निर्णय नं. ११२८७ - कर्तव्य ज्यान डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११२८७ - कर्तव्य ज्यान डाँका भाग: ६६ साल: २०८१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/०९/१३ १०६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७८।०९।१३ मुद्दा : कर्तव्य ज्यान डाँका ०७१-CR-०३८४ पुनरावेदक / वादी : रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जोगेन्द्र भगतको छोरा, सप्तरी जिल्ला, रामपुर जमुवा गा.वि.स. वडा नं. १ बस्ने कान्तिपुर एफ.एम भन्ने जगदिशप्रसाद भगतसमेत ०७६-CR-०१९२ पुनरावेदक / वादी : प्रहरी नायब निरीक्षक लेखेन्द्र बस्नेतको प्रतिवेदन तथा रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी, साबिक सारस्वरू गा.वि.स. वडा नं. ६ हाल बोदेबरसाइन नगरपालिका, वडा नं. १२ बस्ने मिश्रीलाल यादवको छोरा ताराकान्त यादव सैद्धान्तिक अवधारणातर्फ दृष्टिगत गर्दा गुप्त, सूक्ष्म र समन्वयात्मक ढङ्गले गरिने कार्य आपराधिक षड्यन्त्र हुने । षड्यन्त्रमा तयारीलगायतका विभिन्न चरण रहने र षड्यन्त्रमा संलग्न पक्षको हरेक चरणमा गरिने भूमिका किटान गरिएको हुने । अर्थात् षड्यन्त्रकारीका बिचमा भूमिकाको बाँडफाँट हुन्छ जुन भूमिकालाई समन्वयात्मक ढङ्गले कार्यान्वयन गरिने । षड्यन्त्रको अपराधमा संलग्न व्यक्तिको वारदातमा क्रियाशीलता वा सक्रियता स्पष्ट हुनुपर्ने । यसमा लक्षित अपराध घटाउन तयारी गर्ने, संलग्न व्यक्तिहरूका बिचमा भूमिका वा जिम्मेवारीको बाँडफाँट गर्ने, अपराध घटाउन हतियारलगायतका आवश्यक सामग्री जुटाउने तथा घटना घटाउन दिन किटान गर्ने जस्ता सुनियोजित एवम् योजनावद्ध तवरले कार्य गरिने । वारदात षड्यन्त्रपूर्वक घटाइएको हो भने वारदातमा संलग्न सबै व्यक्तिको सक्रिय भूमिका षड्यन्त्रमा कुनै न कुनै रूपमा दर्सिएको हुनुपर्छ तथा सोही आधारमा आरोपित गरिएको हुनुपर्ने । (प्रकरण नं. २) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी प्रत्यर्थी / प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०७२ अङ्क ९ नि.नं. ९४७० सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. न्या. श्री मेघनाथ भट्टराई मा. न्या. श्री दुर्गाप्रसाद ढुङ्गेल सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मु. न्या. श्री बलराम विष्ट मा. न्या. श्री महेन्द्रराज गौतम पुनरावेदन अदालत, राजविराज मा. मु. न्या. श्री नारायणप्रसाद श्रेष्ठ मा. न्या. श्री शेखरचन्द्र अर्याल उच्च अदालत जनकपुर, राजविराज इजलास फैसला न्या. प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम दायर भई न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) समेतले यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला सप्तरी, नेगडा गा.वि.स. वडा नं. ५ स्थितमा भएको मृतक दिपु भन्ने गोविन्द चौधरीको लास उत्तानो अवस्थामा रहेको, मृतक लासको दाहिने कोखा र बायाँ स्तनको दायाँतर्फ, पेटको भाग र पछाडि ढाड पातामा प्वाल परी रगत बगिरहेको भन्नेसमेत बेहोराको मृतक गोविन्द चौधरीको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का । जिल्ला सप्तरी, रामनगर गा.वि.स. वडा नं. १ स्थितमा पर्ने सार्वजनिक डगर बाटोमा जिल्ला सप्तरी, रामपुर जमुवा गा.वि.स. वडा नं. १ बस्ने कान्तिपुर एफ.एम. भन्ने जगदिश भगतलाई शंकास्पद रूपमा फेला परी निजको शरीर तलासी गर्दा निजको सा