०५९।८।२६ मा परलोक भयो । सहदेव सोमनीको हक खाने छोरी विपक्षी जोखनी, वासदेवको छोरा म श्यामलाल र म महादेवसमेत ३ अंशियारका बिच अंशबन्डा भएको छैन । पैतृक तथा सगोलको उखडा जग्गा सहदेव कोइरीको नामबाट उखडा अनुसूची १ नं. फाराम भरी दर्ता हुन बाँकी छ । सहदेव परलोक हुनुभएकोले निजको श्रीमती सोमनी कोइरीको नाममा २०५३ सालको दे.नं. २१७५ को उखडा मुद्दामा हक कायम भई निज सोमनीले नागरिकता पाएका बखत दर्ता नामसारी हुने गरी मिति २०५७।२।२९ मा रूपन्देही जिल्ला अदालतबाट फैसला भएको छ । म वादी महादेव कोइरीले प्रतिवादी सोमनी कोइरीसमेत उपर २०५८ सालमा दे.नं. १४६१ को अंशनामसारी मुद्दामा जग्गा दर्ता भएको बखत कानूनबमोजिम अंश छुट्याइलिन पाउने नै हुँदा हाललाई बन्डा छुट्याइपाउँ भन्ने वादी दाबी नपुग्ने भनी मिति २०६०।१२।१३ मा फैसलासमेत भएकोमा उक्त जिल्ला रूपन्देही वर्गदवा गा.वि.स. वडा नं. ५ (ग) को कि.नं. ९०, ९४, १३६, ५५, ६६, ८६ का जग्गाहरू र जिल्ला रूपन्देही विष्णुपूरा गा.वि.स. वडा नं. ५ गोवडौरी सन्तपु