निर्णय नं. ४३५२ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३५२ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/१८ २८०० निर्णय नं. ४३५२ ने.का.प. २०४८ अङ्क ९, १० पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४७ सालको रिट पूर्णइजलास नम्बर ५३ आदेश भएको मिति : २०४८।९।१८।५ मा निवेदक/रिट निवेदक : का.जि.का.न.पा. वडा नं. ३२ डिल्लीबजार बस्ने डा.सरस्वती एम.पाध्ये विरुद्ध विपक्षी/प्रत्यर्थी : श्री लोकसेवा आयोग कमलपोखरीसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) रिट निवेदिकाले रा.प.प्रथम श्रेणीको पदमा बढुवा पाइसकेकोबाट रिट निवेदिकाको हक प्रचलन गराउनु पर्ने अवस्था बाँकी नरहेको हुँदा यस स्थितिमा रिटनिवेदनको औचित्यमा प्रवेश गरी निर्णय गरी रहन नपर्ने । (प्रकरण नं. १४) (२) रिट निवेदिकाले बढुवा पाइसकेको हुँदा रिटनिवेदन पत्रको औचित्यमा विचार गर्न नपरेको स्थितिमा निवेदिकाको पछि हुने बढुवाको लागि सम्भाव्य उम्मेदवार हुँदाको अवस्था रिटनिवेदनमा उल्लेखित शैक्षिक योग्यता वा त्यसको मान्यताको सम्बन्धमा प्रश्न उठेमा सोही अवस्था विचार हुन सक्ने नै हुँदा तत्काल त्यस सम्बन्धमा विचार गरी रहन नपर्ने । (प्रकरण नं. १५) ने.का.प. भाग ३१, अङ्क ११, पृष्ठ ११०३ मा अघिल्लो पूर्णइजलासको निर्णय प्रकाशित निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारी प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०४६।११।३० गतेमा भएको निर्णय दोहराई पाउँ भनी न्यायिक समिति मार्फत डा.सरस्वती एम.पाध्येले चढाउनु भएको बिन्तिपत्र र न्यायिक समितिद्वारा चढाई पठाएको मिति २०४७।४।२१ गतेको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम न्यायिक समितिको सिफारिश अनुसार उक्त निर्णय दोहराई हेरी कानुनबमोजिम गर्नु भन्ने हुकुमबक्सेको (साविक पेज नं. ४६६) छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४७।५।१५ गतेमा लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. म निवेदिकाले एम.वि.वि.एस. डिग्री प्राप्त गरी २०२२।७।६ देखि नुवाकोट हेल्थ सेण्टरमा जेनरल हेल्थ सर्भिसेजको रा.प.प्रा.तृ.को लेडी डाक्टर पदमा अस्थायी नियुक्ति भई २०२४।२।१९ मा मेडिकल अधिकृतमा स्थायी भएको थिएँ । मैले अव्स्टे«टिशियन्स र गाइनोकोलोजिष्टमा डी.अव्स. आर.सी.ओ.जी. र एम.आर.सी.ओ.जी. पास गरेपछि २०३४।११।१८ मा नेपाल स्वास्थ्य सेवाको अव्स्टे«टिक्स तथा गाइनोकोलोजी समूहको रा.प.प्रा.द्वि.श्रेणीमा सेवा परिवर्तन साथ बढुवा २०३९।८।२२ मा कन्सल्टेण्टको दर्जा र अनुभवको आधारमा अमेरिकाबाट एफ.आई.सि.एस.को उपाधि पाई हाल प्रसूती गृह काठमाडौंमा कार्यरत छु । २०४४।१।३ को गो.प.मा प्रकाशित सूचना नं. १।०४४ को सि.नं.४ बाट २०४३ पौष मसान्तसम्म नि.से.नि.बमोजिम नोकरी अवधि पुगेका सामान्य उम्मेदवारबाट स्वास्थ्य सेवाको अव्स्टे«टिक्स तथा गाइनकोलोजी समूहको रा.प.प्र.श्रेणीको पद १ बढुवाद्वारा पदपूर्ति गर्ने दर्खास्त माग हुँदा र म निवेदिका न्यूनतम शैक्षिक योग्यताको भई सम्भाव्य उम्मेदवार समेत भएकोले रीतपूर्वक दर्खास्त गरेकी थिएँ । २०४४।८।१७ गतेको गोरखापत्रमा प्रकाशित बढ