निर्णय नं. ११२९३ - लिखत दर्ता बदर दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२९३ - लिखत दर्ता बदर दर्ता भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/०२/२५ ११०४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०८०।०२।२५ ०७६-NF-००३२ मुद्दा : लिखत दर्ता बदर दर्ता पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, साबिक गोंगबु गा.वि.स. वडा नं. ९ हाल परिवर्तित टोखा नगरपालिका वडा नं. ११ बस्ने प्रणय श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : स्याङ्जा जिल्ला, बिरूवा अर्चले गा.वि.स. वडा नं. २ घर भई काठमाडौं जिल्ला, मातातिर्थ गा.वि.स. वडा नं. ८ हाल परिवर्तित चन्द्रागिरी न.पा. वडा नं. ७ बस्ने केशरी कुमारी थापा आफ्नो पालामा आफ्नो नाममा जग्गा खरिद गरेको भन्ने आधारमा मात्र सगोलको सम्पत्तिमा अन्य अंशियारहरूको अंश हक नलाग्ने भन्नु मुलुकी ऐन, अंशबन्डाको महलको १९ नं. को देहाय (२), अंशबन्डाको १८ नं., लेनदेन व्यवहारको १० नं., प्रमाण ऐन, २०३१ को दफा ६(क) मा प्रयुक्त कानूनी व्यवस्थाको प्रतिकूल हुने । सगोलको सम्पत्ति बिक्री वितरण तथा हक हस्तान्तरण गर्दा लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाअनुसार सगोलका अन्य अंशियारको अनिवार्य रूपमा सहमति वा मन्जुरी लिएको हुनुपर्ने । अन्यथा त्यस्तो लिखत निज अंशियारहरूको हक हित प्रतिकूल हुन जाने । (प्रकरण नं. ५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री कृष्णप्रसाद भण्डारी, श्री सविता भण्डारी बराल, श्री रमण श्रेष्ठ, श्री बालमुकुन्द श्रेष्ठ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री राघवलाल वैद्य तथा विद्वान् अधिवक्ताहरू श्री दिनेशप्रसाद शर्मा, श्री सरिता शर्मा, श्री प्रकाश खनिया अवलम्बित नजिर : ने.का.प. २०४८ अङ्क १२ नि.नं. ४४३७ ने.का.प. २०५३, अङ्क ६, नि.नं. ६२०८ ने.का.प. २०५९, अङ्क ५, नि.नं. ७०८७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. जि. न्या श्री किरणकुमार पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मु. न्या. श्री केशरी राज पण्डित मा. न्या. श्री विष्णुदेव पौडेल पुनरावेदन अदालत पाटन सर्वोच्च अदालतमा फैसला गर्नेः सम्माननीय प्र.न्या.श्री गोपाल पराजुली मा.न्या.श्री अनिलकुमार सिन्हा फैसला न्या.डा.मनोजकुमार शर्मा: न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को उपदफा (२) बमोजिम मुद्दा पुनरावलोकनको अनुमति प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- संक्षिप्त तथ्य तिलकबहादुर थापा मेरो श्रीमान् हुनुहुन्छ । हामी श्रीमान् श्रीमतीबाट छोरा बुद्धिबहादुर थापा र छोरी मनमाया थापा गरी २ जनाको जायजन्म भएकोमा छोरी मनमाया थापाको विवाह भइसकेको छ । श्रीमान्‌को मृत्यु भइसकेको छ । म प्रतिवादी छोरा, बुहारी र नाति नातिनीसँग एकासगोलमा बस्दै आएकी छु । हाम्रो अंशबन्डा भएको छैन । एकासगोलमा छौँ । हामी एकासगोलमा भएको भए पनि प्रतिवादी छोरा आफ्नो घर व्यवहारप्रति उदासीन रही घर व्यवहारमा कुनै चासो नदिने र परिवारलाई दुःख दिने गरेको कारण घर व्यवहार बुहारीले सम्हाली आएकी थिइन् । यस्तैमा प्रतिवादी छोराले मेरोसमेत अंश हक लाग्ने काठमाडौं जिल्ला मातातिर्थ गा.वि.स. वडा नं. ८ (ख), कि.नं. ७६ को १-१-०-० र ऐ. कि.नं. ८० को १-४-३-२ जग्गा र.नं. २१३८(ख) बाट मिति २०६६।५।२९ मा प्रतिवादी प्रणय श्रेष्ठलाई मे