निर्णय नं. ११२९५ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११२९५ - अंश नामसारी भाग: ६६ साल: २०८१ महिना: असोज अंक: ६ फैसला मिति :२०८०/०३/१२ ९८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०८०।३।१२ ०७४-CI-०४६९ मुद्दा:- अंश नामसारी पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही, तिलोत्तमा नगरपालिका वडा नं. १५ बस्ने मानबहादुर कार्कीको छोरा हरिबहादुर कार्कीसमेत विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही तिलोत्तमा नगरपालिका वडा नं. २० को परिवर्तित तिलोत्तमा नगरपालिका वडा नं.१५ बस्ने अर्जुन कार्कीको हकमा संरक्षक भई आफ्नो हकमा समेत गोपाल कार्कीको श्रीमती लक्ष्मी पौडेल कार्की विवाह गर्नु भनेको आधारभूत मानव अधिकारबाट वञ्चित हुनु होइन । न त यो कुनै प्रकारको दासत्व वा अपहेलनाजन्य व्यवहारप्रतिको समर्पण हो । साबिक मुलुकी ऐन र हाल मुलुकी देवानी संहितामा अंशको हक जियजियै र समान गरिनुपर्छ भन्नुको तात्पर्य परिवारभित्र सबैलाई सम्मान गरिन्छ, समान व्यवहार गरिन्छ, सम्मान एवं प्रतिष्ठालाई कुण्ठित गर्ने प्रत्यक्ष वा परोक्ष व्यवहारलाई स्वीकार गरिँदैन भन्ने हुने । समानताको हकभित्र पारिवारिक सम्पत्तिमा समान हक पनि पर्ने । संयुक्त परिवारमा पुस्ताबमोजिम अंशको हक हुने भए पनि समानुपातिक र समन्यायिक रूपमा अंश पाउने हक नमर्ने । संयुक्त परिवारको कुनै पुस्ताका कुनै सदस्यले व्यक्तिगत वा सामूहिक रूपमा आफूबाट अंश पाउनुपर्ने पुस्ताको सम्पत्तिसम्बन्धी हक कुण्ठित हुने कार्य गर्दछ भने त्यस्तो कार्य संविधान र कानूनविपरीत हुने र यस्तोमा पुस्ता फरक परेको कारणले पति / बाबुबाहेकका अन्य व्यक्तिहरूले अंश दिनुपर्ने दायित्वबाट उन्मुक्ति पाउन नसक्ने । नगद रकम बुझेको देखाई अंश भरपाई गरेबाट निजका श्रीमती र छोराको सम्पत्तिसम्बन्धी हक कुण्ठित हुने कार्य भएको स्पष्ट देखिने । यस स्थितिमा वादीहरूले कोबाट अंश पाउने भन्ने कुरा गौण हुने । तसर्थ प्रतिवादीहरूबिच अंश भरपाई भएको छ भन्ने मात्र आधारले अंशको हक कुण्ठित हुन नसक्ने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बालचन्द्र आचार्य प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी, अधिवक्ताहरू श्री केशरमणी अर्याल र श्री शोभा पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री शंकरराज बराल रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हेमराज पन्त माननीय न्यायाधीश श्री शकुन्तला घिमिरे उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को देहाय (क) को आधारमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:- तथ्य खण्ड मूल पुरूष विपक्षी हरिबहादुर कार्की, निजको श्रीमती जेठी विष्णु कार्की र कान्छी धन कार्की भएकोमा जेठी विष्णु कार्कीको तर्फबाट एक छोरा र दुई छोरीको जन्म भएकोमा निजहरू म वादी लक्ष्मीको विवाह हुनुपूर्व नै आफ्नो अंश हक लिई निज जेठी सासूको परिवार अलग बस्नुभएको छ भने कान्छी हाम्री सासू तथा हजुरआमा धनको तर्फबाट २ छोरा जेठा गोपाल कार्की र कान्छा माधव कार्की र तीन छोरीहरूको जन्म भएकोमा तीनै छोरीहरूको विवाह भइसकेको छ । अन्य हामी वादी प्रतिवादीहरू एकासगोलमा छौं । हामीहरूबिच अंशबन्डा भएको छै