निर्णय नं. ११२८६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२८६ - अंश भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०७/२९ ८४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०७।२९ ०७२-CI-१३६७ मुद्दा : अंश पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु गाउँ विकास समिति वडा नं. ५ को मौजा बसन्तपुर बस्ने जालीम तेलीको छोरा जब्बार अलि तेली विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. बस्ने लैस मोहम्मद तेलीको श्रीमती आसिया खातुन तेली वादी कुनै तवरबाट अदालतमा प्रवेश गर्नु, प्रवेश गरे पनि पतिसमेतबाट अंश विमुख हुने गरी मिलापत्र गर्नु, गराउनु, गर्न लगाउनु, मिलापत्र गरी केही रकम मासिक पाउन सहमत भए पनि सोसमेत उपलब्ध नगराउनु, वर्षौंपछि पुनः न्यायको आशामा अदालत आउँदासम्म पतिले आफ्नो नामको सम्पत्ति परिवारकै अन्य सदस्यको नाममा नामसारी गरिदिएबाट पतिको नाममा पूर्वमिलापत्र कार्यान्वयन गर्न अदालतबाट प्रक्रिया चाले पनि कार्यान्वयन हुन नसक्ने सुनियोजित वातावरण तयार हुनुबाट हाम्रो न्याय व्यवस्थाको कमजोर पक्षको फाइदा लिने पर्याप्त प्रयत्न भएको देखिएको अवस्थामा यो अदालत कानूनको सामान्य कार्यविधि, सिद्धान्त र पूर्वकारबाहीबाट निकालिएको निष्कर्ष मात्र हेरेर बस्न नसक्ने । लामो समयसम्म न्यायको आशामा पतिबाट पनि बेवास्ता गरिएको महिलाको अधिकार सुरक्षित र सुनिश्चित गर्न न्यायको मान्य सिद्धान्तहरूको अनुशरण गर्दै निजलाई निरअंशी हुनुबाट रोक्नु नै न्यायसङ्गत हुने । (प्रकरण नं. ४) अंशलाई व्यक्तिको सम्पत्तिसम्बन्धी कानूनी हकको रूपमा हेरिनुपर्ने । वादी निरक्षर भएको भन्ने कुरा निजबाट भएको लिखतहरूमा ल्याप्चे मात्र भएको देखिएको अवस्थामा परिवारका अन्य सदस्यहरूले आपसमा मिलेमतो गरी त्यस्तो महिलालाई निरअंशी बनाउने गरी विभिन्न बहानाहरू रची मिलापत्रलगायतका कागजहरू गराएकै कारणले मात्र निजको सम्पत्तिसम्बन्धी हकअन्तर्गतको अंश हक नपाउने गरी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. न्या. श्री हरिप्रसाद के.सी. कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. मु न्या. श्री सारदा प्रसाद घिमिरे मा. न्या. श्री अब्दुल अजीज मुसलमान पुनरावेदन अदालत बुटवल फैसला न्या. अनिलकुमार सिन्हा : पुनरावेदन अदालत बुटवलको मिति २०७२/१/२८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यस अदालतमा प्रतिवादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा स्वर्गीय मकुल तेलीको श्रीमती स्वर्गीय गफुरा तेलीबाट २ छोरा लैस मोहम्मद र स्वर्गीय जालीम तेलीको जन्म भएको । लैस मोहम्मदको श्रीमती आसिया खातुन भएको । जालीम तेलीको श्रीमती गुल्सन निसाबाट ५ छोरा जब्बार, मनोवर, सलिम, हलिम र करिम तेलीको जन्म भएको । लैस तेली र जालीम तेलीसमेत उपर मेरो दे.नं.१२४३ को अंश मुद्दा परी खानपिन औषधी उपचारसमेत निज विपक्षीहरूले गर्ने गरी २०५८।३।१४ मा मिलापत्र भएकोमा निजहरूले मलाई खान लाउनसमेत नदिएकाले २०६३।११।१३ मा दे.नं.६३२ को खाना खर्च पाउँ मुद्दा चलेकोमा सुरू जिल्ला अदालतबाट दाबी नपुग्ने ठहरी र मासिक रू.७५०।- का दरले भरणपोषण औषधी खर्चबापत पाउने ठहरी पुनरावेदन अदालत बुटवलबाट मिति २०६६।६।२८ मा फैसला भएकोमा सो रकम विपक्षीहरूसँग माग गर्दा नदिएकाले फिराद परेको अघिल्लो दि